१२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणतर्फ अघि बढ्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ ३, २०८२
|
|
२३ पटक हेरिएको
Shares
१२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणतर्फ अघि बढ्दै

सारांश

  • १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको चरणतर्फ अघि बढेको छ ।
  • यस आयोजनाको लगानीको ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच सहमति भएसँगै निर्माणका लागि प्रक्रिया अघि बढेको हो ।
  • बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना राष्ट्रिय गौरवको आयोजना हो ।

३ माघ, काठमाडौं ।

१२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको चरणतर्फ अघि बढेको छ । यस आयोजनाको लगानीको ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच सहमति भएसँगै निर्माणका लागि प्रक्रिया अघि बढेको हो । बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना राष्ट्रिय गौरवको आयोजना हो । निर्वतमान उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले समाजिक सञ्जला फेसबुकमा लेख्दै यस सहमतिले दशकौँदेखि प्रतीक्षामा रहेको परियोजनालाई ठोस रूप दिनुका साथै अब मन्त्रिपरिषद्बाट निर्णय हुने चरणमा पु¥याएको बताएका छन् ।

यस आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड अमेरिकी डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) रहेको छ । प्रस्तावित लगानी मोडालिटीअनुसार ७० प्रतिशत कर्जा र ३० प्रतिशत स्वःपूँजी (इक्विटी) बाट पूँजी जुटाइने योजना बनाइएको छ । सरकारको इक्विटी भागबाट ९७ अर्ब ४७ करोड रुपैयाँ र सहुलियतपूर्ण कर्जा मार्फत १ खर्ब ५० अर्ब रुपैयाँ जुटाउने गरी कुल २ खर्ब ४८ अर्ब रुपैयाँ लगानी हुने अपेक्षा छ । यसअघि सरकारले आयोजनामा गरेको ४५ अर्ब रुपैयाँ शेयर लगानीमा रुपान्तरण गरिनेछ । घिसिङले भनेका छन, ‘स्वदेशी लगानीमै यति ठूलो आयोजना बनाउन सकिन्छ भन्ने आत्मविश्वाससाथ यो मोडालिटी तयार गरिएको हो । वर्षौंदेखि अन्योल, बहस र प्रतिक्षामा सीमित रहेको बूढीगण्डकी अब निर्माणतर्फ अघि बढ्ने मोडमा आइपुगेको छ । अब ढिलाइ गर्ने छुट छैन, काम थाल्नै पर्छ ।’ उनले थपे,‘यो आयोजना केवल विद्युत उत्पादनका लागि मात्र होइन, देश आत्मनिर्भर बन्ने विश्वासको ठोस आधार पनि हो । मेरो ११५ दिनको कार्यकालमा यो उर्जा क्षेत्रमा भएको एउटा महत्वपूर्ण उपलब्धि हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोडसेडिङ सामाजिक सञ्जालको हल्ला मात्रै हो, यथार्थमा छैन: ऊर्जामन्त्री खड्का
लोडसेडिङ सामाजिक सञ्जालको हल्ला मात्रै हो, यथार्थमा छैन: ऊर्जामन्त्री खड्का
युनेस्कोका क्रियाकलापमा आधारित दुईदिने सार्वजनिक सुनुवाई तथा प्रविधिकरण कार्यक्रम सम्पन्न
युनेस्कोका क्रियाकलापमा आधारित दुईदिने सार्वजनिक सुनुवाई तथा प्रविधिकरण कार्यक्रम सम्पन्न
१४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क दिइने
१४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क दिइने
सिन्धुलीमा स्कारपियो दुर्घटना, सात जना घाइते
सिन्धुलीमा स्कारपियो दुर्घटना, सात जना घाइते
महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति
महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति
पूर्वबाट फेरि मौसम बदली सुरु: मधेश , बागमती र गण्डकीसम्म त्यसकाे असर हुने
पूर्वबाट फेरि मौसम बदली सुरु: मधेश , बागमती र गण्डकीसम्म त्यसकाे असर हुने
काठमाडौं उपत्यकाका नदीनाला स्वच्छ बनाउँछाै‌ : मन्त्री सिंह
काठमाडौं उपत्यकाका नदीनाला स्वच्छ बनाउँछाै‌ : मन्त्री सिंह
सडक निर्माणमा भ्रष्टाचार : गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा
सडक निर्माणमा भ्रष्टाचार : गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा
सर्लाहीमा माघ २३ गतेदेखि एचपिभी खोप अभियान सञ्चालन हुने
सर्लाहीमा माघ २३ गतेदेखि एचपिभी खोप अभियान सञ्चालन हुने
बागमती प्रदेशमा एमाले भन्दा ठूलो बन्यो नेपाली कम्युनिस्ट पार्टी
बागमती प्रदेशमा एमाले भन्दा ठूलो बन्यो नेपाली कम्युनिस्ट पार्टी