एआईजी बढुवा नहुँदा ६ विभाग एक महिनादेखि डीआईजीको भरमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २, २०८२
|
|
४२ पटक हेरिएको
Shares
एआईजी बढुवा नहुँदा ६ विभाग एक महिनादेखि डीआईजीको भरमा

सारांश

  • करिब एक महिनादेखि नेपाल प्रहरीका ६ विभागहरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विहीन बनेका छन् ।
  • पद रिक्त रहेको एक महिनासम्म बढुवा हुन नसक्दा प्रहरीका ६ विभागहरू खाली भएका हुन् ।
  • ४ चैत २०८१ मा ३० वर्षे सेवा अवधिका कारण आईजी र एआईजीहरू अवकाशमा गएका थिए ।

२ वैशाख, काठमाडौं ।

करिब एक महिनादेखि नेपाल प्रहरीका ६ विभागहरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विहीन बनेका छन् ।पद रिक्त रहेको एक महिनासम्म बढुवा हुन नसक्दा प्रहरीका ६ विभागहरू खाली भएका हुन् । ४ चैत २०८१ मा ३० वर्षे सेवा अवधिका कारण आईजी र एआईजीहरू अवकाशमा गएका थिए ।

त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का तत्कालीन प्रमुख एआईजी दीपक थापा आईजीमा बढुवा भए । थापा आईजी बनेसँगै रिक्त एआईजीको संख्या ६ पुग्यो । त्यतिबेला एआईजीहरू टेकप्रसाद राई, दुर्गा सिंह, बुद्धिराज गुरुङ, कुवेर कडायत र जनक भट्टराई अवकाशमा गएका थिए । उनीहरू पाँच र थापा आईजी बनेसँगै ६ एआईजीको पद रिक्त भए पनि लामो समयसम्म बढुवा हुन सकेको छैन ।

जसकारण अहिले मानव स्रोत विभाग, प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) एआईजीविहीन छन् । लामो समयसम्म प्रहरीका उच्च पदहरू खाली हुँदासमेत बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन । एआईजी बढुवाका लागि गृहसचिवको नेतृत्वको बढुवा सिफारिस समिति रहने व्यवस्था छ । प्रहरी नियमावली २०७१ को दफा २७ (१) को (क) अनुसार बढुवा सिफारिस समितिमा गृहसचिवका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (सदस्य) र प्रहरी महानिरीक्षक (सदस्य सचिव) रहने व्यवस्था छ ।

तर, यो बढुवा सिफारिस समितिले अहिलेसम्म एआईजीको बढुवाको गृहकार्य गरेर सिफारिस प्रक्रिया अघि बढाउन सकेको छैन । अहिले बढुवा हुने एआईजीहरू भावी नेतृत्वको प्रमुख दाबेदार हुने भएकाले एआईजी बढुवा निकै पेचिलो बनेको छ । त्यसको असर एक महिनासम्म सीआईबीजस्तो महत्त्वपूर्ण युनिट र विभागहरू एआईजीविहीन बनेका छन् । नेपाल प्रहरीमा जनपद समूहतर्फ ८ एआईजीको दरबन्दी छ । तर ६ वटा विभाग भने अहिले एआईजीविहीन छन् । नेपाल प्रहरीमा अहिले दुई मात्रै एआईजी छन् । जसमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा टेकबहादुर तामाङ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सुदीप गिरी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’
काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
शुक्रबार कस्तो रहला देशभरको मौसम?
शुक्रबार कस्तो रहला देशभरको मौसम?
प्रधानन्यायाधीश राउत १० दिने भ्रमणका लागि बेलायत जाँदै
प्रधानन्यायाधीश राउत १० दिने भ्रमणका लागि बेलायत जाँदै
अमरेश सिंहको प्रश्न : अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो ?
अमरेश सिंहको प्रश्न : अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो ?
पहिलो पटक लिङ्देनको नेतृत्व स्वीकार्दै थापाले भने- राजावादीको नेतृत्व अब राप्रपाले गर्नुपर्छ
पहिलो पटक लिङ्देनको नेतृत्व स्वीकार्दै थापाले भने- राजावादीको नेतृत्व अब राप्रपाले गर्नुपर्छ
न्युजिल्याण्डका उपप्रधानमन्त्री औपचारिक भ्रमणमा आज काठमाडौँ आउँदै
न्युजिल्याण्डका उपप्रधानमन्त्री औपचारिक भ्रमणमा आज काठमाडौँ आउँदै
गण्डकीमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ
गण्डकीमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ
लिपुलेक हुँदै सीमा व्यापार सुरु गर्दै भारत-चीन
लिपुलेक हुँदै सीमा व्यापार सुरु गर्दै भारत-चीन
सुखद सुरुवातपछि उत्साही नेपाल आज बलियो नेदरल्यान्ड्ससँग भिड्दै
सुखद सुरुवातपछि उत्साही नेपाल आज बलियो नेदरल्यान्ड्ससँग भिड्दै