मुढाले किच्दा खोटाङमा काठ मजदुरको मृ*त्यु
सारांश
- खोटाङमा ट्याक्टरमा काठ लोड गर्ने क्रममा मुढाले किच्दा एक मजदुरको मृत्यु भएको छ।
- जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित धापमा को २ त ९६९९ नम्बरको ट्याक्टरमा उत्तिसको काठ लोड गर्ने क्रममा धनकुटाको पाख्रिबास नगरपालिका–३ का ३५ वर्षीय लिला मगरको मृत्यु भएको हो।
- बिहीबार बिहान करिब ४ बजे काठ लोड गर्ने क्रममा ट्याक्टरको डालाबाट मुढासँगै भुइँमा खसेका मगरलाई सोही मुढाले किचेको प्रहरीले जनाएको छ।
खोटाङ, २९ साउन। खोटाङमा ट्याक्टरमा काठ लोड गर्ने क्रममा मुढाले किच्दा एक मजदुरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित धापमा को २ त ९६९९ नम्बरको ट्याक्टरमा उत्तिसको काठ लोड गर्ने क्रममा धनकुटाको पाख्रिबास नगरपालिका–३ का ३५ वर्षीय लिला मगरको मृत्यु भएको हो।

बिहीबार बिहान करिब ४ बजे काठ लोड गर्ने क्रममा ट्याक्टरको डालाबाट मुढासँगै भुइँमा खसेका मगरलाई सोही मुढाले किचेको प्रहरीले जनाएको छ। घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले बताए।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरीचौकी छितापोखरीबाट प्रहरी वरिष्ठ हवल्दार उमाकान्त रायको नेतृत्वमा टोली खटिएको थियो। प्रहरीले घटनास्थल सुरक्षित गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

घटनामा संलग्न ट्याक्टर चालक धनकुटाको महालक्ष्मी नगरपालिका–३ का १९ वर्षीय सुनिल गुरुङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया