मातृभाषाप्रति गर्व गर्न उपसभामुख ठाकुरको आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २९, २०८३
|
|
९८ पटक हेरिएको
Shares
मातृभाषाप्रति गर्व गर्न उपसभामुख ठाकुरको आग्रह

सारांश

  • प्रतिनिधिसभाकी उपसभामुख रुविकुमारी ठाकुर ले मातृभाषा व्यक्तिको पहिचान, संस्कृति, सभ्यता र इतिहाससँग जोडिएको अमूल्य सम्पदा भएकाले यसको संरक्षण र सम्मान गर्नुपर्ने बताएकी छन्।
  • बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले मैथिली आफ्नो मातृभाषा र मधेश आफ्नो जन्मभूमि भएको उल्लेख गरेकी छन्।
  • शुद्ध नेपाली बोल्न आफू निरन्तर प्रयासरत रहे पनि आफ्नो बोली, लवज र अभिव्यक्तिमा मैथिली भाषाको प्रभाव देखिनु स्वाभाविक रहेको उनको भनाइ छ।

२९ जेठ, काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुविकुमारी ठाकुर ले मातृभाषा व्यक्तिको पहिचान, संस्कृति, सभ्यता र इतिहाससँग जोडिएको अमूल्य सम्पदा भएकाले यसको संरक्षण र सम्मान गर्नुपर्ने बताएकी छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले मैथिली आफ्नो मातृभाषा र मधेश आफ्नो जन्मभूमि भएको उल्लेख गरेकी छन्। शुद्ध नेपाली बोल्न आफू निरन्तर प्रयासरत रहे पनि आफ्नो बोली, लवज र अभिव्यक्तिमा मैथिली भाषाको प्रभाव देखिनु स्वाभाविक रहेको उनको भनाइ छ।

‘मैथिली मेरो मातृभाषा हो र मधेश मेरो जन्मभूमि हो। शुद्ध नेपाली बोल्न म निरन्तर प्रयासरत छु। मेरो बोली, लवज र अभिव्यक्तिमा मैथिलीको मिठास झल्किनु स्वाभाविक हो,’ उनले लेखेकी छन्।

मातृभाषा केवल संवादको माध्यम मात्र नभई पहिचान, संस्कृति, सभ्यता, इतिहास र आत्मासँग जोडिएको सम्पदा भएको उल्लेख गर्दै ठाकुरले यसलाई गर्वका साथ अपनाउने र जीवनभर सम्मान गरिरहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उनले भाषिक विविधता नेपालको सांस्कृतिक समृद्धिको आधार भएको उल्लेख गर्दै सबैलाई आफ्नो मातृभाषाप्रति गर्व गर्न र त्यसको संरक्षणमा योगदान पुर्‍याउन आग्रह गरेकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित
क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित
गण्डकी प्रदेशको ‘लाइफलाइन’ पोखरा–मुग्लिन सडक विस्तार अन्तिम चरणमा   
गण्डकी प्रदेशको ‘लाइफलाइन’ पोखरा–मुग्लिन सडक विस्तार अन्तिम चरणमा   
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
सशस्त्र प्रहरी बल राष्ट्रको भरोसायोग्य सुरक्षा अंग बनेको छ : प्रधानमन्त्री कार्की
सशस्त्र प्रहरी बल राष्ट्रको भरोसायोग्य सुरक्षा अंग बनेको छ : प्रधानमन्त्री कार्की
दशैँ मनाउन हिँडेकी महिलाको भीरबाट लडेर मृत्यु
दशैँ मनाउन हिँडेकी महिलाको भीरबाट लडेर मृत्यु
यस पटकको संसद पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नुपर्छ : मन्त्री गौतम
यस पटकको संसद पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नुपर्छ : मन्त्री गौतम
युरोको भाउ बढ्दा अमेरिकी डलर घट्यो, अरुको कति ?
युरोको भाउ बढ्दा अमेरिकी डलर घट्यो, अरुको कति ?
एमालेमा १५ युवा केन्द्रीय सदस्यका लागि ३५ उम्मेदवार
एमालेमा १५ युवा केन्द्रीय सदस्यका लागि ३५ उम्मेदवार
धादिङको झ्याप्ले खोलामा पुरिएका थप १३ जनाको शव भेटियो
धादिङको झ्याप्ले खोलामा पुरिएका थप १३ जनाको शव भेटियो
एमबीएसको प्रश्नपत्र बाहिरिएको बारे छानबिन गर्न समिति गठन
एमबीएसको प्रश्नपत्र बाहिरिएको बारे छानबिन गर्न समिति गठन