Press 4K
शुक्रबार, १५ श्रावण २०८३

बागमती नदीमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर राखियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष ६, २०८२
|
|
२४ पटक हेरिएको
Shares
बागमती नदीमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर राखियो

सारांश

  • शहरी विकास मन्त्रालय अन्र्तगत रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर जडान गरेको छ ।
  • हाल गुह्वेश्वरीवाट ट्रास बेरियर जडान सम्पन्न गरी बागमती नदीका ५ स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्वेश्वरी, तिलगंगा आँखा अस्पताल, बागमती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा एक स्थान गरी जम्मा ६ स्थानहरुमा रु ६५ लाखमा ठेक्का सम्झौता भई ट्रास बेरियर राख्ने काम धमाधम हुँदैछ ।
  • ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरूलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्दछ ।

६ पुष, काठमाडौं ।

शहरी विकास मन्त्रालय अन्र्तगत रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर जडान गरेको छ । हाल गुह्वेश्वरीवाट ट्रास बेरियर जडान सम्पन्न गरी बागमती नदीका ५ स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्वेश्वरी, तिलगंगा आँखा अस्पताल, बागमती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा एक स्थान गरी जम्मा ६ स्थानहरुमा रु ६५ लाखमा ठेक्का सम्झौता भई ट्रास बेरियर राख्ने काम धमाधम हुँदैछ ।

ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरूलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्दछ । काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोला जस्ता नदीहरूमा शहरीकरण, अव्यवस्थित फोहोर व्यवस्थापन कारण ठूलो मात्रामा तैरिने फोहोर बग्ने गरेको पाइएको हुँदा यस्ता नदीहरूमा ट्रास बेरियर जडान गर्दा नदीको बहावलाई अवरुद्ध नगरी फोहोर मात्र निकाल्न सकिन्छ । जसले गर्दा नदी प्रदूषण न्यूनीकरण गर्न सहयोग पुग्दछ ।

ट्रास बेरियरबाट संकलित फोहोरलाई नियमित रूपमा निकालेर वर्र्गीकरण, पुनःप्रयोग तथा सुरक्षित रूपमा व्यवस्थापन गर्न समेत सकिन्छ । यसले नदी प्रदूषण न्यूनीकरण गर्नुका साथै नदीको सौन्दर्य, जलजीवको संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पुग्ने देखिन्छ । नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरूलाई नदीको बहावलाई अवरुद्ध नगरी रोक्ने र पानीको सतह घटबढसँगै ट्र्यास बैरियरको सतह आफैं तलमाथि हुने ढंगले रबरको कन्भेयर बेल्ट र तैरिने भाग सहितको संरचना जडान हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक जारी
देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक जारी
प्रदर्शनमा घाइतेलाई अस्पताल लैजान काठमाडौँ महानगरले खटायो १५ एम्बुलेन्स
प्रदर्शनमा घाइतेलाई अस्पताल लैजान काठमाडौँ महानगरले खटायो १५ एम्बुलेन्स
सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गरिँदै
सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गरिँदै
उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु
उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु
पदबहाली गर्दै सोविता गौतमले भनिन् : सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं
पदबहाली गर्दै सोविता गौतमले भनिन् : सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं
विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छ : झलनाथ खनाल
विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छ : झलनाथ खनाल
कोशी सरकारले १४ वटै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने
कोशी सरकारले १४ वटै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
पशुपति गौशाला धर्मशालाको मुद्दामा सुनुवाइ हुँदै
पशुपति गौशाला धर्मशालाको मुद्दामा सुनुवाइ हुँदै
मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन: वामदेवको दाबी
मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन: वामदेवको दाबी

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...