देशको व्यापार घाटा साढे १२ खर्ब नाघ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ७, २०८२
|
|
७२ पटक हेरिएको
Shares
देशको व्यापार घाटा साढे १२ खर्ब नाघ्यो

सारांश

  •   चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म (१० महिना) मा १६ खर्ब ९२  अर्ब ९ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ ।
  • गत वर्षको तुलनामा १८.
  • ३७ प्रतिशतले व्यापार बढेको भन्सार विभागकाे आज प्रकाशित तथ्यांकमा उल्लेख छ  ।

७ जेठ, काठमाडौं । 

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म (१० महिना) मा १६ खर्ब ९२  अर्ब ९ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ । गत वर्षको तुलनामा १८.३७ प्रतिशतले व्यापार बढेको भन्सार विभागकाे आज प्रकाशित तथ्यांकमा उल्लेख छ  । गत  वर्षको यस अवधिमा १४ खर्ब २९ अर्ब ५३ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो । चालु वर्षको १० महिनाको अवधिमा आयात निर्यात दुवैको वृद्धिसँगै वैदेशिक व्यापार बढेको छ । ८७.१२ प्रतिशतको आयात हुँदा १२.८८ प्रतिशत निर्यात भएको छ । यसअनुसार देशको व्यापार घाटा साढे १२  खर्ब नाघेको छ ।

वैशाख मसान्तसम्म १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ बराबर वैदेशिक व्यापार घाटामा गएको विभागकाे तथ्याङ्कमा उल्लेख छ  । जबकि अघिल्लो वर्षको यसै अवधिमा ११ खर्ब ७७ करोड १८ लाख रुपैयाँ रहेको थियो । चालू वर्षको वैशाख मसान्तसम्ममा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो वर्षको यसै अवधिमा १३ खर्ब ३ अर्ब ३५  करोड रुपैयाँको वस्तु आयात भएको थियो । जसअनुसार आयातमा १३.११ प्रतिशतले वृद्धि भएको देखिन्छ । साथै यो वर्षको वैशाख मसान्तसम्म निर्यातमा ७२.७१ प्रतिशतले वृद्धि भएको छ  । विभागका अनुसार वैशाखसम्म २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ  । गत  वर्षको यसै अवधिमा १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनसरीको झुम्का कारागारबाट कैदी भागे
सुनसरीको झुम्का कारागारबाट कैदी भागे
विद्युत महशुल बक्यौता प्रकरणमा उद्योगीहरूको सरकारलाई आग्रह– तथ्यगत छानबिन होस
विद्युत महशुल बक्यौता प्रकरणमा उद्योगीहरूको सरकारलाई आग्रह– तथ्यगत छानबिन होस
लोकतन्त्रको विकल्प नभएको भन्दै अराजकताविरुद्ध नागरिक समाजको धर्ना
लोकतन्त्रको विकल्प नभएको भन्दै अराजकताविरुद्ध नागरिक समाजको धर्ना
प्रकृति संरक्षणमै एमालेको पहिलो प्रतिबद्धता रहेको ओलीको दाबी
प्रकृति संरक्षणमै एमालेको पहिलो प्रतिबद्धता रहेको ओलीको दाबी
एमाले प्रतिनिधि छनोट विवाद  : केन्द्रको पत्र कार्यान्वयनमा धनकुटा र ओखलढुंगामा आनाकानी
एमाले प्रतिनिधि छनोट विवाद : केन्द्रको पत्र कार्यान्वयनमा धनकुटा र ओखलढुंगामा आनाकानी
राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट
राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट
सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट
सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट
नेपाल इरानसँग पराजित
नेपाल इरानसँग पराजित
‘हामी पार्टी होइन, राष्ट्र बनाउने अभियानमा छौँ’ : सन्तोष परियार
‘हामी पार्टी होइन, राष्ट्र बनाउने अभियानमा छौँ’ : सन्तोष परियार
पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ४५ लाख कित्ता आईपीओ आजदेखि खुला
पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ४५ लाख कित्ता आईपीओ आजदेखि खुला