Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

ममता काफ्ले प्रकरण : नरेशले नै हत्या गरेको अमेरिकी प्रहरीको निष्कर्ष

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर १८, २०८१
|
|
५३ पटक हेरिएको
Shares
ममता काफ्ले प्रकरण : नरेशले नै हत्या गरेको अमेरिकी प्रहरीको निष्कर्ष

सारांश

  • अमेरिकाको भर्जिनियाबाट सम्पर्कविहीन भएकी ममता काफ्लेको हत्या श्रीमान नरेश भट्टले नै गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।
  • गत जुलाईदेखि बेपत्ता काफ्लेको हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले नरेशविरुद्ध श्रीमतीको हत्या गरेर शव लुकाएको मुद्दा चलाइएको हो ।
  • मानसास पार्कका प्रहरी प्रमुख मारियो लुगोले स्थानीय समय अनुसार सोमबार साँझ पत्रकार सम्मेलन गर्दै ममताको घरमा भेटिएको डीनएन रिपोर्ट सार्वजनिक गरेका छन् ।

 

१८ मंसिर, काठमाडौं । अमेरिकाको भर्जिनियाबाट सम्पर्कविहीन भएकी ममता काफ्लेको हत्या श्रीमान नरेश भट्टले नै गरेको प्रहरीले निष्कर्ष निकालेको छ । गत जुलाईदेखि बेपत्ता काफ्लेको हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले नरेशविरुद्ध श्रीमतीको हत्या गरेर शव लुकाएको मुद्दा चलाइएको हो ।

मानसास पार्कका प्रहरी प्रमुख मारियो लुगोले स्थानीय समय अनुसार सोमबार साँझ पत्रकार सम्मेलन गर्दै ममताको घरमा भेटिएको डीनएन रिपोर्ट सार्वजनिक गरेका छन् । उनका अनुसार भट्टको सुत्ने कोठामा भेटिएको रगत ममताको नै भएको र जुलाई २९ मा नै उनको हत्या भएको प्रमाण पाइएको खुलेको  सीएनएनकाे समाचारमा उल्लेख छ ।

यसअघि अदालतमा पेस गरिएको तस्वीरमा कोठाभित्रको कार्पेट र बाथरुममा रगतका टाटा देखिएका थिए । नरेश भूतपूर्व अमेरिकी सैनिक हुन् । उनलाई मंगलबार अदालतमा पेस गरिने र यही समयमा उनीविरुद्ध औपचारिक रूपमा अभियोग दर्ता गर्ने तयारी भइरहेको समाचारमा उल्लेख छ । ममताको हत्या भएको पुष्टि भए पनि उनको शव भने अहिलेसम्म भेटिएको छैन । शवको खोजी जारी रहेको तर नभेटिए पनि अनुसन्धानमा असर नपर्ने लुगोले बताएका छन् । नरेश हाल अनुसन्धानका लागि प्रहरी हिरासतमै छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्याग्दीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृ*त्यु
म्याग्दीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृ*त्यु
रविको भनिएको भाइरल फोटोको वास्तविकता के हो ? अनुसन्धानमा जुट्यो प्रहरी
रविको भनिएको भाइरल फोटोको वास्तविकता के हो ? अनुसन्धानमा जुट्यो प्रहरी
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
रास्वपाको हस्ताक्षर अभियानमा हस्ताक्षर गरेका ट्राफिक प्रहरीका सई कमल खड्का हेडक्वार्टर तानिए
रास्वपाको हस्ताक्षर अभियानमा हस्ताक्षर गरेका ट्राफिक प्रहरीका सई कमल खड्का हेडक्वार्टर तानिए
पशुपतिको भेटी चोरी प्रकरणमा ५ जना जेल चलान
पशुपतिको भेटी चोरी प्रकरणमा ५ जना जेल चलान
प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त
प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त
आजपनि बढ्यो सुनको मूल्य , तोलाको कति पुग्यो ?
आजपनि बढ्यो सुनको मूल्य , तोलाको कति पुग्यो ?
सभापति वा प्रधानमन्त्री पदको लोभ छैन, कांग्रेसको एकताको लागि आवाज उठाउनेछु: शेखर कोइराला
सभापति वा प्रधानमन्त्री पदको लोभ छैन, कांग्रेसको एकताको लागि आवाज उठाउनेछु: शेखर कोइराला
त्रिविको कार्यालयमा ताला र धर्ना, कर्मचारी र प्राध्यापक कार्यकक्ष बाहिर
त्रिविको कार्यालयमा ताला र धर्ना, कर्मचारी र प्राध्यापक कार्यकक्ष बाहिर
बाघ खोज्न ४ स्थानमा क्यामेरा जडान
बाघ खोज्न ४ स्थानमा क्यामेरा जडान