आजपनि बढ्यो सुनको मूल्य , तोलाको कति पुग्यो ?
सारांश
- साताको तस्रो दिन आजपनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ ।
- जुन हाल सम्मै उच्च हो ।
६ कार्तिक, काठमाडौं, । साताको तस्रो दिन आजपनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ । जुन हाल सम्मै उच्च हो ।महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी २ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया