मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ३०, २०८२
|
|
२५ पटक हेरिएको
Shares
मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा

सारांश

  • घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने १० दशमलव पाँच किमीको चक्रपथ सडक निर्माण अन्तिम चरण पुगेको छ ।
  • विसं २०७६ असारमा बन्दना भगवती निर्माण सेवासँग ठेक्का सम्झौता भएको उक्त सडक ६ वर्षको अन्तरालमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
  • गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको ‘एक निर्वाचन, एक सडक’ योजनाअन्तर्गत मुस्ताङ सदरमुकामदेखि ठिनी, ढुम्बा, छैरो, चिमाङ, मार्फा, स्याङ हुँदै जोमसोम जोड्ने गरी पूर्वाधार विकास कार्यालयले कार्यान्वयनमा ल्याएको थियो ।

३० कात्तिक, मुस्ताङ ।

घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने १० दशमलव पाँच किमीको चक्रपथ सडक निर्माण अन्तिम चरण पुगेको छ । विसं २०७६ असारमा बन्दना भगवती निर्माण सेवासँग ठेक्का सम्झौता भएको उक्त सडक ६ वर्षको अन्तरालमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो । गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको ‘एक निर्वाचन, एक सडक’ योजनाअन्तर्गत मुस्ताङ सदरमुकामदेखि ठिनी, ढुम्बा, छैरो, चिमाङ, मार्फा, स्याङ हुँदै जोमसोम जोड्ने गरी पूर्वाधार विकास कार्यालयले कार्यान्वयनमा ल्याएको थियो । घरपझोङस्थित कालीगण्डकी नदी पारि पूर्वमा रहेका ग्रामीण बस्तीमा सडकको पहुँच स्थापित गर्नेगरी जोमसोम–ढुम्बा पाँच किलोमिटर सडक कालोपत्र र ढुम्बादेखि छैरो-चिमाङ हुँदै मार्फा मुख्य राजमार्ग जोडिने गरी पाँच दशमलव पाँच किमी ग्राभेल सडकको काम अघि बढाइएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इञ्जिनियर घनश्याम रोकामगरले जानकारी दिए ।

निर्माण कम्पनी बन्दना भगवती निर्माण सेवाको चरम ढिलासुस्ती र बेवास्ताका कारण यहाँको थाक पाँचगाउँ जोड्ने घरपझोङ चक्रपथ सडक सम्पन्नमा विलम्ब भइरहेको थियो । सुरुआती ठेक्का सम्झौताअनुसार २०७७ माघमा सकिनुपर्ने भए पनि निर्माण कम्पनीले कोरना माहामारी, प्रतिकूल मौसम र हिमपातलगायत कारण देखाउँदै सातौँ पटकसम्म म्याद थप गरेको थियो । यहाँको घरपझोङ–४, ५, १ र २ जोड्ने चक्रपथको लागत रु २४ करोड ४५ लाख ७४ हजार रहेको सूचना अधिकारी रोकामगरले जानकारी दिए । घरपझोङस्थित थाक पाँच गाउँ जोड्ने सडक अन्तिम चरणमा पुगेको र चालु आवभित्रमा सडक कार्यालयलाई हस्तान्तरण गरिने उनले बताए ।  सडकको पछिल्लो भौतिक प्रगति ९३ प्रतिशत र वित्तीय प्रगति ८८ प्रतिशत रहेको छ ।

चक्रपथको ६ किलोमिटर नाली निर्माणसहित ढुम्बातालसम्मको पाँच किलोमिटर सडक कालोपत्र भइसकेको छ । त्यसैगरी ढुम्बातालदेखि छैरो–चिमाङसम्मको दूरीमा चट्टान काटेर नयाँ सडक ट्रयाक खोलेर नालीसहित पाँच मिटर चौडा ग्राभेल सडक विस्तार भइसकेको सूचना अधिकारी रोकामगरको भनाइ छ । चक्रपथमा ट्राफिक सङ्केतका पोल गाड्ने, नाली सफा गर्ने र सडकको जोखिमयुक्त स्थानमा सवारी दुर्घटना रोक्न बार लगाउने काम भइरहेको छ । त्यसैगरी चक्रपथ सडकले ठिनी, ढुम्बा, छैरो र चिमाङलगायतका गाउँ सडक सञ्जालले जोडिएकाले त्यहाँका किसानले उत्पादन गरेका स्याउलगायत अन्नबाली, फलफूल र तरकारी यातायातका साधनमार्फत ढुवानी गर्न सजिलो भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मातातीर्थ मेला आजदेखि सुरु
मातातीर्थ मेला आजदेखि सुरु
राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतदान शुरु
राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतदान शुरु
राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
रवि लामिछानेविरूद्ध पोखरामा सहकारी पीडितको नाराबाजी
रवि लामिछानेविरूद्ध पोखरामा सहकारी पीडितको नाराबाजी
‘सिँचाइ र कृषिको संयुक्त प्रयासबाट खाद्य सुरक्षाको स्थायित्व’
‘सिँचाइ र कृषिको संयुक्त प्रयासबाट खाद्य सुरक्षाको स्थायित्व’
रोल्वालिङ हिमपहिरोमा हराइरहेका ४ जनाको उद्धार, तीन जनाको मृ*त्यु, बेपत्ताको खोजी जारी
रोल्वालिङ हिमपहिरोमा हराइरहेका ४ जनाको उद्धार, तीन जनाको मृ*त्यु, बेपत्ताको खोजी जारी
सेवाग्राहीलाई हैरानी दिएपछि अध्यक्षले गरे जिल्ला प्रशासन कार्यालयमा तोडफोड
सेवाग्राहीलाई हैरानी दिएपछि अध्यक्षले गरे जिल्ला प्रशासन कार्यालयमा तोडफोड
नेता होइन, जनताको सोचमा परिवर्तन हुनुपर्छ: सभामुख घिमिरे
नेता होइन, जनताको सोचमा परिवर्तन हुनुपर्छ: सभामुख घिमिरे
सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ
सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ
१४ डीएसपीको काज सरुवा, को कहाँ ?
१४ डीएसपीको काज सरुवा, को कहाँ ?