खोप नलगाएका ५५ प्रतिशतमा दादुरा पुष्टि

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १७, २०८०
|
|
३७ पटक हेरिएको
Shares
खोप नलगाएका ५५ प्रतिशतमा दादुरा पुष्टि

सारांश

  • नेपालमा दादुरा पहिचान भएका आधाभन्दा बढी बालबालिकाले दादुरा–रुबेला खोप नलगाएको पाइएको छ ।
  • दादुरा पुष्टि भएका ५५ प्रतिशत बालबालिकाले दादुरा–रुबेला खोप नलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।
  •  यो तथ्याङ्क २०७९ साल मङ्सिर ०३ गते देखि २०८० साल मङ्सिर १४ गते सम्मको रहेको मन्त्रालयको भनाई छ ।

१७ फागुन, काठमाडौँ । नेपालमा दादुरा पहिचान भएका आधाभन्दा बढी बालबालिकाले दादुरा–रुबेला खोप नलगाएको पाइएको छ ।

दादुरा पुष्टि भएका ५५ प्रतिशत बालबालिकाले दादुरा–रुबेला खोप नलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । यो तथ्याङ्क २०७९ साल मङ्सिर ०३ गते देखि २०८० साल मङ्सिर १४ गते सम्मको रहेको मन्त्रालयको भनाई छ ।  यसमा शङ्कास्पद बिरामीको नमुना सङ्कलनको प्रयोगशाला परीक्षणबाट १ हजार ३४९ जना दादुरा रोगका बिरामी पुष्टि भएका थिए । ती मध्ये १ जनाको मृत्यु भएको थियो । दादुरा पुष्टि भएका मध्ये ७४ प्रतिशत ९ महिना देखि १५ वर्ष मुनिका र बाँकी ९ महिनादेखि ५ वर्ष मुनिका थिए ।

प्रायः जसो दादुरा रोगको महामारी भारतसँग सीमा जोडिएका तराईका जिल्ला र काठमाडौँ जिल्लामा देखिएको मन्त्रालयले उल्लेख गरेको छ ।  हाल देशभर दादुरा–रुबेलाको खोप अभियान सञ्चालन छ । सो अभियान आगामी चैत्र ७ गतेसम्म जारी रहनेछ । यस अभियान देशभरका ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप लगाइने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसद दीपक बहादुर सिंहद्वारा एकबर्षको तलब आँखा अस्पताललाई हस्तान्तरण
सांसद दीपक बहादुर सिंहद्वारा एकबर्षको तलब आँखा अस्पताललाई हस्तान्तरण
कैलालीमा स्रोत नखुलेको १७ लाखभन्दा बढी रकमसहित दुईजना पक्राउ
कैलालीमा स्रोत नखुलेको १७ लाखभन्दा बढी रकमसहित दुईजना पक्राउ
ट्रम्पको नयाँ कर नीतिको प्रभाव: ५०० अर्बपतिको सम्पत्तिमा भारी गिरावट
ट्रम्पको नयाँ कर नीतिको प्रभाव: ५०० अर्बपतिको सम्पत्तिमा भारी गिरावट
सर्लाहीमा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु
सर्लाहीमा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु
हर्क साम्पाङले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता पत्र, गृहमन्त्रीलाई राजीनामा दिन सुझाव
हर्क साम्पाङले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता पत्र, गृहमन्त्रीलाई राजीनामा दिन सुझाव
भोटेबहालमा बसको ठक्करबाट २ जना भारतीय नागरिकको मृ*त्यु
भोटेबहालमा बसको ठक्करबाट २ जना भारतीय नागरिकको मृ*त्यु
भूमि विधेयकमा गिरिबन्धु जग्गा प्रकरण जोडिएको छैनः मन्त्री अधिकारी
भूमि विधेयकमा गिरिबन्धु जग्गा प्रकरण जोडिएको छैनः मन्त्री अधिकारी
भैंसेपाटीस्थित मन्त्रीहरूको सरकारी निवासमा सेनाको हेलिकप्टर
भैंसेपाटीस्थित मन्त्रीहरूको सरकारी निवासमा सेनाको हेलिकप्टर
सर्लाहीमा ४ वर्षीय बालकको शव धान खेतमा फेला
सर्लाहीमा ४ वर्षीय बालकको शव धान खेतमा फेला
कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक : प्रचण्ड
कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक : प्रचण्ड