विपक्षी दलको अवरोधले मधेश प्रदेशबाट बैठक आज पनि स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २३, २०८२
|
|
२९ पटक हेरिएको
Shares
विपक्षी दलको अवरोधले मधेश प्रदेशबाट बैठक आज पनि स्थगित

सारांश

  • बजेट पुनर्लेखनको माग गर्दै विपक्षी दलले आज पनि मधेश प्रदेश सभाको बैठक अवरुद्ध गरेका छन् ।
  • प्रमुख प्रतिपक्षी जसपा नेपाल, नेकपा माओवादी केन्द्र एकीकृत समाजवादी, संघीय समाजवादी पार्टी लगायतको अबरोधले बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।
  • बैठकको सुरुमै विपक्षी दलहरूका प्रतिनिधिहरू उठेर बैठक चल्ला नदिने बताएका थिए ।

२३ असार, जनकपुरधाम ।

बजेट पुनर्लेखनको माग गर्दै विपक्षी दलले आज पनि मधेश प्रदेश सभाको बैठक अवरुद्ध गरेका छन् । प्रमुख प्रतिपक्षी जसपा नेपाल, नेकपा माओवादी केन्द्र एकीकृत समाजवादी, संघीय समाजवादी पार्टी लगायतको अबरोधले बैठक भोलिसम्मका लागि स्थगित भएको हो । बैठकको सुरुमै विपक्षी दलहरूका प्रतिनिधिहरू उठेर बैठक चल्ला नदिने बताएका थिए । सभामुख रामचन्द्र मण्डलले वार्षिक राजस्व र व्ययको अनुमान माथिको छलफल रहेकाले चल्न नदिन आग्रह गरेका थिए ।

तर विपक्षी दलहरूले बजेट पुनर्लेख नभएसम्म संसद चल्न नदिने बताएपछि भोलि मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको हो । बैठकमा जसपा नेपालकी सांसद सुनिता साह, नेकपा माओवादी केन्द्रकी सांसद सुनिता यादव, नेकपा एकीकृत समाजवादीकी सांसद बेचिलुङ्गेली र संघीय समाजवादी कि सांसद बिमला अन्सारीले बोलेकी थिइन् । बजेट र सदन भल्न नदिनेबारे बोलेकी थिइन् ।

हिजो आइतबार पनि विपक्षी दलहरूले बैठक अवरुद्ध गरेपछि आधा घण्टाका लागि स्थगित गरिएको थियो । तर फेरि आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।m आज बैठक बस्नुअघि सभामुख रामचन्द्र मण्डलले सत्तापक्ष तथा विपक्षी दलहरूको सर्वदलीय बैठक डाकेका थिए । तर बैठक बिना निष्कर्ष सकिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अहिले हाम्रो संविधान कठिन अवस्थामा छ: महेन्द्र राययादव
अहिले हाम्रो संविधान कठिन अवस्थामा छ: महेन्द्र राययादव
सांसद दीपक बहादुर सिंहद्वारा एकबर्षको तलब आँखा अस्पताललाई हस्तान्तरण
सांसद दीपक बहादुर सिंहद्वारा एकबर्षको तलब आँखा अस्पताललाई हस्तान्तरण
निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि गर्‍यो कानुन संशोधनको प्रस्ताव
निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि गर्‍यो कानुन संशोधनको प्रस्ताव
शपथपछि रास्वपाको बैठक : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दल
शपथपछि रास्वपाको बैठक : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दल
आज विश्व कविता दिवस
आज विश्व कविता दिवस
सरकार र शिक्षक महासंघबीच सहमतिको प्रयास जारी, आज अर्थ मन्त्रालयसँग छलफलको तयारी
सरकार र शिक्षक महासंघबीच सहमतिको प्रयास जारी, आज अर्थ मन्त्रालयसँग छलफलको तयारी
युक्रेनको राजधानी किभमा रुसले हान्यो २५० ड्रोन, १३ जनाको मृत्यु, ५६ घाइते
युक्रेनको राजधानी किभमा रुसले हान्यो २५० ड्रोन, १३ जनाको मृत्यु, ५६ घाइते
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
केपी शर्मा ओलीको स्थानहद फुकुवा
केपी शर्मा ओलीको स्थानहद फुकुवा