Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रधानमन्त्री ओली भन्छन्- एमालेमाथि हमला भयो, अब चुनावमा जवाफ दिन्छौँ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ९, २०८२
|
|
११२ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली भन्छन्- एमालेमाथि हमला भयो, अब चुनावमा जवाफ दिन्छौँ

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र एमालेलाई बेवास्ता गर्न खोजिएकामा कडा प्रतिक्रिया दिएका छन् ।
  • मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले ‘केपी ओलीबिनाको एमाले’ र ‘एमालेबिनाको नेपाल’ खोज्नेहरूको नियतप्रति प्रश्न उठाए ।
  • ‘दुनियाँले यत्रो हमला गरिराखेको छ ।

 

९ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र एमालेलाई बेवास्ता गर्न खोजिएकामा कडा प्रतिक्रिया दिएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले ‘केपी ओलीबिनाको एमाले’ र ‘एमालेबिनाको नेपाल’ खोज्नेहरूको नियतप्रति प्रश्न उठाए ।‘दुनियाँले यत्रो हमला गरिराखेको छ । केपी ओलीबिनाको एमाले खोजिएको छ, एमालेबिनाको नेपाल बनाउने खेल भइरहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘म त सरक्क छोड्दिन्छु नेतृत्व ।

नियत राम्रो भए मात्र । मिसन ०८४ मा हेर्न पाइनेछ, एमालेबिनाको नेपाल सम्भव छ कि छैन ।’उनले पार्टीभित्रैबाट साथ नपाएको संकेत गर्दै चुनौतीको सामना गर्न आफू तयार रहेको बताए । प्रधानमन्त्री ओलीले पार्टीलाई कमजोर पार्न खोज्नेहरूलाई चुनावी मैदानमै जवाफ दिने पनि बताए । ओलीले समसामयिक अन्तर्राष्ट्रिय राजनीतिको सन्दर्भ पनि जोड्दै आजको विश्व कमाइको प्रतिस्पर्धामा केन्द्रित रहेको टिप्पणी गरे । ‘हिजोको जस्तो विचार, नीति र सिद्धान्तको राजनीति छैन अब,’ उनले भने, ‘अब क्लास स्ट्रगल झनै चर्किँदै जान्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा जलेर दाजुबहिनीको मृ*त्यु
कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा जलेर दाजुबहिनीको मृ*त्यु
काठमाडौं महानगरको नगरसभा : स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दरबन्दी स्वीकृत
काठमाडौं महानगरको नगरसभा : स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दरबन्दी स्वीकृत
बुवाको ह*त्यामा संलग्न छोरा पक्राउ
बुवाको ह*त्यामा संलग्न छोरा पक्राउ
काम नगरिदिएको भन्दै हेटौंडाका उपमेयरमाथि बीच बजारमै हातपात
काम नगरिदिएको भन्दै हेटौंडाका उपमेयरमाथि बीच बजारमै हातपात
काठमाडौँमा बढ्यो चिसो, उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मुनि
काठमाडौँमा बढ्यो चिसो, उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मुनि
वर्षायाममा हुन सक्ने महामारी रोक्न स्वास्थ्य मन्त्रालयले गर्‍यो ६ निर्णय
वर्षायाममा हुन सक्ने महामारी रोक्न स्वास्थ्य मन्त्रालयले गर्‍यो ६ निर्णय
विपिन जोशीको सुरक्षित रिहाइको प्रयासः प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता
विपिन जोशीको सुरक्षित रिहाइको प्रयासः प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता
भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल
भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता
बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता