प्रधानमन्त्री ओली भन्छन्- एमालेमाथि हमला भयो, अब चुनावमा जवाफ दिन्छौँ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ९, २०८२
|
|
६३ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली भन्छन्- एमालेमाथि हमला भयो, अब चुनावमा जवाफ दिन्छौँ

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र एमालेलाई बेवास्ता गर्न खोजिएकामा कडा प्रतिक्रिया दिएका छन् ।
  • मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले ‘केपी ओलीबिनाको एमाले’ र ‘एमालेबिनाको नेपाल’ खोज्नेहरूको नियतप्रति प्रश्न उठाए ।
  • ‘दुनियाँले यत्रो हमला गरिराखेको छ ।

९ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र एमालेलाई बेवास्ता गर्न खोजिएकामा कडा प्रतिक्रिया दिएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले ‘केपी ओलीबिनाको एमाले’ र ‘एमालेबिनाको नेपाल’ खोज्नेहरूको नियतप्रति प्रश्न उठाए ।‘दुनियाँले यत्रो हमला गरिराखेको छ । केपी ओलीबिनाको एमाले खोजिएको छ, एमालेबिनाको नेपाल बनाउने खेल भइरहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘म त सरक्क छोड्दिन्छु नेतृत्व ।

नियत राम्रो भए मात्र । मिसन ०८४ मा हेर्न पाइनेछ, एमालेबिनाको नेपाल सम्भव छ कि छैन ।’उनले पार्टीभित्रैबाट साथ नपाएको संकेत गर्दै चुनौतीको सामना गर्न आफू तयार रहेको बताए । प्रधानमन्त्री ओलीले पार्टीलाई कमजोर पार्न खोज्नेहरूलाई चुनावी मैदानमै जवाफ दिने पनि बताए । ओलीले समसामयिक अन्तर्राष्ट्रिय राजनीतिको सन्दर्भ पनि जोड्दै आजको विश्व कमाइको प्रतिस्पर्धामा केन्द्रित रहेको टिप्पणी गरे । ‘हिजोको जस्तो विचार, नीति र सिद्धान्तको राजनीति छैन अब,’ उनले भने, ‘अब क्लास स्ट्रगल झनै चर्किँदै जान्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त
संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त
भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प,
भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प,
नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड
नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड
तिब्बत भूकम्पमा अहिलेसम्म ३६ जनाको मृत्यु पुष्टि, नेपालको अवस्था के छ ?
तिब्बत भूकम्पमा अहिलेसम्म ३६ जनाको मृत्यु पुष्टि, नेपालको अवस्था के छ ?
कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेश प्रमुखलाई
कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेश प्रमुखलाई
कोवाङ-जोमसोम सडक निर्माणमा ढिलासुस्ती
कोवाङ-जोमसोम सडक निर्माणमा ढिलासुस्ती
विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकमा एकतर्फी आवागमन
विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकमा एकतर्फी आवागमन
मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
अयोध्याको रामजन्मभूमि मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन
अयोध्याको रामजन्मभूमि मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन
सर्लाहीमा बालकसहित दुई जनाको श*व फेला
सर्लाहीमा बालकसहित दुई जनाको श*व फेला