बुवाको ह*त्यामा संलग्न छोरा पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक १७, २०८२
|
|
३९ पटक हेरिएको
Shares
बुवाको ह*त्यामा संलग्न छोरा पक्राउ

सारांश

  • पाँचथरको हिलिहाङ गाउँपालिका–१ फेदापमा आफ्नै बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।
  • ६९ वर्षीय युबराज राईको हत्यामा संलग्न उनका ३१ वर्षीय छोरा सन्देश राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
  • कार्तिक १६ गते बिहान साढे १० बजे विवादको क्रममा रिसको आवेशमा सन्देशले काठको मुग्रोले बुबाको शरीरमा प्रहार गर्दा घटनास्थलमै युबराज राईको मृत्यु भएको थियो ।

१७ कात्तिक, विराटनगर ।

पाँचथरको हिलिहाङ गाउँपालिका–१ फेदापमा आफ्नै बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ६९ वर्षीय युबराज राईको हत्यामा संलग्न उनका ३१ वर्षीय छोरा सन्देश राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कार्तिक १६ गते बिहान साढे १० बजे विवादको क्रममा रिसको आवेशमा सन्देशले काठको मुग्रोले बुबाको शरीरमा प्रहार गर्दा घटनास्थलमै युबराज राईको मृत्यु भएको थियो ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी कार्यालय अमरपुरबाट खटिएको टोलीले सन्देश राईलाई घटनास्थलमै पक्राउ गरेको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर पठाइएको छ भने हत्यामा संलग्न सन्देश राईमाथि आवश्यक कानूनी प्रक्रिया र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चमा प्रतिनिधिसभा निर्वाचन रोकथाम माग गर्दै पूरक रिट आज पेसी
सर्वोच्चमा प्रतिनिधिसभा निर्वाचन रोकथाम माग गर्दै पूरक रिट आज पेसी
राष्ट्रिय सभाको २०औँ अधिवेशन तयारीबारे कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न
राष्ट्रिय सभाको २०औँ अधिवेशन तयारीबारे कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न
कृषिमा रैथाने सीप र प्रविधि बढाउन ‘आइपिएम’ कृषक पाठशाला’
कृषिमा रैथाने सीप र प्रविधि बढाउन ‘आइपिएम’ कृषक पाठशाला’
आजको मौसम : हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना
आजको मौसम : हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना
आज गुरुङ समुदायले तमु ल्होसार मनाउँदै
आज गुरुङ समुदायले तमु ल्होसार मनाउँदै
तीनकुने घटनाबारे आईजी थापाले भने- कुल समात्यौं, मुल खोज्दैछौं
तीनकुने घटनाबारे आईजी थापाले भने- कुल समात्यौं, मुल खोज्दैछौं
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन
झुठा मुद्दा खारेज र छानबिनको माग गर्दै ६ दलको संयुक्त विज्ञप्ति
झुठा मुद्दा खारेज र छानबिनको माग गर्दै ६ दलको संयुक्त विज्ञप्ति
डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर