सुनको गरगहना चोरी गरेको आरोपमा ३ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २९, २०८१
|
|
९३ पटक हेरिएको
Shares
सुनको गरगहना चोरी गरेको आरोपमा ३ जना पक्राउ

सारांश

  •   सुनको गरगहना चोरी गरेको आरोपमा प्रहरीले डल्लुबाट ३ जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ घर भई हाल बसन्तपुर बस्‍ने ४१ वर्षीय नरेन्द्र देउला, काभ्रेको पनौती-१ घर भई बसन्तपुरबस्‍ने कोमल बहादुर कार्की र भारतको कलकत्ता प्रदेश घर भएका ५८ वर्षीय जागिर मलिक रहेका छन् ।
  • उनीहरूले माघ २६ गते डल्लु बस्‍ने ज्ञानरत्न मानन्धरको घरमा भाडामा बस्‍ने दोलखाको फस्कु शैलुङ नगरपालिका-७ की सुनिता ठकुरीको डेराबाट सुनको गहरगहना चोरी गरेको प्रहरीको आरोप छ ।

 

२९ माघ, काठमाडौं।  सुनको गरगहना चोरी गरेको आरोपमा प्रहरीले डल्लुबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ घर भई हाल बसन्तपुर बस्‍ने ४१ वर्षीय नरेन्द्र देउला, काभ्रेको पनौती-१ घर भई बसन्तपुरबस्‍ने कोमल बहादुर कार्की र भारतको कलकत्ता प्रदेश घर भएका ५८ वर्षीय जागिर मलिक रहेका छन् ।

उनीहरूले माघ २६ गते डल्लु बस्‍ने ज्ञानरत्न मानन्धरको घरमा भाडामा बस्‍ने दोलखाको फस्कु शैलुङ नगरपालिका-७ की सुनिता ठकुरीको डेराबाट सुनको गहरगहना चोरी गरेको प्रहरीको आरोप छ । प्रहरीले उनीहरूको साथबाट सुनको नेक्लेस १ वटा, सुनको सिक्री १ वटा, सुनको औठी १ वटा, गालेको सुन एक ढिका, सुनको तिलहरी १ वटा, सुनको कल्ली १ वटा, सुनको झुम्का १ वटा, सुनको मंगलसूत्र, सुनको मंगलसुत्रका टुक्रा ७ वटा र सुनको सिक्का १ वटा बरामद गरेको छ । पक्राउ परेका उनीहरूमाथि प्रहरी वृत स्वयम्भूबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...