डा. शर्मालाई प्रधानन्यायाधीश सिफारिस विवादमा सर्वोच्चमा सुनुवाइ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ११, २०८३
|
|
५४८ पटक हेरिएको
Shares
डा. शर्मालाई प्रधानन्यायाधीश सिफारिस विवादमा सर्वोच्चमा सुनुवाइ

सारांश

  • प्रधानन्यायाधीशमा डा.
  • मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट दरपीठ भएपछि त्यसविरुद्ध परेका निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
  • न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा सुनुवाइ जारी छ ।

११ जेठ, काठमाडौं ।

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट दरपीठ भएपछि त्यसविरुद्ध परेका निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा सुनुवाइ जारी छ । सर्वोच्च अदालतका रजिस्ट्रारको प्रशासनिक तबरबाट गत वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिसविरुद्ध परेका तीनवटा रिट दरपीठ गर्ने आदेश भएको थियो । त्यसविरुद्ध परेका निवेदन सर्वोच्च प्रशासनले एक सातासम्म ‘होल्ड’ राखेर प्रधानन्यायाधीशमा नियुक्ति र शपथपछि दर्ता गरेको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र प्रेमराज सिलवालले आफूले लगेका रिटमा दरपीठ गर्ने सर्वोच्च प्रशासनको निर्णयविरुद्ध इजलासमा सुनुवाइको माग गर्दै भिन्नाभिन्नै निवेदन दिएका हुन् । संयुक्त इजलासमा निवेदकको वहश सकिएपछि रिट दर्ता गर्न आदेश दिने वा दरपीठ सदर गर्ने भन्ने विषयको टुंगो लाग्नेछ । रिटहरू दरपीठ भएपछि रजिस्ट्रारको प्रशासनिक आदेश ‘बेरित’को भएको भन्दै त्यसविरुद्ध उनीहरूले अर्को निवेदन दिएका हुन् । रिट निवेदकका अनुसार आजै सुनुवाइ सकिएर एउटा आदेश आउनेछ । यता, रिटमा दरपीठमार्फत दर्ता अस्वीकार गर्ने प्रशासनिक निर्णय जारी रहेको अवस्थामा डा.शर्मा भने राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीशमा नियुक्त भइ पदभार सम्हालिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत
सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत
वीरगञ्जबाट भन्सार छलीगरी ल्याएको २० लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा
वीरगञ्जबाट भन्सार छलीगरी ल्याएको २० लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा
गुल्मीमा बाँदर धपाउन राखिएको करेन्टमा परेर महिलाको मृत्यु
गुल्मीमा बाँदर धपाउन राखिएको करेन्टमा परेर महिलाको मृत्यु
माइतीघरमा मोदी र सी जिनपिङको पुत्लामा जुत्ता, ८ जना पक्राउ
माइतीघरमा मोदी र सी जिनपिङको पुत्लामा जुत्ता, ८ जना पक्राउ
पोखरा साहसिक पर्यटनको हब हो : परराष्ट्रमन्त्री
पोखरा साहसिक पर्यटनको हब हो : परराष्ट्रमन्त्री
निजामती अस्पतालका कर्मचारी ८ दिनदेखि आन्दोलनमा
निजामती अस्पतालका कर्मचारी ८ दिनदेखि आन्दोलनमा
लाओसविरुद्ध रेनुकालाई कप्तानको जिम्मेवारी
लाओसविरुद्ध रेनुकालाई कप्तानको जिम्मेवारी
प्रहरीद्वारा भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद
प्रहरीद्वारा भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद
स्वास्थ्य सेवा विभागका तत्कालीन प्रशासक सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड बिगो
स्वास्थ्य सेवा विभागका तत्कालीन प्रशासक सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड बिगो
एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्रको शुभारम्भ
एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्रको शुभारम्भ
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...