डा. शर्मालाई प्रधानन्यायाधीश सिफारिस विवादमा सर्वोच्चमा सुनुवाइ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ११, २०८३
|
|
५२८ पटक हेरिएको
Shares
डा. शर्मालाई प्रधानन्यायाधीश सिफारिस विवादमा सर्वोच्चमा सुनुवाइ

सारांश

  • प्रधानन्यायाधीशमा डा.
  • मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट दरपीठ भएपछि त्यसविरुद्ध परेका निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
  • न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा सुनुवाइ जारी छ ।

११ जेठ, काठमाडौं ।

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट दरपीठ भएपछि त्यसविरुद्ध परेका निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा सुनुवाइ जारी छ । सर्वोच्च अदालतका रजिस्ट्रारको प्रशासनिक तबरबाट गत वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिसविरुद्ध परेका तीनवटा रिट दरपीठ गर्ने आदेश भएको थियो । त्यसविरुद्ध परेका निवेदन सर्वोच्च प्रशासनले एक सातासम्म ‘होल्ड’ राखेर प्रधानन्यायाधीशमा नियुक्ति र शपथपछि दर्ता गरेको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र प्रेमराज सिलवालले आफूले लगेका रिटमा दरपीठ गर्ने सर्वोच्च प्रशासनको निर्णयविरुद्ध इजलासमा सुनुवाइको माग गर्दै भिन्नाभिन्नै निवेदन दिएका हुन् । संयुक्त इजलासमा निवेदकको वहश सकिएपछि रिट दर्ता गर्न आदेश दिने वा दरपीठ सदर गर्ने भन्ने विषयको टुंगो लाग्नेछ । रिटहरू दरपीठ भएपछि रजिस्ट्रारको प्रशासनिक आदेश ‘बेरित’को भएको भन्दै त्यसविरुद्ध उनीहरूले अर्को निवेदन दिएका हुन् । रिट निवेदकका अनुसार आजै सुनुवाइ सकिएर एउटा आदेश आउनेछ । यता, रिटमा दरपीठमार्फत दर्ता अस्वीकार गर्ने प्रशासनिक निर्णय जारी रहेको अवस्थामा डा.शर्मा भने राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीशमा नियुक्त भइ पदभार सम्हालिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत
पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत
भाजपालाई उछिनेको केही घण्टामै कक्रोच पार्टीको एक्स अकाउन्ट बन्द
भाजपालाई उछिनेको केही घण्टामै कक्रोच पार्टीको एक्स अकाउन्ट बन्द
कूटनीतिक सम्बन्धको ७० वर्षगाँठमा राष्ट्रपति पौडेल जापान जाँदै
कूटनीतिक सम्बन्धको ७० वर्षगाँठमा राष्ट्रपति पौडेल जापान जाँदै
गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति
गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति
८ महिनामा आए ७ लाख २० हजार पर्यटक
८ महिनामा आए ७ लाख २० हजार पर्यटक
सभापति वा प्रधानमन्त्री पदको लोभ छैन, कांग्रेसको एकताको लागि आवाज उठाउनेछु: शेखर कोइराला
सभापति वा प्रधानमन्त्री पदको लोभ छैन, कांग्रेसको एकताको लागि आवाज उठाउनेछु: शेखर कोइराला
सडक व्यापारीका लागि ईःको लुम्बिनी–सिंहदरबार पैदलयात्रा सुरु
सडक व्यापारीका लागि ईःको लुम्बिनी–सिंहदरबार पैदलयात्रा सुरु
कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने
कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने
गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा
गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा
फेसबुक, ट्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
फेसबुक, ट्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय