प्रतिनिधि सभा बैठक बस्दै, कुलमानबारे प्रधानमन्त्रीले जवाफ दिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र १८, २०८१
|
|
१७ पटक हेरिएको
Shares
प्रतिनिधि सभा बैठक बस्दै, कुलमानबारे प्रधानमन्त्रीले जवाफ दिने

सारांश

  • प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
  • बिहान ११:०० बजेका लागि बैठक तय भएको हो ।
  • यसअघि बिहीबार, शुक्रबार र आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेका थिए ।

१८ चैत, काठमाडौं ।

प्रतिनिधि सभा बैठक आज बस्दैछ । बिहान ११:०० बजेका लागि बैठक तय भएको हो । यसअघि बिहीबार, शुक्रबार र आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेका थिए । नेपाल  विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि त्यसबारे उनीहरुले प्रधानमन्त्रीको जवाफ माग गरेका छन् । जवाफ नदिए आज पनि संसद बैठक अवरोध गर्ने प्रतिपक्षी दलहरुको तयारी छ ।  प्रधानमन्त्रीले उनीहरुको माग अनुसार आज जवाफ दिने तयारी गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बैकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरर्ने,  पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पे; गर्ने,  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पे; गर्नेलगायत कार्यसूची रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ । उनले नै संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायली हवाई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृ*त्यु
इजरायली हवाई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृ*त्यु
देउवा निवासमै नेविसंघ अध्यक्ष विरुद्ध नाराबाजी
देउवा निवासमै नेविसंघ अध्यक्ष विरुद्ध नाराबाजी
देश जलाउनेहरूलाई महानायक बनाइयो : रामबहादुर थापा (बादल)
देश जलाउनेहरूलाई महानायक बनाइयो : रामबहादुर थापा (बादल)
प्रहरी चौकी खार्पाको बाह्र वर्षपछि आफ्नै भवन
प्रहरी चौकी खार्पाको बाह्र वर्षपछि आफ्नै भवन
रास्वपाको कार्यवाहक प्रवक्तामा प्रतिभा रावल
रास्वपाको कार्यवाहक प्रवक्तामा प्रतिभा रावल
एनपीएल खेल्न नेपाल आइपुगे वेष्ट इन्डिजका चाडविक वाल्टन
एनपीएल खेल्न नेपाल आइपुगे वेष्ट इन्डिजका चाडविक वाल्टन
आँधीका कारण फिलिपिन्समा मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो
आँधीका कारण फिलिपिन्समा मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो
एक महिनामा भित्रिने रेमिट्यान्सले राख्यो कीर्तिमान, १ खर्ब ३६ अर्ब भित्रियो
एक महिनामा भित्रिने रेमिट्यान्सले राख्यो कीर्तिमान, १ खर्ब ३६ अर्ब भित्रियो
नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना, १० जना घाइते
नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना, १० जना घाइते
सुन तस्करी प्रकरणमा पक्राउ परेका महराको बयान सकियो, हाजिर जमानीमा छाडिँदै!
सुन तस्करी प्रकरणमा पक्राउ परेका महराको बयान सकियो, हाजिर जमानीमा छाडिँदै!

तपाईंले छुटाउनुभयो कि?