हराएको ४ दिनपछि माकलबारीमा गाडिएको अवस्थामा भेटियो युवकको शव, ६ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र १८, २०८१
|
|
२९ पटक हेरिएको
Shares
हराएको ४ दिनपछि माकलबारीमा गाडिएको अवस्थामा भेटियो युवकको शव, ६ जना पक्राउ

सारांश

  • हराएको चार दिनपछि गाडिएको अवस्थामा एक युवकको शव भेटिएको छ ।
  • हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेहरुमा भारतको बिहार घर भई काठमाडौं दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा, सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ घर भएका २२ वर्षीय निपु मण्डल, सोही गाउँपालिका–६ का १८ वर्षीय विजय यादव, सोही ठाउँका १८ वर्षकै करन कुमार महतो, सोही ठाउँका २३ वर्षीय जोधन मण्डल र ४५ वर्षीय उत्तम मण्डल छन् ।

१८ चैत, काठमाडौं । हराएको चार दिनपछि गाडिएको अवस्थामा एक युवकको शव भेटिएको छ । हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको बिहार घर भई काठमाडौं दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा, सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ घर भएका २२ वर्षीय निपु मण्डल, सोही गाउँपालिका–६ का १८ वर्षीय विजय यादव, सोही ठाउँका १८ वर्षकै करन कुमार महतो, सोही ठाउँका २३ वर्षीय जोधन मण्डल र ४५ वर्षीय उत्तम मण्डल छन् । उनीहरुले सर्लाहीको चक्रघट्टा-८ घर भइ काठमाडौं गोकर्णेश्वर बाहुनधारा बस्दै आएका १९ वर्षीय राहुल साहको हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

उनी ११ चैतदेखि हराएको भन्दै प्रहरी वृत्त बौद्धमा उजुरी समेत परेको थियो । खोजतलासको क्रममा उनको शव माकलबारीमा सञ्चालित आरके मोटरसाइकल वर्कसपको पछाडिको जमिनमा गाडिएको अवस्थामा १५ चैतमा फेला परेको थियो । गाडिएको अवस्थामा शव भेटिएपछि हत्याको निष्कर्ष निकाल्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा उनीहरु पक्राउ परको हुन् । लेनदेनको विषयमा विवाद हुँदा उनीहरुले राहुलको हत्या गरेको पाइएको एसपी बोहोराले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थमन्त्रीको राजीनामा माग्दै मधेश प्रदेशसभामा अवरोध
अर्थमन्त्रीको राजीनामा माग्दै मधेश प्रदेशसभामा अवरोध
दक्षिणी चीनमा ‘तुफान माट्मो’ को प्रभावः २ लाख ७१ हजारभन्दा बढी मानिसको स्थानान्तरण
दक्षिणी चीनमा ‘तुफान माट्मो’ को प्रभावः २ लाख ७१ हजारभन्दा बढी मानिसको स्थानान्तरण
अहिले हाम्रो संविधान कठिन अवस्थामा छ: महेन्द्र राययादव
अहिले हाम्रो संविधान कठिन अवस्थामा छ: महेन्द्र राययादव
प्रदेशलाई अधिकारसम्पन्न देखि जेनजीका न्यायोचित माग पुरा गर्न जसपा नेपालको माग 
प्रदेशलाई अधिकारसम्पन्न देखि जेनजीका न्यायोचित माग पुरा गर्न जसपा नेपालको माग 
गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति
गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति
दिल्ली उडेको एयर इन्डियाको विमान प्राविधिक समस्यापछि हङकङ फिर्ता
दिल्ली उडेको एयर इन्डियाको विमान प्राविधिक समस्यापछि हङकङ फिर्ता
आज पनि चल्न सकेन संसद्, भोलिसम्मका लागि स्थगित
आज पनि चल्न सकेन संसद्, भोलिसम्मका लागि स्थगित
सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक
सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
जब २ सय यात्रु सवार प्लेन आकाशमै पाइलटबिनै १० मिनेट उड्यो…
जब २ सय यात्रु सवार प्लेन आकाशमै पाइलटबिनै १० मिनेट उड्यो…