रुपन्देहीमा भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु, २२ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २६, २०८१
|
|
६२ पटक हेरिएको
Shares
रुपन्देहीमा भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु, २२ जना घाइते

सारांश

  • रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् ।
  • लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु१च २७६३ नम्बरको पिकअप भ्यान पल्टिंदा गैंडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
  • घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल र १९ जनाको भैरवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

२६ चैत, लुम्बिनी (मर्चवार) ।

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु१च २७६३ नम्बरको पिकअप भ्यान पल्टिंदा गैंडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल र १९ जनाको भैरवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । घटनाको प्रत्यक्षदर्शी सन्दीप गुप्ताका अनुसार तीव्र गतिमा गुडिरहेको उक्त भ्यान मोडमा पुगेपछि अनियन्त्रित भई पल्टिएको थियो । भ्यानमा सवार २४ जना यात्रु लुम्बिनीस्थित मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर घर फर्कने क्रममा दुर्घटना भएको उनले जानकारी दिए ।

दुर्घटनापछि कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका–४ बिठुवा बस्ने सवारी चालक २६ वर्षीय अशोक पासीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए । सामान बोक्न प्रयोग गरिने पिकअप भ्यानमा क्षमताभन्दा बढी यात्रु सवार हुँदा भारवहन क्षमता बढी भई दुर्घटना भएको उनले उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
लेबनानमा इजरायली हवाई आक्रमणमा ३४ जनाको मृत्यु, ८० घाइते
लेबनानमा इजरायली हवाई आक्रमणमा ३४ जनाको मृत्यु, ८० घाइते
आगलागीबाट भएको क्षति निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे संस्कृतिमन्त्री पाण्डे
आगलागीबाट भएको क्षति निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे संस्कृतिमन्त्री पाण्डे
चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृ*त्यु
चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृ*त्यु
एमालेको राष्ट्रिय कार्यशाला सुरु, अध्यक्ष ओलीले गरे उदघाटन
एमालेको राष्ट्रिय कार्यशाला सुरु, अध्यक्ष ओलीले गरे उदघाटन
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण
महोत्तरीको सोनमा गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप
महोत्तरीको सोनमा गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्रीबीच आज भेटवार्ता हुँदै
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्रीबीच आज भेटवार्ता हुँदै
कैलालीमा दुई मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु
कैलालीमा दुई मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शर्मालाई धम्की दिने मादेन पक्राउ