एक हजार सदस्यीय समितिको घोषणा गर्दै राजेन्द्र महतो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ३०, २०८१
|
|
३४ पटक हेरिएको
Shares
एक हजार सदस्यीय समितिको घोषणा गर्दै राजेन्द्र महतो

सारांश

  • राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्तिका लागि एक हजार सदस्यीय एक समितिको घोषणा गर्ने भएका छन् ।
  • सो समितिको घोषणा साउन ३२ गते गर्ने तयारी भइरहेको राष्ट्रिय मुक्ति क्रान्तिका नेता सन्तोष मेहताले बताएका हुन् ।
  • समितिको नाम भने टुङ्गो लाग्न बाँकी रहेको छ ।

३० साउन, काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्तिका लागि एक हजार सदस्यीय एक समितिको घोषणा गर्ने भएका छन् ।

सो समितिको घोषणा साउन ३२ गते गर्ने तयारी भइरहेको राष्ट्रिय मुक्ति क्रान्तिका नेता सन्तोष मेहताले बताएका हुन् । समितिको नाम भने टुङ्गो लाग्न बाँकी रहेको छ । साहका अनुसार बहुल राष्ट्रिय सभा, राष्ट्रिय सभा राष्ट्रिय परिषद् र नेसनल प्लेनियममध्ये एउटा नाम राख्ने मोटामोटी सहमति भएको र आज-भोलिसम्ममा टुङ्गो लाग्नेछ । राष्ट्रिय मुक्ति क्रान्ति घोषणा गर्दा राजेन्द्र महतोलाई मात्र संयोजक बनाइएको थियो । अरू सबै साधारण सदस्य थिए । अब संयोजकसहित ९९९ जनालाई सदस्य राखिने उनको भनाई छ । राष्ट्रिय मुक्ति क्रान्तिमा संयोजकबाहेक अरू सबै सदस्य रहनेछन् । अन्य पदहरू भने सिर्जना नगर्ने नेता मेहताले बताए ।

सो समिति अन्तर्गत विभिन्न ५५ वटा परिषद्हरू रहनेछन् । ती परिषद्को पनि संयोजक मात्र रहने छन् भने बाँकी सबै सदस्य रहने राष्ट्रिय मुक्ति क्रान्तिले जनाएको छ । त्यसबाहेक सोही समितिबाट भूगोल कमान्ड, ब्युरो, विशेष ब्युरो तथा भातृ सङ्गठनहरूको संयोजक बनाउने तयारी रहेको छ । भूगोल कमान्ड, ब्युरो, विशेष ब्युरो, भातृ सङ्गठनमा पनि एक–एक जना मात्र संयोजक रहने अरू सबै सदस्यमा रहने नेता मेहताले बताए । यही समितिले एउटा गोलमेच सम्मेलनको आयोजना गरी कार्तिक मसान्तसम्म एउटा पार्टी निर्माण गर्ने राष्ट्रिय मुक्ति क्रान्तिले जनाएको छ । पार्टी बने पनि राष्ट्रिय मुक्ति क्रान्ति एउटा अभियानको रूपमा रहिरहने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय मुद्दा र एजेण्डामा दृढतापूर्वक उभिने छु : ईश्वर पोखरेल
राष्ट्रिय मुद्दा र एजेण्डामा दृढतापूर्वक उभिने छु : ईश्वर पोखरेल
काठमाडौं आइपुगिन् बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया
काठमाडौं आइपुगिन् बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया
सरकार र चिनियाँ ठेकेदारविरुद्ध प्रदर्शन
सरकार र चिनियाँ ठेकेदारविरुद्ध प्रदर्शन
अर्थमन्त्री खनालविरुद्ध शरद ओझाको रिट दर्ता गर्न सर्वोच्चको आदेश
अर्थमन्त्री खनालविरुद्ध शरद ओझाको रिट दर्ता गर्न सर्वोच्चको आदेश
नारायणघाट–बुटवल सडक विस्तार : म्याद थप्ने तयारी
नारायणघाट–बुटवल सडक विस्तार : म्याद थप्ने तयारी
समाजसेवी दुबे सहित तिन सय भन्दा बढि समर्थकले गरे जनमत पार्टी प्रवेश
समाजसेवी दुबे सहित तिन सय भन्दा बढि समर्थकले गरे जनमत पार्टी प्रवेश
पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले भने : भाषण गर्ने मात्र होइन्, एक्सनमा उत्रिन्छु
पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले भने : भाषण गर्ने मात्र होइन्, एक्सनमा उत्रिन्छु
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने
सिरहाको गोल बजारमा ६ सिलिण्डर विष्फोट, होटल पुर्णरूपले ध्वस्त। 
सिरहाको गोल बजारमा ६ सिलिण्डर विष्फोट, होटल पुर्णरूपले ध्वस्त। 
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक