अर्थमन्त्री खनालविरुद्ध शरद ओझाको रिट दर्ता गर्न सर्वोच्चको आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १४, २०८२
|
|
२८ पटक हेरिएको
Shares
अर्थमन्त्री खनालविरुद्ध शरद ओझाको रिट दर्ता गर्न सर्वोच्चको आदेश

सारांश

  • सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका बर्खास्त अध्यक्ष शरद ओझाले अर्थमन्त्री रामेश्वर खनालविरुद्ध दायर गरेको रिट दर्ता गर्न आदेश दिएको छ।
  • न्यायाधीश अब्दुल अजिज मुसलमान र मेघराज पोख्रेलको संयुक्त इजलासले आइतबार ओझाले दायर गरेको अवहेलना मुद्दा दर्ता गर्ने आदेश दिएको हो।
  • यसअघि उक्त रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो।

 

१४ मंसिर, काठमाडौं ।

सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका बर्खास्त अध्यक्ष शरद ओझाले अर्थमन्त्री रामेश्वर खनालविरुद्ध दायर गरेको रिट दर्ता गर्न आदेश दिएको छ।न्यायाधीश अब्दुल अजिज मुसलमान र मेघराज पोख्रेलको संयुक्त इजलासले आइतबार ओझाले दायर गरेको अवहेलना मुद्दा दर्ता गर्ने आदेश दिएको हो। यसअघि उक्त रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो।

ओझालाई प्राधिकरणको अध्यक्षबाट बर्खास्त गर्ने निर्णय गरेको थियो। त्यसको विरुद्धमा उनी सर्वोच्च गएका थिए। त्योसँगै सर्वोच्चले ओझाको पक्षमा अन्तरिम आदेश दिएको थियो। आदेशपछि प्राधिकरण फर्किएका ओझाले सरकारले हाजिर गर्नै नदिएपछि अर्थमन्त्री खनालले सर्वोच्चको आदेश पालना नगरेको भन्दै अवहेलना मुद्दा लिएर पुनः सर्वोच्च गएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?