धौलागिरीमा मृत्यु भएका ५ रूसी नागरिकको शव अझै झिक्न सकिएन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २९, २०८१
|
|
७२ पटक हेरिएको
Shares
धौलागिरीमा मृत्यु भएका ५ रूसी नागरिकको शव अझै झिक्न सकिएन

सारांश

  • उद्धारकर्तामा खटिएका अनुसार हेलिकोप्टर ल्यान्ड हुन नसक्ने ठाउँमा शव रहेका छन् ।
  • ५ जना रूसी नागरिक असोज २० गते राति ११ बजेदेखि सम्पर्कविहीन बनेका थिए ।
  • धौलागिरी प्रथम आरोहण गर्ने क्रममा रसियन आरोही एलेक्जेन्डर डस्सिको, ओलेक क्लोब्भ, सिस्टिकोभ भ्लादिमिर, नोसेन्को मिखाइल र एसएचपिलेभोर्सको टिम एउटै क्लाइम्बिङ रोप (हिमाल चढ्ने डोरी)मा बाँधिएर एक साथ हिमाल आरोहण सुरु गरेका थिए ।

२९ असोज , म्याग्दी — धौलागिरी प्रथम हिमालको ७ हजार एक सय मिटर उचाइमा मृत भेटिएका ५ जना रसियन पर्यटकको शव १० दिनदेखि उठ्न सकेको छैन । उद्धारकर्तामा खटिएका अनुसार हेलिकोप्टर ल्यान्ड हुन नसक्ने ठाउँमा शव रहेका छन् ।

५ जना रूसी नागरिक असोज २० गते राति ११ बजेदेखि सम्पर्कविहीन बनेका थिए । धौलागिरी प्रथम आरोहण गर्ने क्रममा रसियन आरोही एलेक्जेन्डर डस्सिको, ओलेक क्लोब्भ, सिस्टिकोभ भ्लादिमिर, नोसेन्को मिखाइल र एसएचपिलेभोर्सको टिम एउटै क्लाइम्बिङ रोप (हिमाल चढ्ने डोरी)मा बाँधिएर एक साथ हिमाल आरोहण सुरु गरेका थिए । सहयोगी र अतिरिक्त अक्सिजनबिना आरोहणमा निक्लेको यो समूहले एउटै डोरीमा बाँधिएर क्रमशः पहिलो, दोस्रो, तेस्रोमाथि चढ्दै डोरी गाड्दै त्यही डोरीमा झुन्डिएर माथि चढ्दै थिए ।

८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरीको चुचुरोमा पुग्नुभन्दा १६७ मिटर तल पुगेपछि उनीहरू थाकेको वा अगाडीको डोरी राम्रोसँग नगाडिएकाले उक्किएर सबै एकसाथ खसेको हुन सक्ने आरोहण गाइडहरूले अनुमान गरेका छन् । ‘असोज २२ गते धौलागिरीमा पहिलो रेकीमै शव एकै स्थानमा देखियो । अनि मृत भेटिएका रसियन पर्यटकको शव उठाउन दुई पटक प्रयास गरें । तलबाट हेर्दासम्म परेको जस्तो देखिए पनि शव रहेको स्थानमा धेरै भिरालो र हाOटमा भएकोले हेलिकोप्टर ल्यान्ड गराउन र उद्धारकर्ता हिँडेर शव ल्याउन सकिने अवस्था रहेन,’ उद्धारमा खटिएका प्रभु हेलिकोप्टरका पाइलट शोभित गौचनले भने ।

पर्यटन विभागका अनुसार धौलागिरी आराोहणका लागप १४ जना रूसी नागरिक सम्मिलित टोलीमध्ये ८ जना र ६ जनाको दुई टोली बनाई आरोहण सुरु गरेको थियो । आरोहण समूहकै पहिलो टिमका डेनिस एलेक्सोन्को र आर्टस्योम तेसेन्त्सेभिल्स्कीले धौलागिरीको सफल आरोहण गरेका थिए । दोस्रो समूहका ६ जना भने धौलागिरी हिमालको टुप्पोनजिक पुगेपछि दुर्घटनामा परेका थिए । ६ जनामध्ये एक जना थाकेर हिँड्न नसकेपछि समूहको डोरी छुटाएर एक्लै तल फर्केका थिए । उनलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाडाकै घरमा पालिका कार्यालय
भाडाकै घरमा पालिका कार्यालय
डाक्नेश्वरी-१ का वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
डाक्नेश्वरी-१ का वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको आरोपमा ३ जना पक्राउ
सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको आरोपमा ३ जना पक्राउ
कक्षा १२ को पूरक परीक्षाको तालिका परिवर्तन
कक्षा १२ को पूरक परीक्षाको तालिका परिवर्तन
सरकारले आफूविरुद्धको आलोचना दबाउन सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो: ‘प्रचण्ड’
सरकारले आफूविरुद्धको आलोचना दबाउन सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो: ‘प्रचण्ड’
बालकुमारीमा आगलागी ,फार्मेसी, जुम्बा डान्स सेन्टर र पसल नष्ट
बालकुमारीमा आगलागी ,फार्मेसी, जुम्बा डान्स सेन्टर र पसल नष्ट
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड
जबरजस्ती करणी गरेको अभियोगमा धादिङ र कैलालीबाट दुई जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा धादिङ र कैलालीबाट दुई जना पक्राउ
कीर्तिपुर होल्डिङ सेन्टरबाट एक जना पक्राउ
कीर्तिपुर होल्डिङ सेन्टरबाट एक जना पक्राउ
प्रधानमन्त्रीद्वारा गौरादह नगर अस्पतालको शिलान्यास
प्रधानमन्त्रीद्वारा गौरादह नगर अस्पतालको शिलान्यास