सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

रौतहटमा रगतले लत्पतिएको बोरा खोल्दा भेटियो बुंगुरको मासु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ४, २०८३
|
|
२०९ पटक हेरिएको
Shares
रौतहटमा रगतले लत्पतिएको बोरा खोल्दा भेटियो बुंगुरको मासु

सारांश

  • गौर-पुरनेवा सडकखण्ड अन्तर्गत हनुमान मन्दिर नजिकै सडकमा रगतले लतपतिएको अवस्थामा फेला परेको एक शंकास्पद बोराले सोमबार केहीबेर स्थानीयवासीलाई त्रसित बनायो ।
  • सडकछेउमा रगत चुहिएको बोरा देखेपछि मान्छेको शव वा कुनै गम्भीर आपराधिक घटना भएको हुन सक्ने आशंकाले घटनास्थलमा मानिसहरुको भीडसमेत लागेको थियो ।
  • घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरीको टोली घटनास्थलमा पुगेर क्षेत्रलाई नियन्त्रणमा लिँदै बोराको सावधानीपूर्वक परीक्षण गरेको थियो ।

 

४ साउन, रौतहट।

गौर-पुरनेवा सडकखण्ड अन्तर्गत हनुमान मन्दिर नजिकै सडकमा रगतले लतपतिएको अवस्थामा फेला परेको एक शंकास्पद बोराले सोमबार केहीबेर स्थानीयवासीलाई त्रसित बनायो । सडकछेउमा रगत चुहिएको बोरा देखेपछि मान्छेको शव वा कुनै गम्भीर आपराधिक घटना भएको हुन सक्ने आशंकाले घटनास्थलमा मानिसहरुको भीडसमेत लागेको थियो । घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरीको टोली घटनास्थलमा पुगेर क्षेत्रलाई नियन्त्रणमा लिँदै बोराको सावधानीपूर्वक परीक्षण गरेको थियो । प्रारम्भिक रुपमा निकै शंकास्पद देखिएको उक्त घटनाको रहस्य भने केहीबेरमै खुल्यो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार बोराभित्र मानवीय शव वा अन्य आपराधिक सामग्री नभई बुंगुरको मासु रहेको पुष्टि भएको छ । “रगत देखिने बोराले केहीबेर तनाव सिर्जना गरेको थियो । बोरा खोलेर हेर्दा बुंगुरको मासु रहेको पाइयो,” उनले भने । घटनाको वास्तविकता बाहिरिएसँगै स्थानीयवासीले राहतको सास फेरेका छन्। यद्यपि, सार्वजनिक सडकमा यसरी रगतले लतपतिएको बोरा बेवारिसे अवस्थामा फालिँदा अनावश्यक त्रास फैलिएको भन्दै स्थानीयले यस्ता गतिविधिमाथि निगरानी र कारबाही आवश्यक रहेको बताएका छन् । केही समयका लागि हत्या वा अन्य जघन्य अपराधको आशंकाले सनसनी फैलाएको यो घटनाको अन्त्य भने बुंगुरको मासुमा पुगेर टुंगिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा पुनर्स्थापना गरेर प्रधानमन्त्री बन्ने दाउमा देउवा
प्रतिनिधिसभा पुनर्स्थापना गरेर प्रधानमन्त्री बन्ने दाउमा देउवा
झापाका तीन स्थानमा तीन जना मृ*त फेला
झापाका तीन स्थानमा तीन जना मृ*त फेला
कुलिङ पिरियडको मनोमानी राष्ट्रिय लज्जाको विषय : माओवादी
कुलिङ पिरियडको मनोमानी राष्ट्रिय लज्जाको विषय : माओवादी
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
मधेस सरकारले पूजा महतोसहित ३ खेलाडीलाई सम्मान गर्ने
मधेस सरकारले पूजा महतोसहित ३ खेलाडीलाई सम्मान गर्ने
पोर्चुगल र जापान पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र जापान पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
जनकपुरविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्दै
जनकपुरविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्दै
सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न रास्वपाको चुनौती
सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न रास्वपाको चुनौती
आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
प्रदेश सभालाई मधेशका मुख्यमन्त्री सिंहको पत्र : २८ असोजमा विश्वासको मत लिने वातावरण बनाइदेऊ
प्रदेश सभालाई मधेशका मुख्यमन्त्री सिंहको पत्र : २८ असोजमा विश्वासको मत लिने वातावरण बनाइदेऊ