रौतहटमा रगतले लत्पतिएको बोरा खोल्दा भेटियो बुंगुरको मासु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ४, २०८३
|
|
१९९ पटक हेरिएको
Shares
रौतहटमा रगतले लत्पतिएको बोरा खोल्दा भेटियो बुंगुरको मासु

सारांश

  • गौर-पुरनेवा सडकखण्ड अन्तर्गत हनुमान मन्दिर नजिकै सडकमा रगतले लतपतिएको अवस्थामा फेला परेको एक शंकास्पद बोराले सोमबार केहीबेर स्थानीयवासीलाई त्रसित बनायो ।
  • सडकछेउमा रगत चुहिएको बोरा देखेपछि मान्छेको शव वा कुनै गम्भीर आपराधिक घटना भएको हुन सक्ने आशंकाले घटनास्थलमा मानिसहरुको भीडसमेत लागेको थियो ।
  • घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरीको टोली घटनास्थलमा पुगेर क्षेत्रलाई नियन्त्रणमा लिँदै बोराको सावधानीपूर्वक परीक्षण गरेको थियो ।

४ साउन, रौतहट।

गौर-पुरनेवा सडकखण्ड अन्तर्गत हनुमान मन्दिर नजिकै सडकमा रगतले लतपतिएको अवस्थामा फेला परेको एक शंकास्पद बोराले सोमबार केहीबेर स्थानीयवासीलाई त्रसित बनायो । सडकछेउमा रगत चुहिएको बोरा देखेपछि मान्छेको शव वा कुनै गम्भीर आपराधिक घटना भएको हुन सक्ने आशंकाले घटनास्थलमा मानिसहरुको भीडसमेत लागेको थियो । घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरीको टोली घटनास्थलमा पुगेर क्षेत्रलाई नियन्त्रणमा लिँदै बोराको सावधानीपूर्वक परीक्षण गरेको थियो । प्रारम्भिक रुपमा निकै शंकास्पद देखिएको उक्त घटनाको रहस्य भने केहीबेरमै खुल्यो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार बोराभित्र मानवीय शव वा अन्य आपराधिक सामग्री नभई बुंगुरको मासु रहेको पुष्टि भएको छ । “रगत देखिने बोराले केहीबेर तनाव सिर्जना गरेको थियो । बोरा खोलेर हेर्दा बुंगुरको मासु रहेको पाइयो,” उनले भने । घटनाको वास्तविकता बाहिरिएसँगै स्थानीयवासीले राहतको सास फेरेका छन्। यद्यपि, सार्वजनिक सडकमा यसरी रगतले लतपतिएको बोरा बेवारिसे अवस्थामा फालिँदा अनावश्यक त्रास फैलिएको भन्दै स्थानीयले यस्ता गतिविधिमाथि निगरानी र कारबाही आवश्यक रहेको बताएका छन् । केही समयका लागि हत्या वा अन्य जघन्य अपराधको आशंकाले सनसनी फैलाएको यो घटनाको अन्त्य भने बुंगुरको मासुमा पुगेर टुंगिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगरपालिकामा लगाईएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी
नगरपालिकामा लगाईएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी
रवीन्द्र मिश्रसहित २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
रवीन्द्र मिश्रसहित २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
मानव जीवनका लागि ऊर्जा अक्सिजन सरह : ऊर्जामन्त्री खड्का
मानव जीवनका लागि ऊर्जा अक्सिजन सरह : ऊर्जामन्त्री खड्का
चीनले ५ अर्ब ६० करोड अनुदान दिने, नगद सहयोग साढे तीन अर्ब
चीनले ५ अर्ब ६० करोड अनुदान दिने, नगद सहयोग साढे तीन अर्ब
अछामको जयगढ बजारमा भीषण आगलागी, ७ पसल जलेर नष्ट
अछामको जयगढ बजारमा भीषण आगलागी, ७ पसल जलेर नष्ट
नेपाल प्रहरीका तीन डीआईजीको सरुवा : मधेस प्रदेशको जिम्मा आचार्यलाई
नेपाल प्रहरीका तीन डीआईजीको सरुवा : मधेस प्रदेशको जिम्मा आचार्यलाई
नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन बालेनले लेखे पत्र
नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन बालेनले लेखे पत्र
नेप्सेमा दोहोरो अंकको सुधार, १८० कम्पनीका लगानीकर्ता नाफामा
नेप्सेमा दोहोरो अंकको सुधार, १८० कम्पनीका लगानीकर्ता नाफामा
बसको ठक्करबाट एक पैदलयात्रीको मृ*त्यु
बसको ठक्करबाट एक पैदलयात्रीको मृ*त्यु
विद्यालयको कोठामा झुण्डिएको अवस्थामा ७५ वर्षीय चौकीदार मृत फेला
विद्यालयको कोठामा झुण्डिएको अवस्थामा ७५ वर्षीय चौकीदार मृत फेला