प्रदेश सभालाई मधेशका मुख्यमन्त्री सिंहको पत्र : २८ असोजमा विश्वासको मत लिने वातावरण बनाइदेऊ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २४, २०८२
|
|
२७ पटक हेरिएको
Shares
प्रदेश सभालाई मधेशका मुख्यमन्त्री सिंहको पत्र : २८ असोजमा विश्वासको मत लिने वातावरण बनाइदेऊ

सारांश

  • मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिने वातावरण बनाइदिन प्रदेश सभामा पत्राचार गरेका छन् ।
  • मधेस प्रदेश सभाका सचिवलाई सम्बोधन गर्दै लेखिएको पत्रमा २८ असोजमा संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन हुन अनुरोध गरिएको छ ।
  • २३ र २४ भदौको जेनजी आन्दोलन चर्किएको समयमा सिंहले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका थिए ।

२४ असोज, जनकपुरधाम ।

मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिने वातावरण बनाइदिन प्रदेश सभामा पत्राचार गरेका छन् । मधेस प्रदेश सभाका सचिवलाई सम्बोधन गर्दै लेखिएको पत्रमा २८ असोजमा संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन हुन अनुरोध गरिएको छ ।

२३ र २४ भदौको जेनजी आन्दोलन चर्किएको समयमा सिंहले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका थिए । तर अन्तरिम सरकार गठनपछि सतिशकुमार सिंहले एकाएक कुरा फेरेका थिए । उनले त्यसदिन विषम परिस्थितिमा कसैको जनधनको क्षति नहोस् भनेर फेसबुकमा राजीनामा लेखेको बताउँदै आएका छन् । बोली फेरेपछि आफ्नै दल जनमतले गत ३१ भदौमा मधेश प्रदेश सभामा सभामुखलाई सम्बोधन गरेर मुख्यमन्त्री तथा मन्त्रीसहित सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाएको थियो ।

सो मितिबाट ३० दिनभित्र मधेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । यता मधेशमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नेकपा एमाले र जनमतले गत बुधबार ५८ प्रदेश सभा सदस्यहरूको हस्ताक्षर सहितको पत्र प्रदेश प्रमुख कार्यालयमा बुझाइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्रहम्पुरी गाउँपालिकाका १६७ परिवारले पाए लालपुर्जा
ब्रहम्पुरी गाउँपालिकाका १६७ परिवारले पाए लालपुर्जा
जेनजी आन्दोलनको क्षति बीमा दाबी भुक्तानी छिटो गराउन प्राधिकरणको निर्देशन
जेनजी आन्दोलनको क्षति बीमा दाबी भुक्तानी छिटो गराउन प्राधिकरणको निर्देशन
स्रोत नखुलेको ३९ लाखसहित एक जना पक्राउ
स्रोत नखुलेको ३९ लाखसहित एक जना पक्राउ
पहिलो महिनामा निर्यात झन्डै दोब्बर तर व्यापार घाटा अझै कायम
पहिलो महिनामा निर्यात झन्डै दोब्बर तर व्यापार घाटा अझै कायम
आफ्नै छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ
आफ्नै छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ
आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत
आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत
नारायणी नदीमा हाम फालेर एकै दिन दुईजना बेपत्ता
नारायणी नदीमा हाम फालेर एकै दिन दुईजना बेपत्ता
मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले दिए राजीनामा
मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले दिए राजीनामा
इजरायली राष्ट्रपतिसँग नेपाली राजदूतको टेलिफोन संवाद, विपिन जोशीबारे छलफल
इजरायली राष्ट्रपतिसँग नेपाली राजदूतको टेलिफोन संवाद, विपिन जोशीबारे छलफल
वीरगञ्ज कारागारमा क्षमताभन्दा बढी कैदी–थुनुवा, व्यवस्थापनमा चुनौती
वीरगञ्ज कारागारमा क्षमताभन्दा बढी कैदी–थुनुवा, व्यवस्थापनमा चुनौती