जसपा सर्लाहीद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र ‎

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १०, २०८२
|
|
२६ पटक हेरिएको
Shares
जसपा सर्लाहीद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र  ‎

सारांश

  • जनता समाजवादी पार्टी, नेपाल (जसपा) जिल्ला कार्यसमिति सर्लाहीले विभिन्न माग समेटिएको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी (सीडिओ) मार्फत प्रधानमन्त्रीलाई बुझाएको छ।
  • ‎जसपा नेपाल सर्लाहीका जिल्ला अध्यक्ष रणधिर यादवका अनुसार मुलुक भित्र देखिएका समस्याहरूको समाधानका लागि केन्द्र सरकारको गम्भीर ध्यानाकर्षण गराउन ज्ञापन पत्र पेश गरिएको हो।
  • उनले पार्टीकाे केन्द्रित निर्देशन अनुसार देशै भरीका जिल्लाहरूबाट एकै पटक पार्टीले उठाएका मागहरू तत्काल सम्बोधनका लागि ज्ञापन पत्र बुझाएकाे बताए ।

‎सर्लाही । जनता समाजवादी पार्टी, नेपाल (जसपा) जिल्ला कार्यसमिति सर्लाहीले विभिन्न माग समेटिएको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी (सीडिओ) मार्फत प्रधानमन्त्रीलाई बुझाएको छ।

‎जसपा नेपाल सर्लाहीका जिल्ला अध्यक्ष रणधिर यादवका अनुसार मुलुक भित्र देखिएका समस्याहरूको समाधानका लागि केन्द्र सरकारको गम्भीर ध्यानाकर्षण गराउन ज्ञापन पत्र पेश गरिएको हो। उनले पार्टीकाे केन्द्रित निर्देशन अनुसार देशै भरीका जिल्लाहरूबाट एकै पटक पार्टीले उठाएका मागहरू तत्काल सम्बोधनका लागि ज्ञापन पत्र बुझाएकाे बताए ।

‎यादवले भने, “स्थानिय स्तरमा जनतालाई प्रत्यक्ष प्रभाव पार्ने मुद्दाहरू बारम्बार पार्टीले उठाउँदै आएकाे छ । तर समाधान नआएपछि प्रधानमन्त्रीसमक्ष औपचारिक रूपमा ध्यानाकर्षण गराउन बाध्य भयौँ।”

‎जसपा नेपाल सर्लाहीले विशेषगरी जनतासँग प्रत्यक्ष सराेकार राख्ने जस्तै बढ्दो महँगी, सीमा क्षेत्रका समस्या, जनसेवामा देखिएको ढिलासुस्ती तथा स्थानीय प्रशासनसँग समन्वय अभावजस्ता विषयमा तत्काल कदम चाल्न आग्रह गरेको छ।

‎ज्ञापन पत्र बुझाउने कार्यक्रममा जिल्ला कमिटीका पदाधिकारी , केन्द्रीय सदस्य सुधिर यादव , सुनैना चाैधरी कविलासि नगरपालिकाका पुर्व मेयर काैशल किशाेर यादव ,बसवरिया गाउँ पालिकाका अध्यक्ष राम सिहासन राय लगायतका स्थानीय नेताहरूको उपस्थिति थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानको नाटकीय पतन, भारतसामु १ सय ९२ रनको लक्ष्य
पाकिस्तानको नाटकीय पतन, भारतसामु १ सय ९२ रनको लक्ष्य
रौतहटमा ओलीलाई १०१ किलोको माला
रौतहटमा ओलीलाई १०१ किलोको माला
राष्ट्रिय एकता दिवसले विविधताबीचको एकतालाई सबल बनाउने प्रेरणा दिन्छ : उपराष्ट्रपति यादव
राष्ट्रिय एकता दिवसले विविधताबीचको एकतालाई सबल बनाउने प्रेरणा दिन्छ : उपराष्ट्रपति यादव
जुम्लामा स्थानीयलाई वडा कार्यालयबाट नुन वितरण
जुम्लामा स्थानीयलाई वडा कार्यालयबाट नुन वितरण
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन् : परामर्श सेवामा सुधार गर्नुहोस
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन् : परामर्श सेवामा सुधार गर्नुहोस
रेशम चौधरी पक्राउप्रति सिके राउतको भर्त्सना
रेशम चौधरी पक्राउप्रति सिके राउतको भर्त्सना
डडेल्धुरामा ठूलो उलटफेर, देउवा जित्दै आएको क्षेत्रमा रास्वपाको कब्जा
डडेल्धुरामा ठूलो उलटफेर, देउवा जित्दै आएको क्षेत्रमा रास्वपाको कब्जा
बलात्कार मुद्दामा मधेशका पूर्वप्रदेश प्रमुख पुर्पक्षका लागि थुनामा
बलात्कार मुद्दामा मधेशका पूर्वप्रदेश प्रमुख पुर्पक्षका लागि थुनामा
कार र मोटरसाइकल ठोक्किँदा नेपाल प्रहरीका एक जवानको मृत्यु
कार र मोटरसाइकल ठोक्किँदा नेपाल प्रहरीका एक जवानको मृत्यु
इक्यान अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित
इक्यान अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित