Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अमेरिकामा आजदेखि १२ देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध, थप ७ देशमा आंशिक रोक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ २६, २०८२
|
|
४० पटक हेरिएको
Shares
अमेरिकामा आजदेखि १२ देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध, थप ७ देशमा आंशिक रोक

सारांश

  • अमेरिकामा आजदेखि १२ देशका नागरिकहरूलाई यात्रामा पूर्ण प्रतिबन्ध लागू हुँदैछ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन ४ मा जारी गरेको आदेश आज जुन ९ देखि कार्यान्वयनमा आउन लागेको हो ।
  • यसअघि घोषणा गरिएको १२ देशबाहेक थप ७ देशका नागरिकहरूमाथि आंशिक यात्रा प्रतिबन्ध पनि लागू हुनेछ ।

२६ जेठ, अमेरिका ।

अमेरिकामा आजदेखि १२ देशका नागरिकहरूलाई यात्रामा पूर्ण प्रतिबन्ध लागू हुँदैछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन ४ मा जारी गरेको आदेश आज जुन ९ देखि कार्यान्वयनमा आउन लागेको हो । यसअघि घोषणा गरिएको १२ देशबाहेक थप ७ देशका नागरिकहरूमाथि आंशिक यात्रा प्रतिबन्ध पनि लागू हुनेछ । यो रोक आप्रवासन र गैर-आप्रवासन (नन-इमिग्रेशन) दुवै प्रकारका भिसामा लागू हुनेछ ।

राष्ट्रपति ट्रम्पले घोषणा गरेको नयाँ यात्रा प्रतिबन्धअन्तर्गत अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् । त्यस्तै, आंशिक प्रतिबन्ध लागेका देशहरुमा बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेका छन् । ट्रम्पले अमेरिकी नागरिकहरूको सुरक्षा र जीवनको रक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै यो निर्णय गर्नुपरेको बताएका थिए । ‘अमेरिका यस्तो विदेशीबाट सुरक्षित रहनुपर्छ, जो आतंकवादी आक्रमण गर्न, राष्ट्रिय सुरक्षामा क्षति पुर्‍याउन, घृणा फैलाउन वा आप्रवासन कानूनको दुरुपयोग गर्न खोज्छन्,’ उनले भनेका थिए ।पूर्ण प्रतिबन्ध र आंशिक प्रतिबन्धबीच के फरक छ ?

अमेरिकी विदेश मन्त्रालयअनुसार, पूर्ण प्रतिबन्ध लागू भएका देशका अधिकांश नागरिकहरूको अमेरिका प्रवेश पूर्ण रूपमा निषेध हुन्छ। यसमा पर्यटक भिसा, विद्यार्थी भिसा, काम गर्ने भिसा र आप्रवासन भिसा लिनेहरू सबै समावेश हुन्छन् । आंशिक प्रतिबन्ध लागू भएका देशका नागरिकहरूलाई केही विशेष प्रकारका भिसा वा प्रवेशमा मात्र रोक लगाइन्छ । जस्तै, इमिग्रेशन भिसा नदिइए पनि पर्यटक भिसा प्राप्त गर्न सकिन्छ । विद्यार्थीलाई अनुमति दिइन्छ, तर वर्क पर्मिटसहितको भिसामा रोक लाग्न सक्छ। भिसा जारी गर्दै सावधानी अपाउन आग्रह ट्रम्पले जुन ४ मा विदेशका नागरिकहरूलाई भिसा जारी गर्दा सावधानी अपनाउन भनका थिए । उनले भनेका थिए, ‘यस्ता व्यक्तिहरू अमेरिका नआऊन्, जसले अमेरिकी नागरिक वा राष्ट्रिय हितमा क्षति पुर्‍याउन सक्छन् ।’

उनका अनुसार, इमिग्रेशन भिसा लिनेहरू स्थायी बासिन्दा बन्ने भएकाले उनीहरूको जाँच कडा र आवश्यक हुन्छ । एकपटक प्रवेश पाइसकेपछि उनीहरूलाई निष्कासन गर्नु गाह्रो हुन्छ। त्यस्तै नन इमिग्रेशन भिसा लिनेहरूमा जाँच कम हुन्छ, त्यसैले जुन देशमा परिचय र जानकारी आदानप्रदानको पर्याप्त व्यवस्था छैन, त्यहाँबाट आउनेहरूलाई रोक्नु आवश्यक हुने उनको तर्क थियो । ट्रम्पको पहिलो कार्यकालको पुनरावृत्ति   ट्रम्पले आफ्नो पहिलो कार्यकाल सन् २०१७ मा यात्रा प्रतिबन्ध (ट्राभल ब्यान) लागू गरेका थिए, जसलाई धेरैले ‘मुस्लिम ब्यान’ पनि भनेका थिए। यसमा धेरै मुस्लिम-बहुल देशहरू समावेश थिए । जनवरी २०१७ को आदेशअनुसार, प्रारम्भिक प्रतिबन्धमा इरान, इराक, लिबिया, सोमालिया, सुडान, सिरिया, र यमन गरी ७ देशका नागरिकको अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको थियो ।यद्यपि यो प्रतिबन्ध सूचीमा पछि केही परिवर्तन गरिएको थियो । यो सूचीबाट पछि इराकलाई हटाइएको थियो । पछि सुडानलाई पनि हटाएर चाडलाई थपिएको थियो र त्यसपछि उत्तर कोरिया र भेनेजुएला जस्ता गैर-मुस्लिम देशहरू पनि थपिए ।

बहाना आतंकवादको

ट्रम्पले आतंकवाद रोक्नका लागि यी प्रतिबन्धहरू आवश्यक रहेको बताउँदै आएका छन् । उनले भने, ‘यस्ता प्रतिबन्धहरू विदेशी सरकारसँग सहकार्य गर्न, आप्रवासन कानून कार्यान्वयन गर्न, राष्ट्रिय सुरक्षा र विदेश नीति तथा आतंकवाद विरोधी कदमलाई सुदृढ गर्नका लागि आवश्यक छन्।’ उनको आदेशमा उल्लेख गरिएको छ, ‘अफगानिस्तानमा तालिबानको नियन्त्रण रहेकोले त्यहाँ सक्षम वा सहयोगी सरकार छैन, जसले पासपोर्ट वा नागरिकता कागजातहरू जारी गर्न सक्छ। त्यसैले पर्याप्त जाँच प्रणाली छैन।’ आदेशमा भनिएको छ, ‘म्यानमारमा प्रतिबन्ध लगाउनुको कारण त्यहाँ धेरै नागरिकहरू भिसा सकिएपछि पनि अमेरिका नछाड्ने प्रवृत्ति देखिन्छ ।’ विभिन्न रिपोर्टहरूका अनुसार बी१/बी२ भिसा लिने म्यानमारका २७ प्रतिशतभन्दा बढी नागरिक निर्धारित समयभन्दा बढी अमेरिका बस्ने गरेका छन् ।त्यस्तै, एफ, एम र जे क्याटेगोरीको भिसा लिने ४२ प्रतिशतभन्दा बढी त्यहाँका नागरिक निर्धारित समयभन्दा बढी अमेरिका बस्ने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से
साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न, लागत एक अर्ब ४० करोड
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न, लागत एक अर्ब ४० करोड
रामेछापमा नेकपाका श्रेष्ठको अग्रता कायमै
रामेछापमा नेकपाका श्रेष्ठको अग्रता कायमै
एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै
एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै
बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय
बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै
मधेस आन्दोलनका सहिद परिवारद्वारा प्रदेश सरकारलाई ध्यानाकर्षण
मधेस आन्दोलनका सहिद परिवारद्वारा प्रदेश सरकारलाई ध्यानाकर्षण
वैदेशिक रोजगारमा पठाउने भन्दै एक करोड बढि ठग्ने चार जना पक्राउ
वैदेशिक रोजगारमा पठाउने भन्दै एक करोड बढि ठग्ने चार जना पक्राउ
एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने
एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै