मुद्दती निक्षेपमा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै राष्ट्र बैंक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन १९, २०८१
|
|
२६ पटक हेरिएको
Shares
मुद्दती निक्षेपमा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै राष्ट्र बैंक

सारांश

  • राष्ट्र बैंकको विभिन्न कोषमा रहेको ४ अर्ब ७९ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।
  • राष्ट्र बैंकले कुल रकममध्ये ३ अर्ब २० करोड ६५ लाख रुपैयाँ वाणिज्य बैंकमा, ६० करोड ११ लाख रुपैयाँ राष्ट्रिय स्तरका विकास बैंकमा र बाँकी २० करोड ३ लाख रुपैयाँ राष्ट्रिय स्तरका वित्त कम्पनीमा लगानी गर्ने भएको छ ।
  • इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।

१९ फागुन,  काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक र वित्तीय संस्थाको मुद्दती निक्षेपमा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने निर्णय गरेको छ। राष्ट्र बैंकको विभिन्न कोषमा रहेको ४ अर्ब ७९ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले कुल रकममध्ये ३ अर्ब २० करोड ६५ लाख रुपैयाँ वाणिज्य बैंकमा, ६० करोड ११ लाख रुपैयाँ राष्ट्रिय स्तरका विकास बैंकमा र बाँकी २० करोड ३ लाख रुपैयाँ राष्ट्रिय स्तरका वित्त कम्पनीमा लगानी गर्ने भएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । यसका लागि बैंक तथा वित्तीय संस्थाले फागुन २० गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ।

यो मुद्दती निक्षेप सन् २०२५ मार्च १२ देखि सन् २०२६ मार्च १२ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पुरा गरेको, न्यूनतम पुँजीकोष कायम भएको, निष्क्रिय कर्जा सापटीको ५ प्रतिशत भन्दा कम भएको, तरल सम्पत्ति खुद निक्षेपमा कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको, रियल स्टेट कर्जा तोकिएको भन्दा कम नभएको लगायतका सर्त पुरा गरेको हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमेज टीभीको न्युजरुमबाट बिदा लिएर बाहिरिए सञ्चारमन्त्री खरेल
इमेज टीभीको न्युजरुमबाट बिदा लिएर बाहिरिए सञ्चारमन्त्री खरेल
नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ
नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ
नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित पाँच जना पक्राउ
नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित पाँच जना पक्राउ
कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीका आरोपमा विराटनगरबाट पक्राउ
कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीका आरोपमा विराटनगरबाट पक्राउ
मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको मूल्य निर्धारण
मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको मूल्य निर्धारण
चीन भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता
चीन भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता
फिफा विश्वकप: यी १६ रंगशालामा भिड्नेछन् ४८ टोली
फिफा विश्वकप: यी १६ रंगशालामा भिड्नेछन् ४८ टोली
प्रसाईंका तीन शब्द- तस्करविरूद्धको लडाइँ, म आत्तेको छैन, आफैं पक्राउ परेँ
प्रसाईंका तीन शब्द- तस्करविरूद्धको लडाइँ, म आत्तेको छैन, आफैं पक्राउ परेँ
सरकारमा रहेका सबै मन्त्रीहरूको मापसे जाँच गर्न हर्कको माग
सरकारमा रहेका सबै मन्त्रीहरूको मापसे जाँच गर्न हर्कको माग
सुरु भयो माओवादी केन्द्रीय समिति बैठक
सुरु भयो माओवादी केन्द्रीय समिति बैठक