गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ९, २०८१
|
|
२८ पटक हेरिएको
Shares
गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

सारांश

  • भानु नगरपालिका कार्यालयले प्राविधिक शिक्षा पढ्न चाहने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
  • हरेक वडाबाट दुई जनाका दरले २६ जनालाई छात्रवृत्ति प्रदान गरिएको हो ।
  • हरेक विद्यार्थीलाई रु एक लाख ५० हजारका दरले रु ३९ लाख रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताउनुभयो ।

९ चैत, तनहुँ ।

भानु नगरपालिका कार्यालयले प्राविधिक शिक्षा पढ्न चाहने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । हरेक वडाबाट दुई जनाका दरले २६ जनालाई छात्रवृत्ति प्रदान गरिएको हो । हरेक विद्यार्थीलाई रु एक लाख ५० हजारका दरले रु ३९ लाख रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राविधिक जनशक्ति उत्पादनगरी यसै नगरपालिकामा प्राथमिकताका साथ उहाँहरुलाई रोजगारी दिने योजना बनाइएको छ ।”

यसैबीच, स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ (कक्षा १–८) तयार गरेर नगरपालिका क्षेत्रका सबै विद्यालयमा निःशुल्क वितरण गरिएको छ । यस्तो पाठ्यपुस्तक निर्माण गर्नेमा भानु नगरपालिका गण्डकी प्रदेशमा पहिलो पालिका हो ।

सरकारले बालविकास केन्द्रदेखि कक्षा ५ सम्मका लागि प्रतिदिन प्रतिव्यक्ति रु १५ का दरले दिवाखाजाका लागि अनुदान दिँदै आएकामा भानु नगरपालिकाले रु पाँच थप गरी प्रतिविद्यार्थी रु २० पुर्‍याई कक्षा ६ सम्म विस्तार गरेको छ ।

 (रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेलाई  गाउँपालिकाको  १० लाख राहत
कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेलाई गाउँपालिकाको १० लाख राहत
धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु,  ११ जना घाइते
धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ११ जना घाइते
बैंकहरूले पुसका लागि थप घटाए ब्याजदर
बैंकहरूले पुसका लागि थप घटाए ब्याजदर
विगतका कमजोरीको समिक्षा गरेर सुधार गर्ने संकल्पसहित अघि बढौं: अध्यक्ष नेपाल
विगतका कमजोरीको समिक्षा गरेर सुधार गर्ने संकल्पसहित अघि बढौं: अध्यक्ष नेपाल
मोरङमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
मोरङमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
सर्लाहीमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
सर्लाहीमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
बजेटमा मनोमानी भएको भन्दै छानबिन समिति बनाउन कांग्रेसकै सांसदको माग
बजेटमा मनोमानी भएको भन्दै छानबिन समिति बनाउन कांग्रेसकै सांसदको माग
जुवातास खेल्दै गरेका १६ जना भक्तपुरबाट समातिए
जुवातास खेल्दै गरेका १६ जना भक्तपुरबाट समातिए
सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा तालाबन्दी
सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा तालाबन्दी
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले छाडे रास्वपा