हाँडीगाउँका विभिन्न रुटमा एकतर्फी प्रणाली लागू

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन ७, २०८१
|
|
३१ पटक हेरिएको
Shares
हाँडीगाउँका विभिन्न रुटमा एकतर्फी प्रणाली लागू

सारांश

  • हाँडी गाउँका विभिन्न रुटमा काठमाडौँ महानगरपालिकाले आजदेखि एकतर्फी प्रणाली लागू गरेको छ ।
  • पुस ५ गते बसेको महानगरको भवन व्यवस्था समितिको बैठकले आजदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो ।
  •  सुरुवाती दिनमा चालकहरू रुटको बारेमा अलमलमा पर्ने भएकाले नगर प्रहरी परिचालन गरी ट्राफिक डाइभर्ट गर्ने काम भइरहेको छ ।

७ फागुन, काठमाडौँ ।

हाँडी गाउँका विभिन्न रुटमा काठमाडौँ महानगरपालिकाले आजदेखि एकतर्फी प्रणाली लागू गरेको छ । पुस ५ गते बसेको महानगरको भवन व्यवस्था समितिको बैठकले आजदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो । सुरुवाती दिनमा चालकहरू रुटको बारेमा अलमलमा पर्ने भएकाले नगर प्रहरी परिचालन गरी ट्राफिक डाइभर्ट गर्ने काम भइरहेको छ ।

आजदेखि काठमाडौँ महानगरपालिका–५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महांकाल मार्ग,  हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाइने भएको छ । विशाल नगरतर्फबाट आउने सवारी साधनहरूलाई भीमसेन मार्ग हुँदै वडा नं. ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महांकाल तर्फमात्र प्रवेश गर्न पाइने व्यवस्था मिलाइएको छ ।

हाँडी गाउँ हुँदै ढुंगेधारातर्फ प्रवेश निषेध गरी सवारी साधनहरूलाई थटु मार्ग तर्फबाट जान मिल्ने बनाइएको छ भने नक्साल भाटभटेनी तर्फबाट आउने सवारी साधनहरू वडा नं. ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने गरी ठाउँ ठाउँमा ‘वान वे’ को बोर्ड राखिएको छ ।

ढुंगेधाराबाट हात्ती महाङ्कालतर्फ पनि प्रवेश निषेध गरिएको छ भने वडा नं. ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ पनि प्रवेश निषेध गरिएको छ । बाल मन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बाल मन्दिरतर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘हराएका वर्षहरू’ हेरेपछि प्रधानमन्त्री ओलीको प्रतिक्रिया– प्रकाशलाई भेट्न चाहन्छु
‘हराएका वर्षहरू’ हेरेपछि प्रधानमन्त्री ओलीको प्रतिक्रिया– प्रकाशलाई भेट्न चाहन्छु
गणतन्त्र आएपछि केही भएन भन्ने भाष्य ठीक होइन : अध्यक्ष दाहाल
गणतन्त्र आएपछि केही भएन भन्ने भाष्य ठीक होइन : अध्यक्ष दाहाल
वार्ताअघि इरानी संसद्का अध्यक्ष गालिबाफले भने- अमेरिकामाथि भरोसा छैन
वार्ताअघि इरानी संसद्का अध्यक्ष गालिबाफले भने- अमेरिकामाथि भरोसा छैन
ललितपुर-२ मा रास्वपाका जगदीश खरेल विजयी
ललितपुर-२ मा रास्वपाका जगदीश खरेल विजयी
गृहमन्त्रीको राजीनामा माग्नु अनुचित : प्रधानमन्त्री ओली
गृहमन्त्रीको राजीनामा माग्नु अनुचित : प्रधानमन्त्री ओली
जेनजी आन्दोलन : ट्रमा सेन्टरमा उपचाररत गम्भीर घाइते राईको मृ*त्यु
जेनजी आन्दोलन : ट्रमा सेन्टरमा उपचाररत गम्भीर घाइते राईको मृ*त्यु
काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता
काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता
प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा आज जाँदै
प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा आज जाँदै
प्रधानसेनापतिद्वारा खत्रीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान
प्रधानसेनापतिद्वारा खत्रीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान
सिरहामा दलितमाथि ज्यादती : एसपी पनि हेडक्वाटर तानिए
सिरहामा दलितमाथि ज्यादती : एसपी पनि हेडक्वाटर तानिए