मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २४, २०८१
|
|
३३ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

सारांश

  • धरान चतरा सडक खण्डमा पर्ने सो स्थानमा ना ६४ प २७१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका मकवानपुरको बकैया गाउँपालिका ४ का उत्तम गौतमको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
  • गत शुक्रबार राती हेटौँडा बजारबाट ठुलोदमारतर्फ जाँदै गरेको उक्त मोटरसाइकल सडकमा बाटो क्रस गर्न खोज्ने कुकुरलाई बचाउने क्रममा अचानक ब्रेक लगाई आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
  • दुर्घटनामा मोटरसाइकल चालक मकवानपुर बकैया गाउँपालिका ४ का ४४ का प्रभाव गौतम सामान्य घाइते भएको र साेही मोटरसाइकल पछाडि सवार ४६ वर्षीय उत्तम गौतमको नाक र टाउकोमा चोट लागेको थियो ।

२४ भदौ , हेटौँडा उपमहानगरपालिका १७ स्थित कठायत चोकमा  मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक युवको मृत्यु भएको छ ।धरान चतरा सडक खण्डमा पर्ने सो स्थानमा ना ६४ प २७१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका मकवानपुरको बकैया गाउँपालिका ४ का उत्तम गौतमको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । गत शुक्रबार राती हेटौँडा बजारबाट ठुलोदमारतर्फ जाँदै गरेको उक्त मोटरसाइकल सडकमा बाटो क्रस गर्न खोज्ने कुकुरलाई बचाउने क्रममा अचानक ब्रेक लगाई आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा मोटरसाइकल चालक मकवानपुर बकैया गाउँपालिका ४ का ४४ का प्रभाव गौतम सामान्य घाइते भएको र साेही मोटरसाइकल पछाडि सवार ४६ वर्षीय उत्तम गौतमको नाक र टाउकोमा चोट लागेको थियो । हेटौँडा अस्पतालमा सामान्य उपचारपछि गम्भीर घाइते हुनुभएका उत्तम गौतमलाई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा लगिएको थियो । त्यहाँ उहाँको उपचार सम्भव नहुने भनी फिर्ता गरी चुरेहिल अस्पताल हेटौँडा ल्याएकोमा उपचारको क्रममा आइतबार राती  ९ः२० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोटरसाइकल अस्थायी प्रहरी पोष्ट हटियाको नियन्त्रणमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हङकङमा हुने चारदेशीय टी-२०आई प्रतियोगिताका लागि अन्तिम टोली घोषणा
हङकङमा हुने चारदेशीय टी-२०आई प्रतियोगिताका लागि अन्तिम टोली घोषणा
उदयपुरमा १३२ मिलिमिटर वर्षा, जलसतहले नाघ्यो सतर्कताको तह
उदयपुरमा १३२ मिलिमिटर वर्षा, जलसतहले नाघ्यो सतर्कताको तह
प्रतिपक्षीको बहिस्कारबीच मधेशमा मुख्यमन्त्री यादवले लिए विश्वासको मत
प्रतिपक्षीको बहिस्कारबीच मधेशमा मुख्यमन्त्री यादवले लिए विश्वासको मत
वित्तीय समानीकरण अनुदान कटौती विरोधमा अर्थ मन्त्रालयमा प्रदर्शन
वित्तीय समानीकरण अनुदान कटौती विरोधमा अर्थ मन्त्रालयमा प्रदर्शन
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द हुने
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द हुने
सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री
सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री
काठमाडौं उपत्यकाका यी क्षेत्रमा आज विद्युत आपूर्ति बन्द
काठमाडौं उपत्यकाका यी क्षेत्रमा आज विद्युत आपूर्ति बन्द
पाकिस्तानमा सैनिक कारबाही, १० आतंककारीको मृ*त्यु
पाकिस्तानमा सैनिक कारबाही, १० आतंककारीको मृ*त्यु
कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
मतदाता नामावलीमा हालसम्म २ लाख ८१ हजारभन्दा बढीले गराए दर्ता
मतदाता नामावलीमा हालसम्म २ लाख ८१ हजारभन्दा बढीले गराए दर्ता