सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर २०, २०८०
|
|
३२ पटक हेरिएको
Shares
सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायबाट हुने नदेखिएको बताएका छन् ।
  • अर्थतन्त्र सुधारका लागि मौलिक ढंगले सोच्नुपर्ने उनको भनाइ छ ।
  • बुधवार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायद्वारा हुने देखिएन ।

२० मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायबाट हुने नदेखिएको बताएका छन् ।

अर्थतन्त्र सुधारका लागि मौलिक ढंगले सोच्नुपर्ने उनको भनाइ छ । बुधवार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायद्वारा हुने देखिएन । विगतका तमाम कामहरुको योगदानको कुल योगफलले के देखाउँछ भने हामीले कहीँ न कहीँ रेडिकल्ली सोच्नुपर्ने हुन्छ ।’ आगामी दिनमा गुणात्मक सुधारका उपाय खोजी गर्न जरुरी रहेको उनको भनाइ छ । ‘त्यसका लागि आफू परिवर्तनको दिशातिर जानुपर्ने हुन्छ ।

आउने वर्षहरुमा ती कुराहरुमा हामीले गुणात्मक सुधारका उपायहरुको खोजी गर्न जरुरी छ,’ प्रधानमन्त्री प्रचण्डले भने । यही मंसिर पहिलो हप्ता प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रका प्रतिनिधिहरुसँग बैठक गरेर अर्थतन्त्रका समस्या समाधानको लागि पहल गर्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डले सार्वजनिक कार्यक्रमहरुमा आफू अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको बेला प्रधानमन्त्री भएको तर अहिले अर्थतन्त्र सुधारोन्मुख हुँदै गएको बताउने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रि ओपन सेसनमा नेप्से ४.४४ अंकले बढ्यो
प्रि ओपन सेसनमा नेप्से ४.४४ अंकले बढ्यो
केबलकारले बढायो मौलाकालिका मन्दिरमा भक्तजन, नगरपालिकाको आम्दानी पनि बढ्यो
केबलकारले बढायो मौलाकालिका मन्दिरमा भक्तजन, नगरपालिकाको आम्दानी पनि बढ्यो
अर्थतन्त्र सुधार्न सरकार निरन्तर लागिरहेको छ : अर्थमन्त्री पौडेल
अर्थतन्त्र सुधार्न सरकार निरन्तर लागिरहेको छ : अर्थमन्त्री पौडेल
इलाम–२ मा कांग्रेसको सुरुवाती अग्रता
इलाम–२ मा कांग्रेसको सुरुवाती अग्रता
चिनियाँ राजदूतसँग कुलमानले मागे उत्तरका सडक मर्मतमा चिनियाँ प्रविधिको सहयोग
चिनियाँ राजदूतसँग कुलमानले मागे उत्तरका सडक मर्मतमा चिनियाँ प्रविधिको सहयोग
अन्नपूर्ण क्षेत्रमा एक लाख ४० हजार पर्यटक
अन्नपूर्ण क्षेत्रमा एक लाख ४० हजार पर्यटक
देशप्रति जसको निष्ठा छैन तिनको मुकुण्डो उतार्नुपर्दछ : प्रधानमन्त्री ओली
देशप्रति जसको निष्ठा छैन तिनको मुकुण्डो उतार्नुपर्दछ : प्रधानमन्त्री ओली
प्रचण्डले खोले नेकपाको खाता, रुकुमपूर्वबाट भारी मतान्तरले विजयी,रास्वपा चौथो
प्रचण्डले खोले नेकपाको खाता, रुकुमपूर्वबाट भारी मतान्तरले विजयी,रास्वपा चौथो
थाइल्याण्डमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु
थाइल्याण्डमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु
सीके राउत  संघीयता र अधिकार गुम्ने चिन्ताले मोर्चा बनायौं ,सीके राउत
सीके राउत संघीयता र अधिकार गुम्ने चिन्ताले मोर्चा बनायौं ,सीके राउत