फिफा विश्वकप: यी १६ रंगशालामा भिड्नेछन् ४८ टोली
सारांश
- फिफा विश्वकप आउन २८ दिन मात्र बाँकी छ।
- फुटबलको महाकुम्भ पहिलो पटक तीन देशमा आयोजना हुँदैछ।
- मेक्सिको, क्यानडा र संयुक्त राज्य अमेरिकामा पहिलो पटक विश्वकप आयोजना हुँदै छ।
३१ वैशाख, काठमाडौं ।
फिफा विश्वकप आउन २८ दिन मात्र बाँकी छ। फुटबलको महाकुम्भ पहिलो पटक तीन देशमा आयोजना हुँदैछ। मेक्सिको, क्यानडा र संयुक्त राज्य अमेरिकामा पहिलो पटक विश्वकप आयोजना हुँदै छ। पहिलो पटक ४८ टोली सहभागी विश्वकपमा तीन देशमा १६ सहरमा हुनेछ। यो सन् २००२ को दक्षिण कोरियापछिको सबैभन्दा धेरै रंगशालामा विश्वकप हुन लागेको हो। फिफा नियमका कारण केही रंगशालाहरुको नाम अस्थायी रुपमा परिवर्तन हुँदै छन्। फिफा विश्वकप आयोजना हुने १६ रंगशालाको चर्चा यहाँ गरिएको छ।

टोरोन्टो रंगशाला– ओन्टारियो, क्यानडा
क्यानडाको ओन्टारियोमा रहेको यो रंगशाला ४५ हजार क्षमताको रहेको छ।
यो रंगशालामा क्यानडाली राष्ट्रिय पुरुष टोलीले जमैकालाई हराउँदै ३६ वर्षपछि २०२२ को कतार विश्वकपमा स्थान बनाएको थियो।
यो एमएलएस को टोरन्टो एफसी र क्यानेडियन फुटबल लिगको टोरन्टो अर्गोनट्सको घरेलु मैदान हो।
बीसी प्लेस भ्यानकुभर– भ्यानकुभर, ब्रिटिश कोलम्बिया, क्यानडा
बीसी प्लेस क्यानडाको भ्यानकुभरमा २०१० को शीतकालीन ओलम्पिकको मुख्य आयोजना स्थल थियो। यो फल्स क्रिकको किनारमा अवस्थित छ, यो रंगशाला ५४ हजार क्षमताको छ।
मेजर लिग सकरको भ्यानकुभर ह्वाइटक्याप्स एफसी र क्यानेडियन फुटबल लिग बीसी लायन्सले यो मैदानलाई घरेलु मैदानको रुपमा प्रयोग गर्ने गरेका छन्।
एस्टाडियो सिउडाड डि मेक्सिको– म्याक्सिको सिटी, मेक्सिको
मेक्सिको सिटीको प्रतिष्ठित यो रंगशालामा सन् १९७० र १९८६ को विश्वकप फुटबलको फाइनल आयोजना भएको थियो। यो रंगशालामा पेले र डिएगो म्याराडोनाले खेलेका थिए।
अहिले मर्मतकै चरणमा रहेको यो रंगशाला मर्मतसम्भार पूरा भएपछि यसको क्षमता ९० हजारको हुनेछ। यहाँ अमेरिका र मेक्सिकन राष्ट्रिय टोलीले प्रशिक्षण गर्दै आएका छन्।
यो रंगशालामा मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध खेल्दै विश्वकपको उद्घाटन गर्नेछ।
एस्टाडियो ग्वाडालाजारा– जोपापान, जालिस्को, मेक्सिको
मेक्सिकोको जालिस्कोमा रहेको ग्वाडालाजारा नजिकै रहेको यो रंगशाला ४८ हजार दर्शक क्षमताको रहेको छ। यो मैदानमा चिभासले नियमित सिजनमा घरेलु खेल खेल्दै आएको छ।
यो रंगशालामा मेक्सिकन राष्ट्रिय टोलीले दक्षिण कोरियाविरुद्ध दोस्रो खेल खेल्नेछ।
इस्टाडियो मोन्टेरे– ग्वाडालुपे, नुएभो लियोन, मेक्सिको
मेक्सिकोको नुएभो लियोनको ग्वाडालुपेमा यो रंगशालालाई वरपरको संरचनाको कारण द स्टील जायन्ट उपनाम दिइएको छ। ५३ हजार ५ सय सिट क्षमता रहेको यो रंगशालामा रायाडोसले घरेलु खेल खेल्ने गरेको छ।
एटलान्टा स्टेडियम– जर्जिया, अमेरिका
यो स्टेडियम एनएफएलको फाल्कोन्स र एमएलएसको एटलान्टा युनाइटेडको घरेलु मैदान हो। २०२६ को विश्वकपका लागि यो रंगशालामा ७५ हजार दर्शक हुने अपेक्षा गरिएको छ।
बोस्टन स्टेडियम–फक्सबरी म्यासाचुसेट्स, अमेरिका
फक्सबरो म्यासाचुसेट्समा रहेको यो स्टेडियम विश्वकपअघि मर्मत गरिएको छ। यो स्टेडियममा सन् २००३ मा फिफा विश्वकपका खेलहरु आयोजना भएका थिए।
यो स्टेडियम एनएफएलका प्याट्रियट्स र एमएलएसको न्यु इंग्ल्यान्ड रिभोलुसनले भाडामा प्रयोग गर्दै आएका छन्।
डलास स्टेडियम– आर्लिंगटन, अमेरिका
टेक्सासको आर्लिंगटनमा रहेको यो स्टेडियम ९४ हजार सिट क्षमताको रहेको छ। यो स्टेडियम डलास काउब्यायहरुको घरेलु मैदान हो।
यो स्टेडियमलाई द डेथ स्टार पनि भनिन्छ। यो स्टेडियममा कन्काकाफ गोल्ड कपका खेलहरु पनि आयोजना गरेको छ।
ह्युस्टन स्टेडियम– ह्युस्टन, टेक्सास, अमेरिका
टेक्सास रहेको ७२ हजार सिट क्षमताको यो स्टेडियममा अमेरिकी राष्ट्रिय पुरुष फुटबल टोलीले धेरै खेल खेलेका छन्। एनएफएलको ह्युस्टन टेक्सासवासीले यो मैदानमा घरेलु खेलहरु खेल्दै आएका छन्।
कान्सास सिटी स्टेडियम–कान्सास सिटी, मिसौरी अमेरिका
गिनिज वल्र्ड रेकर्डस्का अनुसार मिसौरीको फुटबल स्टेडियम विश्वकपको सबैभन्दा ठुलो बाहिरि खेलकुद स्थल हो।
सन् २०१४ मा कान्सास सिटी चिफ्सका समर्थकहरुले १४२.२ डिबिय सम्म पुगे। जसले गर्दा यसलाई अहिले सम्मको दस्तावेज गरिएको सबैभन्दा धेरै दर्शकहरुको भिड बनाइएको हो।
लस एन्जलस स्टेडियम–इंग्लवुड, क्यालिफोर्निया, अमेरिका
लस एन्जलस स्टेडियम, सन् २०२६ को विश्वकप आयोजना गर्न निर्माण गरिएको रंगशाला हो।
यसको निर्माण सन् २०२० मा सम्पन्न भएको थियो। एनएफएका र्याम्स र चार्जर्सले क्यालिफोर्नियाको इंग्लवुडमा घरेलु खेल खेल्छन्।
यो रंगशाला ७० हजार दर्शक क्षमताको रहेको छ। यो रंगशालामा लस एन्जलस २०२८ ओलम्पिकको उद्घाटन र समापन समारोह आयोजना गर्ने अपेक्षा गरिएको छ।
मायामी रंगशाला –मियामी गार्डेन, फ्लोरिडा, अमेरिका
मियामी रंगशाला एनएफएलको मियामी डल्फिन, फर्मुला १ मियामी ग्रान्ड पिक्स र मियामी ओपन टेनिस आयोजना हुदै भएको छ।
विश्वकपका लागि यो रंगशालाको क्षमता ६५ हजार हुने अपेक्षा गरिएको छ।
न्युर्योक-न्युजर्सी रंगशाला, इस्ट रदरफोर्ड, अमेरिका
सन् २०२६ को विश्वकपको फाइनल खेल यो रंगशालामा हुनेछ। यो स्टेडियममा सन् २०१० मा उद्घाटन भएपछि खेलकुद र उच्चस्तरीय कन्सर्टका कार्यक्रम यहाँ हुदै आएका छन्।
सन् २०२५ को फिफा क्लब विश्वकप, २०१४ को सुपर बाउल, रेसलमेनिया, एनएचएल स्टेडियम सिरिजलगायत यो रंगशालामा हुदै आएका छन्। यो रंगशालामा अहिलेसम्म ९३ हजार दर्शकहरु उपस्थित भएको रेकर्ड छ।
फिलाडेल्फिया स्टेडियम, पेन्सिलभेनिया, अमेरिका
सन् २००३ मा म्यानचेष्टर युनाइटेड र बार्सिलोनाबीच मैत्रीपूर्ण खेल आयोजना गर्दै यो स्टेडियमको उद्घाटन गरिएको थियो। यो मैदानमा ६९ हजार दर्शक अटाउने क्षमता छ।
सान फ्रान्सिस्को खाडी क्षेत्र रंगशाला, सान्टा क्लारा, क्यालिफोर्निया, अमेरिका
सन् २०१४ मा यो रंगशालाको उद्घाटन भएपछि एनएफएलका ४९ खेलाडीहरुले क्यालिफोर्नियाको सान्ता क्लारामा घरेलु खेल खेलेका छन्। यो रंगशालामा ७१ हजार दर्शक क्षमताको छ।
सिएटल स्टेडियम, सिएटल वासिङटन, अमेरिका
सिएटल स्काइलाइनको दृश्यहरुसहित घोडाको नाल आकारको यो रंगशाला ६९ हजार र्दशक क्षमताको छ। यो मैदानमा विभिन्न गोल्ड कप र कन्काकाफ च्याम्पियन्स कप जस्ता प्रतियोगिता यो स्टेडियममा भएका छन्।

प्रतिक्रिया