भियतनाममा तीन दशकपछिको शक्तिशाली तुफान ६० जनाको मृत्यु, १५ लाख प्रभावित

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २५, २०८१
|
|
५९ पटक हेरिएको
Shares
भियतनाममा तीन दशकपछिको शक्तिशाली तुफान ६० जनाको मृत्यु, १५ लाख प्रभावित

सारांश

  • भियतनाममा ‘यागी’ नाम दिइएको शक्तिशाली तुफानले ६० जनाभन्दा बढीको मृत्यु भएको छ ।
  • तुफानले फुथोक प्रान्तको फोङचाउ पुल भत्किँदा सवारी साधनहरु रेड नदीमा खस्दा कम्तिमा १३ जना बेपत्ता छन् ।
  • २४० भन्दा बढी मानिसहरु घाइते छन् ।

२५ भदौ, काठमाडौं । भियतनाममा ‘यागी’ नाम दिइएको शक्तिशाली तुफानले ६० जनाभन्दा बढीको मृत्यु भएको छ ।तुफानले फुथोक प्रान्तको फोङचाउ पुल भत्किँदा सवारी साधनहरु रेड नदीमा खस्दा कम्तिमा १३ जना बेपत्ता छन् । २४० भन्दा बढी मानिसहरु घाइते छन् । विद्यालयहरु बन्द गरिएको छ । तुफानले उत्तरी क्षेत्रको जनजीवन अस्तव्यस्त छ । ठाउँ–ठाउँमा बाढी र पहिरोले सडकहरु अवरुद्ध छन् । घरहरु उजाडिएका छन् । विद्युत आपूर्ति बन्द हुँदा १५ लाख भन्दा बढी मानिस प्रभावित भएका छन् । तटीय क्षेत्रबाट करिब ५० हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ । तुफान शक्तिशाली र विनाशकारी भएकाले यसलाई ‘सुपर टाइफुन’ भनिएको छ । ‘सुपर टाइफुन’ शनिबार भियतनामको भूमिमा बज्रिएको थियो ।यागी तुफानलाई भियतनाममा तीन दशकपछिको शक्तिशाली भनिएको छ । तुफानको वेग २०३ किलोमिटर प्रतिघण्टाको थियो । यो यस वर्ष एसियामा देखापरेको सबैभन्दा शक्तिशाली तुफान हो । तुफानले भियतनाममा रेड नदी माथिको पुल भत्काएइदिएको छ । अहिले ३७५ मिटर लामो उक्त पुलको अहिले आधा भाग मात्र देखिन्छ । एक भिडियोमा पुलमा गुडिरहेका लरी, कार र स्कुटरहरु नदीमा खसेको देखिन्छ । त्यहाँबाट ती जनाको उद्धार गरिएको र १३ जना हराइरहेको भियतनामका उपप्रधानमन्त्री हो डुच पोचले जानकारी दिएका छन् ।

तुफानले चीन र फिलिपिन्समा पनि क्षति पुर्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । चीनको हाइनान र गुआङडोङ प्रान्तका बस्ती यागी तुफानबाट बढी प्रभावित भएका छन् । दक्षिणी चीनका सहरहरु यागी तुफानबाट विहीबारदेखि नै प्रभावित भएका थिए । विद्यालय र हवाई उडानहरु बन्द गरिएको थियो । चीनमा तुफानको असर कम भएपछि अहिले पुनर्स्थापनाको काम जारी छ ।  एजेन्सीका अनुसार यागी दक्षिणी चीन सागर पार गरी पश्चिमी चीनको हाइनान हुँदै शुक्रबार दिउँसो गुआङडोङ पुगेको थियो । चीनको गुआङडोङ प्रान्त हुँदै तुफान भियतनाम प्रवेश गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिडियाको सम्बोधनप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको प्रश्न- भाषाको कद घटाउने ?
मिडियाको सम्बोधनप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको प्रश्न- भाषाको कद घटाउने ?
ललितपुरमा एक किशोरको हत्या, ३ जना पक्राउ
ललितपुरमा एक किशोरको हत्या, ३ जना पक्राउ
नारायणी नदीमा हाम फालेर एकै दिन दुईजना बेपत्ता
नारायणी नदीमा हाम फालेर एकै दिन दुईजना बेपत्ता
दीपक मनाङे केन्द्रीय कारागार चलान, ज्यान मार्ने उद्योगमा दोषी ठहर
दीपक मनाङे केन्द्रीय कारागार चलान, ज्यान मार्ने उद्योगमा दोषी ठहर
सहरी सौन्दर्य बढाउन ३३ हजार वर्गमिटरमा ढुंगा बिछ्याउँदै काठमाडौं महानगर
सहरी सौन्दर्य बढाउन ३३ हजार वर्गमिटरमा ढुंगा बिछ्याउँदै काठमाडौं महानगर
दोहोरो अंकले बढ्यो सेयर बजार
दोहोरो अंकले बढ्यो सेयर बजार
काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस
काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीले देखाए कालो झण्डा
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीले देखाए कालो झण्डा
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
प्रधानमन्त्री ओली र राजदूत लोरेञ्जोबिच भेटवार्ता
प्रधानमन्त्री ओली र राजदूत लोरेञ्जोबिच भेटवार्ता