नेपाली क्रिकेट टिमकी अलराउन्डर पूजाले जितिन् यामाहाको स्कुटर

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ २७, २०८१
|
|
२७ पटक हेरिएको
Shares
नेपाली क्रिकेट टिमकी अलराउन्डर पूजाले जितिन् यामाहाको स्कुटर

सारांश

  • नेपाली क्रिकेट टिमकी अलराउन्डर पूजा महतो काठमाडौंमा सम्पन्न महिला टी-२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी छन् ।
  • प्रतियोगितामा जितविहीन रहे पनि नेपालका लागि अलराउन्ड प्रदर्शन गरेकी पूजाले उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै यामाहको स्कुटर जितेकी हुन् ।
  • उत्कृष्ट खेलाडी घोषित भएकी उनले यामाहा रेजेडआर १२५एफआई हाइब्रिड स्कुटर प्राप्त गरेकी हुन् ।

 

२७ माघ,  काठमाडौं । नेपाली क्रिकेट टिमकी अलराउन्डर पूजा महतो काठमाडौंमा सम्पन्न महिला टी-२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी छन् ।

प्रतियोगितामा जितविहीन रहे पनि नेपालका लागि अलराउन्ड प्रदर्शन गरेकी पूजाले उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै यामाहको स्कुटर जितेकी हुन् । उत्कृष्ट खेलाडी घोषित भएकी उनले यामाहा रेजेडआर १२५एफआई हाइब्रिड स्कुटर प्राप्त गरेकी हुन् । क्रिकेटको उपलब्धिलाई सम्मान गरेको छ । उनले प्रतियोगिताभरि ६ खेलमा एक अर्धशतकसहित १३४ रन बनाइएकी थिइन्‌ भने ३ विकेट पनि लिएकी थिइन् ।

एमएडब्ल्यू राइड्सकी मार्केटिङ प्रमुख सलिना शर्माले नेपाली क्रिकेट टोलीकी सदस्य पूजा महतोलाई शृंखलामा देखाएको प्रदर्शन, समर्पण र प्रतियोगितामा राखेको प्रभावको कदर गर्दै स्कुटरको साँचो हस्तान्तरण गरेकी थिइन् । यो पुरस्कार नेपाली खेलकुद, विशेष गरी देशमा महिला क्रिकेटको उदयको लागि यामाहाको निरन्तर समर्थनको प्रतीक भएको उनले बताइन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी भने थाइल्यान्डकी थिपाथ्चा पुथावोङ घोषित भइन् ।  यस शृंखलाको उपाधि थाइल्यान्डले‌ जितेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?