Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नेपाली क्रिकेट टिमकी अलराउन्डर पूजाले जितिन् यामाहाको स्कुटर

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ २७, २०८१
|
|
३९ पटक हेरिएको
Shares
नेपाली क्रिकेट टिमकी अलराउन्डर पूजाले जितिन् यामाहाको स्कुटर

सारांश

  • नेपाली क्रिकेट टिमकी अलराउन्डर पूजा महतो काठमाडौंमा सम्पन्न महिला टी-२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी छन् ।
  • प्रतियोगितामा जितविहीन रहे पनि नेपालका लागि अलराउन्ड प्रदर्शन गरेकी पूजाले उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै यामाहको स्कुटर जितेकी हुन् ।
  • उत्कृष्ट खेलाडी घोषित भएकी उनले यामाहा रेजेडआर १२५एफआई हाइब्रिड स्कुटर प्राप्त गरेकी हुन् ।

 

२७ माघ,  काठमाडौं । नेपाली क्रिकेट टिमकी अलराउन्डर पूजा महतो काठमाडौंमा सम्पन्न महिला टी-२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी छन् ।

प्रतियोगितामा जितविहीन रहे पनि नेपालका लागि अलराउन्ड प्रदर्शन गरेकी पूजाले उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै यामाहको स्कुटर जितेकी हुन् । उत्कृष्ट खेलाडी घोषित भएकी उनले यामाहा रेजेडआर १२५एफआई हाइब्रिड स्कुटर प्राप्त गरेकी हुन् । क्रिकेटको उपलब्धिलाई सम्मान गरेको छ । उनले प्रतियोगिताभरि ६ खेलमा एक अर्धशतकसहित १३४ रन बनाइएकी थिइन्‌ भने ३ विकेट पनि लिएकी थिइन् ।

एमएडब्ल्यू राइड्सकी मार्केटिङ प्रमुख सलिना शर्माले नेपाली क्रिकेट टोलीकी सदस्य पूजा महतोलाई शृंखलामा देखाएको प्रदर्शन, समर्पण र प्रतियोगितामा राखेको प्रभावको कदर गर्दै स्कुटरको साँचो हस्तान्तरण गरेकी थिइन् । यो पुरस्कार नेपाली खेलकुद, विशेष गरी देशमा महिला क्रिकेटको उदयको लागि यामाहाको निरन्तर समर्थनको प्रतीक भएको उनले बताइन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी भने थाइल्यान्डकी थिपाथ्चा पुथावोङ घोषित भइन् ।  यस शृंखलाको उपाधि थाइल्यान्डले‌ जितेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकता किर्ते गर्ने बैङ्क खाता खोलेर ठगी गर्ने दुई जना पक्राउ
नागरिकता किर्ते गर्ने बैङ्क खाता खोलेर ठगी गर्ने दुई जना पक्राउ
सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन
सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन
लुम्बिनी प्रदेशका वन मन्त्री कुर्मीद्वारा राजीनामा
लुम्बिनी प्रदेशका वन मन्त्री कुर्मीद्वारा राजीनामा
संगीतकार एवं गायक गुरुदेव कामतको निधन
संगीतकार एवं गायक गुरुदेव कामतको निधन
प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शिलान्यास
प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शिलान्यास
कारागारबाट भागेका ७ कैदी झापाबाट पक्राउ
कारागारबाट भागेका ७ कैदी झापाबाट पक्राउ
आज श्रीलंकासँग पहिलो अभ्यास खेल खेल्दै नेपाली टोली
आज श्रीलंकासँग पहिलो अभ्यास खेल खेल्दै नेपाली टोली
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
प्रशासन मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
प्रशासन मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा