जेनजी आन्दोलन प्रतिगामी षड्यन्त्र थियोः ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १४, २०८३
|
|
१३२ पटक हेरिएको
Shares
जेनजी आन्दोलन प्रतिगामी षड्यन्त्र थियोः ओली

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३–२४ मा भएको आन्दोलन प्रतिगामी षड्यन्त्र भएको बताएका छन्।
  • मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार राष्ट्रियसभा गृहमा आयोजना गरेको गोष्ठीमा उनले लोकतन्त्रलाई सिध्याउने जेनजी आन्दोलन भएको बताएका हुन्।
  • ‘त्यस षड्यन्त्रले वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गर्‍यो।

१४ असार, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३–२४ मा भएको आन्दोलन प्रतिगामी षड्यन्त्र भएको बताएका छन्। मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार राष्ट्रियसभा गृहमा आयोजना गरेको गोष्ठीमा उनले लोकतन्त्रलाई सिध्याउने जेनजी आन्दोलन भएको बताएका हुन्। ‘त्यस षड्यन्त्रले वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गर्‍यो। त्यो लोकतान्त्रिक आन्दोलन हुनै सक्दैन,’ ओलीले भने, ‘असंवैधानिक ढंगले संसद् भंग गरेर, वैधानिक सरकार भंग गरेर असंवैधानिक सरकार गठन गर्न पाइँदैन। तर नेपालमा त्यो भयो।’

उनले आफूहरूले जनता असन्तुष्ट हुने गरी कुनै नराम्रा काम नगरेको बताए। ‘केही कमी कमजोरी भए, हामी आत्मसमीक्षा गरौँला। तर हामीले देश बर्बाद पार्यौँ भन्ने भाष्य गलत हो,’ उनले भने, ‘झुटा अफवाह फैलाएर हामीलाई बदनाम गर्ने, चरित्र हत्या गर्ने प्रयासबाट हामीलाई विस्थापित गरियो।’ ओलीले प्रतिगमनलाई पराजित गर्न लोकतान्त्रिक र वामपन्थी शक्ति मिल्नुपर्ने बताए। ‘कार्यगत एकता माध्यमबाट जानुपर्छ, पराजित गर्नैपर्छ प्रतिगमनलाई,’ उनले भने, ‘प्रतिगमनलाई सही ठहर्‍याउन, वैधता दिनका लागि दुई चार महिनामै निर्वाचन गरियो। परिणाम पहिल्यै घोषणा गरेर प्रतिकूल अवस्थामा निर्वाचन घोषणा गरियो।’ कार्यक्रममा ओलीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने अभिव्यक्तिप्रति पनि आपत्ति जनाए।

‘भारतको सिमाना थुप्रै ठाउँमा मिच्यौँ अरे, कति झुट, कति फरेद, कति निधाराधार, कति देश विरोधी कुरा,’ उनले भने। उनले सुकुमवासी हटाइएको, ट्रेड युनियनहरू खारेज गर्ने, संसद् रोकेर अध्यादेश ल्याउनेलगायत विषयमा पनि सरकारको आलोचना गरे। यो सरकार संविधानविपरीत बनेको र चलेको पनि संविधानविपरीत। यस प्रतिगमनलाई रोक्न लोकतन्त्रिक, वामपन्थी मिलौँ,’ उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोलकत्ता चिकित्सक बलात्कार–हत्या घटना : आरोपीलाई आजीवन कारावासको सजाय
कोलकत्ता चिकित्सक बलात्कार–हत्या घटना : आरोपीलाई आजीवन कारावासको सजाय
प्रतिनिधि सभा बैठक बस्दै, कार्यसूचीमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक
प्रतिनिधि सभा बैठक बस्दै, कार्यसूचीमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक
पहलगाम आक्रमणपछि भारतमा १० लाख साइबर हमला
पहलगाम आक्रमणपछि भारतमा १० लाख साइबर हमला
पश्चिम अफगानिस्तानमा बाढीबाट २१ जनाको मृत्यु,  ६ जना घाइते
पश्चिम अफगानिस्तानमा बाढीबाट २१ जनाको मृत्यु, ६ जना घाइते
कार्यभार सम्हाल्दै शाक्यले भने : अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु
कार्यभार सम्हाल्दै शाक्यले भने : अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु
शिक्षकहरूको आन्दोलनमा घुसपैठ, एक जना पक्राउ
शिक्षकहरूको आन्दोलनमा घुसपैठ, एक जना पक्राउ
प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती : २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्नुस्
प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती : २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्नुस्
प्रचण्डको दाबी- एमाले छाडेर सबै यता आउँछन्
प्रचण्डको दाबी- एमाले छाडेर सबै यता आउँछन्
वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्ने
वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्ने
जनताको बिचार बोक्न नसक्ने पार्टी मात्रै बुढो हुन्छ : डा. राजन भट्टराई
जनताको बिचार बोक्न नसक्ने पार्टी मात्रै बुढो हुन्छ : डा. राजन भट्टराई