बेवारिसे सवारीसाधन हटाउँदै वीरगञ्ज महानगर

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २९, २०८२
|
|
१०४ पटक हेरिएको
Shares
बेवारिसे सवारीसाधन हटाउँदै वीरगञ्ज महानगर

सारांश

  • महानगरले सडक, फुटपाथ, अन्य सार्वजनिक स्थानलाई स्वच्छ र हराभरा बनाउन सडकमा बेवारिसे अवस्थामा रहेका सवारीसाधनको व्यवस्थापन गर्न लागेको हो ।
  • महानगरले आज वडा नं– २२ जगरनाथपुरमा सडकको फुटपाथमा झण्डै दुई वर्षदेखि बेवारिसे राखिएको पुरानो रोलर मेसिन हटाएको छ ।
  • न गर प्रहरी र सरसफाइ शाखाको टोलीले दुई क्रेनको सहायताले रोलर हटाइएको नगर प्रहरी इन्चार्ज हरि भुसालले जानकारी दिनुभयो ।

२९ वैशाख, वीरगञ्ज :

वीरगञ्ज महानगरले सार्वजनिक स्थानमा असरल्ल राखिएका बेवारिसे सवारीसाधन तथा उपकरण हटाउन अभियान थालेको छ । महानगरले सडक, फुटपाथ, अन्य सार्वजनिक स्थानलाई स्वच्छ र हराभरा बनाउन सडकमा बेवारिसे अवस्थामा रहेका सवारीसाधनको व्यवस्थापन गर्न लागेको हो । महानगरले आज वडा नं– २२ जगरनाथपुरमा सडकको फुटपाथमा झण्डै दुई वर्षदेखि बेवारिसे राखिएको पुरानो रोलर मेसिन हटाएको छ । न

गर प्रहरी र सरसफाइ शाखाको टोलीले दुई क्रेनको सहायताले रोलर हटाइएको नगर प्रहरी इन्चार्ज हरि भुसालले जानकारी दिनुभयो । महानगरले बसपार्क क्षेत्रमा सञ्चालनमा नआएको एक बस र एक ट्रकलाई पनि हटाएको छ । ती दुवै सवारीसाधनलाई डम्पिङ साइटमा पु¥याइएको छ । महानगरले गत बुधबार पनि वीरगञ्ज बसपार्क क्षेत्रमा दुई बेवारिसे बस हटाएको थियो । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले महानगरले पटक–पटक सार्वजनिक सूचना जारी गरेर हटाउन आह्वान गर्दा पनि नहटाएपछि महानगर आफैँले हटाउने अभियान थालेको बताउनुभयो ।

महानगरले सडक, फुटपाथ, चोक, उद्यान, बसपार्क र अन्य सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा राखिएका वा प्रयोगमा नरहेका सवारीसाधन तथा संरचनाले नगरको सौन्दर्य र नागरिक आवागमनमा बाधा पुगेका कारण ती सवारीसाधन हटाउने कार्य अघि बढाएको हो । प्रमुख सिंहले वीरगञ्जलाई सफा, सुरक्षित, सुन्दर र आधुनिक सहरका रुपमा रूपान्तरण गर्ने अभियान थालेको हो । “सहर हामी सबैको साझा घर हो । नागरिकले नियम पालन गरेमा हामी वीरगञ्जलाई व्यवस्थित महानगरमा रूपान्तरण गर्न सक्छौँ”, उहाँले भन्नुभयो । महानगरले यात्रु, पैदलयात्री, साना व्यवसायी, ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा स्थानीय बासिन्दासँगको सहकार्यमा उक्त अभियान थालेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी दुर्घटना
कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी दुर्घटना
स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘पोइजन सूचना केन्द्र’ को उद्घाटन
स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘पोइजन सूचना केन्द्र’ को उद्घाटन
पूर्वाधार विकास मन्त्री लम्सालले गरे सिद्धबाबा सुरुङमार्गको अनुगमन
पूर्वाधार विकास मन्त्री लम्सालले गरे सिद्धबाबा सुरुङमार्गको अनुगमन
सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो: सञ्चारमन्त्री खरेल
सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो: सञ्चारमन्त्री खरेल
तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री, कोको छन् भ्रमण टोलीमा ?
तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री, कोको छन् भ्रमण टोलीमा ?
एनपीएल : लुम्बिनीविरुद्ध विराटनगरको रोमाञ्जक जित
एनपीएल : लुम्बिनीविरुद्ध विराटनगरको रोमाञ्जक जित
२५ सय तल झर्‍यो सेयर बजार, सबै क्षेत्रका सूचक घटे
२५ सय तल झर्‍यो सेयर बजार, सबै क्षेत्रका सूचक घटे
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
इन्जिनियरिङ लाइसेन्स परीक्षामा ४७.१७ प्रतिशत विद्यार्थी पास
इन्जिनियरिङ लाइसेन्स परीक्षामा ४७.१७ प्रतिशत विद्यार्थी पास
मन्त्रालयबाट हराएको गाडी चिठी लेखेको दुई दिनपछि श्रम मन्त्रालयमा आइपुग्यो,कस्ले लगेकाे थियाे ?
मन्त्रालयबाट हराएको गाडी चिठी लेखेको दुई दिनपछि श्रम मन्त्रालयमा आइपुग्यो,कस्ले लगेकाे थियाे ?