सुनसरीको कप्तानगन्जमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ११, २०८३
|
|
१४० पटक हेरिएको
Shares
सुनसरीको कप्तानगन्जमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध

सारांश

  • सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा आइतबार राति भएको झडपमा स्थानीय प्रशासनले बल प्रयोग गरेको विरोधमा सुनसरीका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ ।
  •  दुई समूहबीचको झडप रोक्ने क्रममा प्रहरीले गोली चलाएको थियो ।
  • प्रहरीले चलाएको गोली १० जनालाई लागेको थियो ।

११ साउन, विराटनगर ।

सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा आइतबार राति भएको झडपमा स्थानीय प्रशासनले बल प्रयोग गरेको विरोधमा सुनसरीका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ । दुई समूहबीचको झडप रोक्ने क्रममा प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली १० जनालाई लागेको थियो । घाइते मध्ये २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ । ९ जना विराटनगरको विभिन्न अस्पतालमा उपचाररत छन् । घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि ५ स्थानमा कर्फ्यु जारी गरेको थियो । कर्फ्यु उल्लङ्घन गर्दै सोमबार बिहान प्रदर्शन भएको हो । प्रदर्शनका क्रममा कप्तानगंज क्षेत्रको अवस्था तनावग्रस्त छ । सुनसरी सदरमुकाम इनरुवा बजार र लौकही क्षेत्रमा पनि प्रदर्शन भइरहेको छ ।

प्रदर्शनकारीले इनरुवा बजार क्षेत्रमा बन्द गराएर राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेको प्रहरीले जनाएको छ । प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्गको सुनसरी खण्ड अवरुद्ध छ । सुनसरी प्रहरी प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार प्रदर्शनकारीले राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । जसका कारण सवारी आवागमन रोकिएको छ । झडप र प्रहरी कारबाहीमा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् । स्थिति नियन्त्रण बाहिर जान नदिन कप्तागन्ज क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ । स्थानीय प्रशासनले सर्वसाधारणलाई घर बाहिर ननिस्कन र सभा-जुलुस नगर्न आग्रह गरेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?