कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौं : गृहमन्त्री लेखक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १०, २०८२
|
|
५० पटक हेरिएको
Shares
कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौं : गृहमन्त्री लेखक

सारांश

  • गृहमन्त्री एवं कांग्रेस सांसद रमेश लेखकले कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताएका छन् ।
  •    शनिबार जनकपुरमा पार्टीको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै मन्त्री लेखकले कांग्रेसका नेता, कार्यकर्ताहरूले लामो समयसम्म पनि कांग्रेसको सरकार नबनेको भन्ने गुनासो गरेको भन्दै गृहमन्त्री लेखकले यो सही कुरा भएको बताएका हुन् ।
  • कांग्रेसको नेतृत्वमा सरकार बनाउन आफूहरु गम्भीर रहेको र लागिपर्ने उनको भनाइ थियो।

१० जेठ, काठमाडौं ।

गृहमन्त्री एवं कांग्रेस सांसद रमेश लेखकले कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताएका छन् ।   शनिबार जनकपुरमा पार्टीको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै मन्त्री लेखकले कांग्रेसका नेता, कार्यकर्ताहरूले लामो समयसम्म पनि कांग्रेसको सरकार नबनेको भन्ने गुनासो गरेको भन्दै गृहमन्त्री लेखकले यो सही कुरा भएको बताएका हुन् ।

कांग्रेसको नेतृत्वमा सरकार बनाउन आफूहरु गम्भीर रहेको र लागिपर्ने उनको भनाइ थियो।  अहिले आफूहरु संयुक्त सरकारमा रहेको बताउँदै दुई प्रतिस्पर्धी पार्टीहरुबीचको संयुक्त सरकार बनाउन केही जटिलताहरु रहेको उल्लेख गरे। उनले भने, ‘मधेस प्रदेशको सरकार पनि हामीले पालो पालो गर्ने भनेर समझदारी गरेका छौँ। मधेस प्रदेशको सरकार पनि पालो पालो परिवर्तन गर्ने कुरा छ, परिवर्तन हुन्छ। लामो समयसम्म कांग्रेसको सरकार बनेन भन्ने कुरा छ।

साथीहरुले सही कुरा भन्नुभएको छ।  यो कुरालाई हामीले केन्द्रमा गम्भीरतापूर्वक लिएका छौँ। यो कुरालाई सम्बोधन गर्नका लागि हामी लागिपर्छौं।’  हामी अहिले संयुक्त सरकारमा छौँ । नेपाली कांग्रेस र एमालेको सरकार छ । सरकार सञ्चालनमा एकै पार्टीको सरकार हुँदा पनि केही जटिलता हुन्छन् । दुई वटा पार्टी र दुई वटामा पनि प्रतिस्पर्धी पार्टीका बिचमा सरकार संयुक्त रूपमा सञ्चालन गर्ने कुरामा केही समस्या, जटिलताहरू उत्पन्न हुन्छन् । त्यसलाई तपाईँहरूले गम्भीरतापूर्वक हेर्नुहोला।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
नेप्से बढेर २५९१.५६ बिन्दुमा, ५ अर्बको कारोबार
नेप्से बढेर २५९१.५६ बिन्दुमा, ५ अर्बको कारोबार
सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा
सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा
सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ
सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ
देउवाले बोलाए शीर्ष नेताको बैठक, अध्यादेश र भातृसंस्थाको अधिवेशन मुख्य एजेण्डा
देउवाले बोलाए शीर्ष नेताको बैठक, अध्यादेश र भातृसंस्थाको अधिवेशन मुख्य एजेण्डा
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा अनिश्चितकालका लागि बन्द
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा अनिश्चितकालका लागि बन्द
अनेरास्ववियुद्वारा कञ्चनपुरबाट बालेन र सुधनविरुद्ध जाहेरी
अनेरास्ववियुद्वारा कञ्चनपुरबाट बालेन र सुधनविरुद्ध जाहेरी
देशका ७ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध
देशका ७ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध
दुर्गा प्रसाईंविरुद्ध साइबर व्युरोमा उजुरी
दुर्गा प्रसाईंविरुद्ध साइबर व्युरोमा उजुरी
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य