प्रभाकरले नपत्याउँदैमा पार्टी आन्दोलन रोकिँदैन : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र १२, २०८२
|
|
३९ पटक हेरिएको
Shares
प्रभाकरले नपत्याउँदैमा पार्टी आन्दोलन रोकिँदैन : प्रचण्ड

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा उपमहासचिव जनार्दन शर्मा प्रभाकरले नपत्याउँदैमा आन्दोलन नरोकिने बताएका छन् ।
  • पार्टीको प्रदेश सचिवालय बैठकका लागि विहीबार बिहान विराटनगर आएका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जनार्दनको नाम लिएरै यस्तो बताएका हुन् ।
  • ‘एकजना प्रभाकरले नपत्याएर यो पार्टी आन्दोलन, यो इतिहास रोकिँदैन,’ नेतृत्वको विषयमा पार्टी भित्रैका मान्छेले पत्याएका छैनन् नि भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने ।

१२ भदौ, विराटनगर ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा उपमहासचिव जनार्दन शर्मा प्रभाकरले नपत्याउँदैमा आन्दोलन नरोकिने बताएका छन् । पार्टीको प्रदेश सचिवालय बैठकका लागि विहीबार बिहान विराटनगर आएका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जनार्दनको नाम लिएरै यस्तो बताएका हुन् ।

‘एकजना प्रभाकरले नपत्याएर यो पार्टी आन्दोलन, यो इतिहास रोकिँदैन,’ नेतृत्वको विषयमा पार्टी भित्रैका मान्छेले पत्याएका छैनन् नि भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने । उनले जनार्दन शर्माको अभिव्यक्तिका विषयमा पार्टीमा समीक्षा गर्ने पनि बताए । ‘हामी आउने पदाधिकारीको बैठकमा यो विषयमा समीक्षा गर्छौं’ उनले भने । उनले पार्टीविरुद्ध स्वार्थ समूहहरु सक्रिय भएको उल्लेख पनि गरे ।

स्वार्थ समूह भनेको के हो भन्ने प्रश्नमा उनको जवाफ  थियो, ‘स्वार्थ समुह भनेको पार्टीको स्वार्थ, पार्टीको लाइन, पार्टीको विधि, पार्टीको पद्धति र लिडरसीप भन्दा बाहिर सार्वजनिक रुपमा वा आन्तरिक रुपमा पनि स्वार्थमा केन्द्रित भएर मिटिङहरु गर्नुलाई स्वार्थ समूह भनिएको हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ :माधव नेपाल
कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ :माधव नेपाल
राष्ट्रिय खेलाडीहरूको गंगालाल हृदयरोग केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण सुरुवात
राष्ट्रिय खेलाडीहरूको गंगालाल हृदयरोग केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण सुरुवात
रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
प्रधानन्यायाधीश राउत १० दिने भ्रमणका लागि बेलायत जाँदै
प्रधानन्यायाधीश राउत १० दिने भ्रमणका लागि बेलायत जाँदै
सप्तरीमा तीन वर्षीया बालिका घर नजिकै मृ*त फेला
सप्तरीमा तीन वर्षीया बालिका घर नजिकै मृ*त फेला
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान, आवेदन शुल्क ५० हजार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान, आवेदन शुल्क ५० हजार
आजदेखि पोखरामा ड्रागन डुंगा दौड प्रतियोगिता शुरु
आजदेखि पोखरामा ड्रागन डुंगा दौड प्रतियोगिता शुरु
शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पार्टी फुटाउन पनि तयार छु ः प्रचण्ड
शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पार्टी फुटाउन पनि तयार छु ः प्रचण्ड
धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो: प्रधानमन्त्री
धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो: प्रधानमन्त्री
इरानको आणविक भण्डार नियन्त्रणमा लिने रणनीतिमा ट्रम्प प्रशासन
इरानको आणविक भण्डार नियन्त्रणमा लिने रणनीतिमा ट्रम्प प्रशासन