मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्न ५ दलका नेता प्रदेश प्रमुख कार्यालयमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २९, २०८२
|
|
२९ पटक हेरिएको
Shares
मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्न ५ दलका नेता प्रदेश प्रमुख कार्यालयमा

सारांश

  • मधेशमा लोकसभाका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने दावी पेश गर्न पाँच दलका नेताहरू प्रदेश प्रमुख कार्यालय पुगेका छन् ।
  • ५६ प्रदेश सभा सदस्यको हस्ताक्षर सहितको दावी पेश गर्न नेताहरु पुगेका हुन् ।
  • मङ्गलबार सतिश कुमार सिंहले पदबाट राजिनामा घोषणा गरेसँगै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज दिउँसो ४ बजेसम्म सरकारको लागि दाबी पेश गर्न आह्वान गरेकी छन् ।

२९ असोज जनकपुरधाम ।

मधेशमा लोकसभाका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने दावी पेश गर्न पाँच दलका नेताहरू प्रदेश प्रमुख कार्यालय पुगेका छन् । ५६ प्रदेश सभा सदस्यको हस्ताक्षर सहितको दावी पेश गर्न नेताहरु पुगेका हुन् । मङ्गलबार सतिश कुमार सिंहले पदबाट राजिनामा घोषणा गरेसँगै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज दिउँसो ४ बजेसम्म सरकारको लागि दाबी पेश गर्न आह्वान गरेकी छन् ।

हिजो राति र आज बिहान बसेको पाँच दलको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाबीचको छलफलमा लोसपाका नेता जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउने सहमति भएको नेताहरुले बताएका छन् । मन्त्रालयको भागबण्डा भन्ने टुङ्ग्याउन भने बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ