३४ किलो गाँजासहित सुनसरीबाट २ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १२, २०८२
|
|
२७ पटक हेरिएको
Shares
३४ किलो गाँजासहित सुनसरीबाट २ जना पक्राउ

सारांश

  • प्रतिबन्धित लागुऔषध गाँजा ओसारपसार गर्ने २ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।
  • इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले चतराबाट प्रकाशपुरतर्फ जाँदै गरेको को.
  • ३७ प.

१२ असार, धरान ।

प्रतिबन्धित लागुऔषध गाँजा ओसारपसार गर्ने २ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले चतराबाट प्रकाशपुरतर्फ जाँदै गरेको को. ३७ प. १२५३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा गाँजासहित उनीहरू पक्राउ परेको प्रहरी निरीक्षक दिवस कुवरले जानकारी दिए।

पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका-८ बस्ने धिरज राई र सोही स्थानका मोटर साइकल पछाडि सवार लोकेन्द्र राई रहेको कुवरले बताए । उनले पक्राउ परेकाहरूको साथबाट ३४ किलो गाँजा बरामद गरिएको जानकारी दिए । दुबै जनालाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?