नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध एकै दिन तीन भ्रष्टाचार मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ २६, २०८२
|
|
४४ पटक हेरिएको
Shares
नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध एकै दिन तीन भ्रष्टाचार मुद्दा

सारांश

  • ऋण लिने सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा.
  • चन्द्रबहादुर अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
  • अख्तियारले नेपाल बैंकको तत्कालीन सञ्चालक समिति अध्यक्ष अधिकारीमाथि १९ लाख रुपैयाँ घुस लिएको आरोप लागेको हो ।

२६ जेठ, काठमाडौं ।

ऋण लिने सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले नेपाल बैंकको तत्कालीन सञ्चालक समिति अध्यक्ष अधिकारीमाथि १९ लाख रुपैयाँ घुस लिएको आरोप लागेको हो ।

उनले भैरहवामा सञ्चालन हुन लागेको र्‍याडिसन प्रोजेक्टलाई ऋण दिने क्रममा १९ लाख रुपैयाँ घुस लिएको आरोप छ । भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसालले ऋणका लागि नेपाल बैंक लिमिटेडमा प्रक्रिया अघि बढाएका थिए । त्यसक्रममा नेपाल बैंकका अध्यक्ष चन्द्रबहादुर अधिकारीले ह्वाट्सएपमार्फत कुराकानी र भेटघाट गरेर घुस मागेको अख्तियारको आरोप छ । अख्तियारले गत माघमा नै उनको घरमा छापा मारेर त्यो रकम बरामद गरेको थियो । उनले त्यो रकम आफ्नो सवारीचालक नसीब अन्सारीमार्फत लुकाएका थिए ।

अख्तियारले तत्कालीन अध्यक्ष अधिकारी, सवारीचालक नसिब अन्सारी अनि घुस दिएको आरोप लागेका बालकृष्ण भुसाल, उनका छोरा अंकित भुसाल र अमृत भुसालमाथि समेत मुद्दा चलाएको हो । अख्तियारले उनीमाथि नै मंगलबार थप दुईवटा आरोप लगाएर मुद्दा दायर गरेको छ । उनीमाथि हिमाल-तराई कन्स्ट्रक्सन प्रालिलाई ऋण दिँदा ५ लाख रुपैयाँ घुस लिएको अर्को आरोप छ । त्यसैगरी हिमाल-तराई कन्स्ट्रक्सनलाई ऋण दिँदा ५० लाख रुपैयाँ घुस खाएको तेस्रो आरोप पनि छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलन छानबिनः तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र काट्ने तयारी
जेनजी आन्दोलन छानबिनः तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र काट्ने तयारी
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, मुख्यमन्त्रीलाई शेखर-गगन समूहको चेतावनी
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, मुख्यमन्त्रीलाई शेखर-गगन समूहको चेतावनी
संसद सचिवालयले होटलमा कार्यक्रम राखेको भन्दै लेखा समितिमा उठ्यो प्रश्न
संसद सचिवालयले होटलमा कार्यक्रम राखेको भन्दै लेखा समितिमा उठ्यो प्रश्न
भिसा सकिएका पर्यटकलाई प्रस्थान विन्दुबाटै निःशुल्क भिसा नियमित गर्ने निर्णय
भिसा सकिएका पर्यटकलाई प्रस्थान विन्दुबाटै निःशुल्क भिसा नियमित गर्ने निर्णय
एक युवकको हत्यामा संलग्न १६ जना प्रहरीको नियन्त्रणमा
एक युवकको हत्यामा संलग्न १६ जना प्रहरीको नियन्त्रणमा
माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन
माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन
स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने सरकारको निर्णय
स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने सरकारको निर्णय
वैदेशिक रोजगारीमा पठाएका श्रमिक विवरण बुझाउन म्यानपावरलाई निर्देशन
वैदेशिक रोजगारीमा पठाएका श्रमिक विवरण बुझाउन म्यानपावरलाई निर्देशन
सरकार कमिसनखोर व्यापारीको पक्षपोषणमा लाग्यो : सांसद ढकाल
सरकार कमिसनखोर व्यापारीको पक्षपोषणमा लाग्यो : सांसद ढकाल
राजसंस्थाको पक्षमा काठमाडौंमा मोटरसाइकल र्‍याली
राजसंस्थाको पक्षमा काठमाडौंमा मोटरसाइकल र्‍याली