सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ९, २०८३
|
|
२१४ पटक हेरिएको
Shares
सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड

सारांश

  • सर्पदंशका एक बालकको उपचारका क्रममा मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिका तनावग्रस्त बनेको छ ।
  • उपचारमा ढिलाइ भएको तथा एम्बुलेन्स समयमै उपलब्ध नगराइएको आरोप लगाउँदै आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गर्नुका साथै हुलाकी सडक अवरुद्ध गरेका छन् ।
  • भगवानपुर गाउँपालिका–४, कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएका सप्तरीको बलान बिहुल गाउँपालिकाका अरुण मण्डलका छोरा रोशन मण्डललाई समयमै थप उपचारका लागि रिफर गर्न नसकिएको स्थानीयको आरोप छ ।

९ साउन, सिरहा ।

सर्पदंशका एक बालकको उपचारका क्रममा मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिका तनावग्रस्त बनेको छ । उपचारमा ढिलाइ भएको तथा एम्बुलेन्स समयमै उपलब्ध नगराइएको आरोप लगाउँदै आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गर्नुका साथै हुलाकी सडक अवरुद्ध गरेका छन् । भगवानपुर गाउँपालिका–४, कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएका सप्तरीको बलान बिहुल गाउँपालिकाका अरुण मण्डलका छोरा रोशन मण्डललाई समयमै थप उपचारका लागि रिफर गर्न नसकिएको स्थानीयको आरोप छ ।

स्थानीयका अनुसार, एम्बुलेन्स चालकले गाउँपालिका अध्यक्ष उग्र नारायण यादवको अनुमति बिना एम्बुलेन्स सञ्चालन गर्न नमिल्ने बताएपछि उपचारमा ढिलाइ भएको र बाटोमै मृत्यु भएको आफन्तहरूको दाबी छ । घटनापछि आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गरेका छन् भने हुलाकी सडकमा टायर र दाउरा बालेर अवरुद्ध गरेका छन् । सडक अवरुद्ध हुँदा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ । स्थानीयका अनुसार, बिहान ११ बजे गाउँपालिका अध्यक्षसँग वार्ता गर्ने सहमति भए पनि अध्यक्ष वार्तास्थलमा नपुगेपछि आन्दोलन थप चर्किएको हो । आन्दोलनका अगुवा प्रविन्द यादव र इन्दल मण्डलले अध्यक्ष वार्तामा नआएको भन्दै असन्तुष्टि जनाएका छन् । स्थिति नियन्त्रणमा लिन घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रमेश बहादुर पालले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेलाई आजै पोखरा लगिने
रवि लामिछानेलाई आजै पोखरा लगिने
सरकार संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्धत भयो : कांग्रेसको निष्कर्ष
सरकार संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्धत भयो : कांग्रेसको निष्कर्ष
ओडिसामा तनाव : नेपाली विद्यार्थीहरुलाई कलेजबाट निकालियो
ओडिसामा तनाव : नेपाली विद्यार्थीहरुलाई कलेजबाट निकालियो
ललितपुरमा स्कुटर दुर्घटना गराएर ११ लाख बराबरको सिक्री लुट्ने एक जना पक्राउ
ललितपुरमा स्कुटर दुर्घटना गराएर ११ लाख बराबरको सिक्री लुट्ने एक जना पक्राउ
५ वटा विधेयक अघि बढाउँदै प्रतिनिधि सभा
५ वटा विधेयक अघि बढाउँदै प्रतिनिधि सभा
संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्छ : प्रचण्ड
संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्छ : प्रचण्ड
ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्न सीआईबीले अघि बढायो प्रक्रिया
ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्न सीआईबीले अघि बढायो प्रक्रिया
विद्युत् अवरुद्ध हुँदा ४८० घरमा तीन महिनादेखि अन्धकार
विद्युत् अवरुद्ध हुँदा ४८० घरमा तीन महिनादेखि अन्धकार
जेनेस सलुशन  र सीबीएफआइएन बिच बैंकिङ क्षेत्रमा बढ्दो साइबर सुरक्षा जोखिम कम गर्न सहकार्य
जेनेस सलुशन  र सीबीएफआइएन बिच बैंकिङ क्षेत्रमा बढ्दो साइबर सुरक्षा जोखिम कम गर्न सहकार्य
थप आन्दोलनको तयारीबारे समीक्षा गर्न रास्वपा नेताहरू अनौपचारिक छलफलमा
थप आन्दोलनको तयारीबारे समीक्षा गर्न रास्वपा नेताहरू अनौपचारिक छलफलमा