सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ९, २०८३
|
|
२८५ पटक हेरिएको
Shares
सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड

सारांश

  • सर्पदंशका एक बालकको उपचारका क्रममा मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिका तनावग्रस्त बनेको छ ।
  • उपचारमा ढिलाइ भएको तथा एम्बुलेन्स समयमै उपलब्ध नगराइएको आरोप लगाउँदै आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गर्नुका साथै हुलाकी सडक अवरुद्ध गरेका छन् ।
  • भगवानपुर गाउँपालिका–४, कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएका सप्तरीको बलान बिहुल गाउँपालिकाका अरुण मण्डलका छोरा रोशन मण्डललाई समयमै थप उपचारका लागि रिफर गर्न नसकिएको स्थानीयको आरोप छ ।

 

९ साउन, सिरहा ।

सर्पदंशका एक बालकको उपचारका क्रममा मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिका तनावग्रस्त बनेको छ । उपचारमा ढिलाइ भएको तथा एम्बुलेन्स समयमै उपलब्ध नगराइएको आरोप लगाउँदै आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गर्नुका साथै हुलाकी सडक अवरुद्ध गरेका छन् । भगवानपुर गाउँपालिका–४, कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएका सप्तरीको बलान बिहुल गाउँपालिकाका अरुण मण्डलका छोरा रोशन मण्डललाई समयमै थप उपचारका लागि रिफर गर्न नसकिएको स्थानीयको आरोप छ ।

स्थानीयका अनुसार, एम्बुलेन्स चालकले गाउँपालिका अध्यक्ष उग्र नारायण यादवको अनुमति बिना एम्बुलेन्स सञ्चालन गर्न नमिल्ने बताएपछि उपचारमा ढिलाइ भएको र बाटोमै मृत्यु भएको आफन्तहरूको दाबी छ । घटनापछि आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गरेका छन् भने हुलाकी सडकमा टायर र दाउरा बालेर अवरुद्ध गरेका छन् । सडक अवरुद्ध हुँदा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ । स्थानीयका अनुसार, बिहान ११ बजे गाउँपालिका अध्यक्षसँग वार्ता गर्ने सहमति भए पनि अध्यक्ष वार्तास्थलमा नपुगेपछि आन्दोलन थप चर्किएको हो । आन्दोलनका अगुवा प्रविन्द यादव र इन्दल मण्डलले अध्यक्ष वार्तामा नआएको भन्दै असन्तुष्टि जनाएका छन् । स्थिति नियन्त्रणमा लिन घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रमेश बहादुर पालले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६५ हजारभन्दा बढी विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण
६५ हजारभन्दा बढी विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल र दर्जनौँ गाडी बगायो
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल र दर्जनौँ गाडी बगायो
भोटेकोशी बाढी : १ हजार ३८६ जनाको श*व फेला
भोटेकोशी बाढी : १ हजार ३८६ जनाको श*व फेला
सर्लाहीको कविलासीमा स्थापना गरिएको आँखा उपचार केन्द्र सञ्चालनमा
सर्लाहीको कविलासीमा स्थापना गरिएको आँखा उपचार केन्द्र सञ्चालनमा
भैरहवाबाट एक सय ५७ जनाको हवाई उद्दार
भैरहवाबाट एक सय ५७ जनाको हवाई उद्दार
सहकारीका समस्याबारे राष्ट्रपतिको चासो, मन्त्री र सचिवलाई दिए निर्देशन
सहकारीका समस्याबारे राष्ट्रपतिको चासो, मन्त्री र सचिवलाई दिए निर्देशन
झ्याप्ले खोलामा पुरिएको माइक्रोबस चितवनबाट गएको पुष्टि,
झ्याप्ले खोलामा पुरिएको माइक्रोबस चितवनबाट गएको पुष्टि,
रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
६ करोड अपचलन आरोपमा मार्गदर्शन सहकारीका सदस्य रामहरि सिलवाल पनि पक्राउ
६ करोड अपचलन आरोपमा मार्गदर्शन सहकारीका सदस्य रामहरि सिलवाल पनि पक्राउ
शिक्षकको तलब मासिक रुपमा नियमित उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन
शिक्षकको तलब मासिक रुपमा नियमित उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन