मधेस प्रदेशका तत्कालीन सचिव डा. नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २२, २०८१
|
|
३३ पटक हेरिएको
Shares
मधेस प्रदेशका तत्कालीन सचिव डा. नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

सारांश

  • मधेस प्रदेशका तत्कालीन सचिव डा.
  • नम्रता सिंहसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कार्यरत तत्कालीन सचिव डा.

२२ पुस, काठमाडौँ । मधेस प्रदेशका तत्कालीन सचिव डा.नम्रता सिंहसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कार्यरत तत्कालीन सचिव डा.सिंहसहितका उच्च अधिकारीविरुद्ध आरोपपत्र दायर गरेको हो।

कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन कार्यालय प्रमुख शंकरप्रसाद साह, कृषि प्रसार अधिकृत अमर चन्द्र मण्डल, सह लेखापाल ब्रजेशकुमार साह, युवरानी मत्स्य तथा कृषि फार्म प्रालिका अध्यक्ष लक्ष्मी नारायण यादव, मन्त्रालयका तत्कालीन पशु चिकित्सक रञ्जितकुमार अधिकारी, कृषि प्रसार अधिकृत अविनाशकुमार झा र कृषि विकास निर्देशनालय, धनुषाका तत्कालीन कृषि अर्थविज्ञ विकासकुमार साहविरुद्ध पनि विशेषमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

उनीहरूले आ.व. २०७९ ०८० मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहत जनकपुरधाममा रहेको खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका प्रमुख एवं कृषि ज्ञान केन्द्र, धनुषाका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञले सहकार्य प्रस्तावमा आधारित कृषि, पशुपक्षी तथा मत्स्य विकास कार्यक्रमको रकममा व्यापक भ्रष्टाचार गरेको दाबी अख्तियारको छ। अनुसन्धानका क्रममा नक्कली बिल भरपाईको आधारमा भुक्तानी दिएको र स्पेसिफिकेसन अनुसारको सामान खरिद नगरेको लगायत पाइएपछि भ्रष्टचार भएको ठहरसहित मुद्दा दर्ता गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इप्पानले गर्यो विद्युत व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव
इप्पानले गर्यो विद्युत व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव
नेपाल प्रहरीले आज यी रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्दै
नेपाल प्रहरीले आज यी रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्दै
पथलैया-निजगढ सडकमा जंगली हात्तीको आतंक, एकको मृ*त्यु
पथलैया-निजगढ सडकमा जंगली हात्तीको आतंक, एकको मृ*त्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु
इनिसा विक ह*त्यको निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग
इनिसा विक ह*त्यको निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग
नेकपा केन्द्रीय सदस्यहरूको सपथ ग्रहण आज पेरिसडाँडामा
नेकपा केन्द्रीय सदस्यहरूको सपथ ग्रहण आज पेरिसडाँडामा
पाकिस्तानमा बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु
पाकिस्तानमा बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु
‎जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश
‎जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश
उपनिर्वाचनका उम्मेदवारलाई आयोगले आज चुनाव चिन्ह दिने
उपनिर्वाचनका उम्मेदवारलाई आयोगले आज चुनाव चिन्ह दिने
मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु
मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु