सामान्य अंकले बढ्यो नेप्से, ‘पर्ख र हेर’ को अवस्थामा लगानीकर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
५७ पटक हेरिएको
Shares
सामान्य अंकले बढ्यो नेप्से, ‘पर्ख र हेर’ को अवस्थामा लगानीकर्ता

सारांश

  • तर त्यही बीचमा  मौद्रिक नीतिमा खासै ठूलो परिवर्तन नआउने समाचार बाहिरिएपछि शेयर बजारमा भने लगानीकर्ता पर्ख र हेरको अवस्थामा पुगेका छन् ।
  • आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.
  • ३१ अंकले बढेको छ ।

 

१३ फागुन,  काठमाडौं–मंगलबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी रहेको छ । तर त्यही बीचमा  मौद्रिक नीतिमा खासै ठूलो परिवर्तन नआउने समाचार बाहिरिएपछि शेयर बजारमा भने लगानीकर्ता पर्ख र हेरको अवस्थामा पुगेका छन् । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३१ अंकले बढेको छ ।

नेप्सेको परिसूचक २७८१ विन्दुमा पुगे पनि बजार बन्द हुँदा भने २७६५.८८ विन्दु मात्र कायम भएको छ । २ बजेसम्म उच्च विन्दुमा पुगेको बजार त्यसपछि भने तल झरेको छ । कारोबारमा भने गिरावट आएको छ । सोमबारको तुलनामा करिब २ अर्बले कारोबार घटेको छ।  ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता शेयर मात्र कारोबार भएको छ । १०४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ। ३१२ वटा कम्पनी कारोबारमा आउँदा ९७ हजार ५६२ पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये ७ वटा समूह बढेको छ भने बाँकी ६ वटा समूह घटेको छ । आज सबैभन्दा बढी अन्य समूह २.९० प्रतिशतले बढेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.०२ प्रतिशतले बढेको छ । सबैभन्दा बढी ट्रेडिङ समूह २.५१ प्रतिशतले घटेको छ भने सबैभन्दा कम हाइड्रोपावर समूह ०.०० प्रतिशत अर्थात् ०.०६ अंकले घटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?