सरकारी वकिल कार्यालयबाटै हत्कडीसहित महिला कैदी फरार
सारांश
- इलाका प्रहरी कार्यालय टीकापुरले मानव बेचबिखन मुद्दामा वैशाख ४ गते टीकापुर नगरपालिका-१ शिविरबाट पक्राउ गरेको मीना शाही दमाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमा लगिएका बेला फरार भएकी हुन्।
- इलाका प्रहरी कार्यालय टीकापुर प्रमुख डीएसपी नवीनराजा बुढाथोकीले जिल्ला प्रहरीको हिरासतमा राखेर आज दिउँसो साढे ३ बजे म्याद थपका लागि लगिएका बेला हत्कडीसहित फरार भएको बताए।
- डीएसपी बुढाथोकीले फरार रहेकी उनको खोजी कार्य तीव्र पारिएको बताए।

१४ वैशाख, टीकापुर :
जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेकी एक थुनुवा महिला सरकारी वकिलको कार्यालय धनगढीबाट हत्कडीसहित फरार भएकी छन्। इलाका प्रहरी कार्यालय टीकापुरले मानव बेचबिखन मुद्दामा वैशाख ४ गते टीकापुर नगरपालिका-१ शिविरबाट पक्राउ गरेको मीना शाही दमाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमा लगिएका बेला फरार भएकी हुन्।

इलाका प्रहरी कार्यालय टीकापुर प्रमुख डीएसपी नवीनराजा बुढाथोकीले जिल्ला प्रहरीको हिरासतमा राखेर आज दिउँसो साढे ३ बजे म्याद थपका लागि लगिएका बेला हत्कडीसहित फरार भएको बताए। डीएसपी बुढाथोकीले फरार रहेकी उनको खोजी कार्य तीव्र पारिएको बताए।

प्रतिक्रिया