भन्सार विधेयक पारित भएसँगै राजस्व चुहावट नियन्त्रण हुन्छ : अर्थमन्त्री पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ २६, २०८२
|
|
३७ पटक हेरिएको
Shares
भन्सार विधेयक पारित भएसँगै राजस्व चुहावट नियन्त्रण हुन्छ : अर्थमन्त्री पौडेल

सारांश

  • उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक, २०८० पारित भएसँगै राजस्वको चुहावट नियन्त्रण गर्न सहज हुने बताएका छन् ।
  • सोमबारको राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावउपर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
  • विधेयक पारित भएर कार्यान्वयनमा आएसँगै भन्सार प्रणालीलाई पारदर्शी र विश्वसनीय बनाउन एवं अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न ठूलो योगदान दिनेसमेत बताए ।

२६ जेठ, काठमाडौं ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक, २०८० पारित भएसँगै राजस्वको चुहावट नियन्त्रण गर्न सहज हुने बताएका छन् । सोमबारको राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावउपर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । विधेयक पारित भएर कार्यान्वयनमा आएसँगै भन्सार प्रणालीलाई पारदर्शी र विश्वसनीय बनाउन एवं अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न ठूलो योगदान दिनेसमेत बताए ।

‘यो विधेयकको आवश्यकता र अपरिहार्यताका सम्बन्धमा जोड दिनुभएको छ । त्यसै भएर नै यो भन्सार सम्बन्धी विद्यमान कानूनलाई संशोधन र एकीकरण गर्ने उद्देश्यका साथमा भन्सार विधेयक, २०८० को प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘यस विधेयकका उपर विज्ञ, विशेषज्ञहरुलाई राखेर पनि छलफल गरिएको छ । अन्तर्राष्ट्रिय असल अभ्यासलाई समेट्ने कोशिस गरिएको छ ।’ सांसदहरूले विधेयकको आवश्यकता र अपरिहार्यताका सम्बन्धमा जोड दिएकोमा अर्थमन्त्री पौडेलले धन्यवाद व्यक्त गरे । अर्थमन्त्री पौडेलले विधेयक पारित भएर कार्यान्वयनमा जाँदा भन्सार प्रशासनमा रहेका र राजश्व परिचालनमा धेरै समस्या समाधान हुने दाबी समेत गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजामति भित्र समेट्न माग गर्दै स्थानीय तहका कर्मचारी सडक आन्दोलनमा
निजामति भित्र समेट्न माग गर्दै स्थानीय तहका कर्मचारी सडक आन्दोलनमा
तीन प्रदेशमा अझै मनसुनी वायुको प्रभाव, कहाँ–कहाँ छ वर्षाको सम्भावना ?
तीन प्रदेशमा अझै मनसुनी वायुको प्रभाव, कहाँ–कहाँ छ वर्षाको सम्भावना ?
ईपीएस प्रक्रियामा अन्याय भएको भन्दै विद्यार्थी द्वारा ईपीएस कोरिया शाखा अगाडि आन्दोलन
ईपीएस प्रक्रियामा अन्याय भएको भन्दै विद्यार्थी द्वारा ईपीएस कोरिया शाखा अगाडि आन्दोलन
पाकिस्तानको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो
पाकिस्तानको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो
हिमाल बचाउन विश्व समुदाय एक हुनुपर्छः प्रधानमन्त्री
हिमाल बचाउन विश्व समुदाय एक हुनुपर्छः प्रधानमन्त्री
आज पनि उच्च अंकले घट्यो नेप्से
आज पनि उच्च अंकले घट्यो नेप्से
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
कांग्रेसको स्वयंसेवक परिचालन उपसमितिमा ५ सदस्य मनोनीत
कांग्रेसको स्वयंसेवक परिचालन उपसमितिमा ५ सदस्य मनोनीत
‘लाइन होइन अनलाइन’ भन्नेहरुलाई गिज्याउने सिभिल अस्पतालको भिड
‘लाइन होइन अनलाइन’ भन्नेहरुलाई गिज्याउने सिभिल अस्पतालको भिड
कोसीको नीति तथा कार्यक्रम बहुमतले पारित
कोसीको नीति तथा कार्यक्रम बहुमतले पारित