बाढीपहिरोमा परी सेनाका एक अधिकृतसहित तीनको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १७, २०८१
|
|
२७ पटक हेरिएको
Shares
बाढीपहिरोमा परी सेनाका एक अधिकृतसहित तीनको निधन

सारांश

  • प्रमुख सेनानी मिलन केसीको सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ मा पहिरोले पुरिएकाको उद्धारका क्रममा केही दिनअघि निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
  • यसैगरी अमलदार नरेन्द्रबहादुर पाल र प्युठ शङ्कर चन्दको दोलखा बिगु गाउँपालिका–१ लामा बगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरक्षार्थ तैनाथ रहेको अवस्थामा ज्यान गएको जनाइएको छ।
  • वतन नखुलेका एक जना भूपू हवल्दारको समेत बाढीपहिरोमा परी निधन भएको जानकारी दिइएको छ।

१७ असोज , काठमाडौं- केही दिनअघि परेको अविरल वर्षासँगैको बाढीपहिरोमा परेकाहरूको उद्धार गर्ने कर्तव्य पालनाको सिलसिलामा नेपाली सेनाका एक अधिकृतसहित तीन जनाको निधन भएको छ।

प्रमुख सेनानी मिलन केसीको सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ मा पहिरोले पुरिएकाको उद्धारका क्रममा केही दिनअघि निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। यसैगरी अमलदार नरेन्द्रबहादुर पाल र प्युठ शङ्कर चन्दको दोलखा बिगु गाउँपालिका–१ लामा बगरस्थित माथिल्लो तामाकोशी जलविद्युत्

आयोजना सुरक्षार्थ तैनाथ रहेको अवस्थामा ज्यान गएको जनाइएको छ। वतन नखुलेका एक जना भूपू हवल्दारको समेत बाढीपहिरोमा परी निधन भएको जानकारी दिइएको छ। बाढीपहिरोबाट सेनाका केही व्यारेकमा क्षति भएको  जनाइएको छ।  बाढीपहिरोका घटनालगत्तै नेपाली सेनाले प्रभावित क्षेत्रमा तत्कालै परिचालन भइ खोजी, उद्धार र राहत सामग्री वितरण कार्यमा सक्रियताका साथ काम गर्दैआएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
झापामा डेंगुबाट एक बालिकाको मृ*त्यु, ५५ बिरामीको उपचार जारी
झापामा डेंगुबाट एक बालिकाको मृ*त्यु, ५५ बिरामीको उपचार जारी
न्यूयोर्कमा रहेका स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता
न्यूयोर्कमा रहेका स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता
हाम्रा आयोजनाको अवस्था बेहाल छ : गगन थापा
हाम्रा आयोजनाको अवस्था बेहाल छ : गगन थापा
बिमा कार्यक्रम संकटमा परेपछि कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
बिमा कार्यक्रम संकटमा परेपछि कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
आगलागीबाट भएको क्षति निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे संस्कृतिमन्त्री पाण्डे
आगलागीबाट भएको क्षति निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे संस्कृतिमन्त्री पाण्डे
प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
भुइँमै कार्यपालिकाको बैठक
भुइँमै कार्यपालिकाको बैठक
दशैं आयो तर व्यवसायी भन्छन्, ‘व्यापार छैन’ ( भिडियो सहित )
दशैं आयो तर व्यवसायी भन्छन्, ‘व्यापार छैन’ ( भिडियो सहित )
तीन वटा संसदीय समितिको बैठक बस्दै 
तीन वटा संसदीय समितिको बैठक बस्दै