सरकार भ्रष्ट र बिचौलियाहरूको संरक्षण गर्ने मेरूदण्डः सांसद शाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २३, २०८२
|
|
५० पटक हेरिएको
Shares
सरकार भ्रष्ट र बिचौलियाहरूको संरक्षण गर्ने मेरूदण्डः सांसद शाही

सारांश

  •    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकार भ्रष्ट र बिचौलियाहरूको संरक्षण गर्ने मेरूदण्डको रूपमा रहेको बताएका छन् ।
  •   मंगलवार सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले सो बताएका हुन् ।
  • उनले देशमा कोही पनि सुरक्षित नरहेको समेत बताए ।

 

२३ वैशाख, काठमाडौं ।  

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकार भ्रष्ट र बिचौलियाहरूको संरक्षण गर्ने मेरूदण्डको रूपमा रहेको बताएका छन् ।  मंगलवार सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले सो बताएका हुन् । उनले देशमा कोही पनि सुरक्षित नरहेको समेत बताए ।

उनले भने,‘देशमा कोही पनि सुरक्षित छैनन् । कर्मचारी सुरक्षित छैनन्,सुरक्षाकर्मी सुरक्षित छैनन्,पत्रकार सुरक्षित छैनन्,स्वास्थ्यकर्मी सुरक्षित छैनन्,शिक्षकहरू सुरक्षित छैनन्, युवाहरू सुरक्षित छैनन्,कलाकारहरू सुरक्षित छैनन्,उद्योग व्यवसायीहरू सुरक्षित छैनन् । सिर्फ यो देशमा भ्रष्ट बिचौलियाहरू मात्रै सुरक्षित छन्। त्यसैले भन्छु यो सरकार भ्रष्ट र बिचौलियाको संरक्षण गर्ने एउटा मेरुदण्ड हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?