राजविराजमा निलम्बित मेयरका समर्थकले गरे नगरपालिका तोडफोड

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २७, २०८२
|
|
२८ पटक हेरिएको
Shares
राजविराजमा निलम्बित मेयरका समर्थकले गरे नगरपालिका तोडफोड

सारांश

  •   सम्पतरीको राजविराज नगरपालिकामा निलम्बित मेयरका समर्थकले तोडफोड गरेका छन्।
  • नगरपालिकाकी कार्यवाहक मेयर इसरत परविनले निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई पदभार ग्रहरण गराउन लागेपछि निलम्बित मेयर भीमराज यादवका समर्थक तोडफोडमा उत्रिएका हुन्।
  • यादवका समर्थकले प्रहरीकै अगाडि कार्यालय तोडफोड गरिरहेका छन्।

२७ जेठ, सम्पतरी । 

सम्पतरीको राजविराज नगरपालिकामा निलम्बित मेयरका समर्थकले तोडफोड गरेका छन्। नगरपालिकाकी कार्यवाहक मेयर इसरत परविनले निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई पदभार ग्रहरण गराउन लागेपछि निलम्बित मेयर भीमराज यादवका समर्थक तोडफोडमा उत्रिएका हुन्। यादवका समर्थकले प्रहरीकै अगाडि कार्यालय तोडफोड गरिरहेका छन्।

कार्यालयमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भने गरिएको छ।  भ्रष्टाचार मुद्दामा निलम्बित मेयर भीमराज यादवले भ्रष्टाचार भइरहेको भन्दै तीन दिनदेखि कार्यालयमा तालाबन्दी गरेका थिए।  प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहको ठाउँमा शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएपछि विवाद सुरु भएको थियो। तर, ताला फोडेर उपमेयर परविनले निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवलाई पदभार ग्रहण गराउन खोज्दा झडप भएको हो।

यहाँका मेयर भीमराज स्थानीय रंगशाला स्तरन्नोतिको भ्रष्टाचार मुद्दामा निलम्बित छन्। यादवका अहिले उपमेयर परविनलाई भने कार्यकक्षमै थुनिदिएका छन्।  प्रदर्शनमा उत्रिएकाहरूले कार्यालयका झ्याल, ढोकालगायत संरचनाहरू तोडफोड गरेका छन्।  प्रदर्शनकारीले नगरपालिकाका लेखापाल शत्रुधनलाल दास, स्वास्थ्यकर्मी सन्तोष दासलाई कुटपिट गरेको बताइएको छ। घाइते शत्रुधनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रौतहट–४ निर्वाचन रोचक बन्ने अनुमान, ऋषि धमला पनि बने उम्मेदवार
रौतहट–४ निर्वाचन रोचक बन्ने अनुमान, ऋषि धमला पनि बने उम्मेदवार
वीरगञ्जमा कफ्र्यु उल्लंघन गर्ने ४० जना पक्राउ
वीरगञ्जमा कफ्र्यु उल्लंघन गर्ने ४० जना पक्राउ
नेपाली समाजद्वारा अमेरिकामा गठित “SAPANA” संस्था द्वारा कृषि औजार वितरण
नेपाली समाजद्वारा अमेरिकामा गठित “SAPANA” संस्था द्वारा कृषि औजार वितरण
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा
अपरेशन सिन्दूर देशको लागि गर्वको क्षण, प्रधानमन्त्री नरेन्द्र मोदी
अपरेशन सिन्दूर देशको लागि गर्वको क्षण, प्रधानमन्त्री नरेन्द्र मोदी
मोरङ सीडीओ कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द, अदालतले दशैंपछि मुद्दा हेर्ने
मोरङ सीडीओ कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द, अदालतले दशैंपछि मुद्दा हेर्ने
नापी कार्यालयका सर्वेक्षक साहविरुद्ध भ्रष्टाचार मुद्दा
नापी कार्यालयका सर्वेक्षक साहविरुद्ध भ्रष्टाचार मुद्दा
रुसद्वारा युक्रेनका थप बस्तीहरु नियन्त्रणमा लिएको दाबी
रुसद्वारा युक्रेनका थप बस्तीहरु नियन्त्रणमा लिएको दाबी
नाढीमन तालमा ‘घुमौँ नाढीमन ताल, मनाऔँ नयाँ साल’ कार्यक्रम भव्यरूपमा सम्पन्न
नाढीमन तालमा ‘घुमौँ नाढीमन ताल, मनाऔँ नयाँ साल’ कार्यक्रम भव्यरूपमा सम्पन्न
माओवादी सांसदले मागे प्रधानमन्त्रीको राजीनामा
माओवादी सांसदले मागे प्रधानमन्त्रीको राजीनामा