सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

स्वास्थ्य चौकी इन्चार्ज लागुऔषधि कारोबारमा संलग्न, जागिरबाट हटाइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३१, २०८२
|
|
३९ पटक हेरिएको
Shares
स्वास्थ्य चौकी इन्चार्ज लागुऔषधि कारोबारमा संलग्न, जागिरबाट हटाइयो

सारांश

  • गाउँपालिकाले घेराबारी स्वास्थ्य चौकीका इन्चार्ज तथा हेल्थ असिस्टेन्ट विक्रम राजवंशीको सेवा करार सम्झौता भंग गर्दै जागिरबाट हटाएको हो।
  • हेल्थ असिस्टेन्ट राजवंशीले बाह्रदशी गाउँपालिका–५ फूलबारीस्थित विक्रम विकास मेडिकलसँग जोडिएर प्रतिबन्धित औषधिको कारोबारमा संलग्न देखिएपछि उनलाई जागिरबाट हटाएको प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलले जानकारी दिए।
  • राजवंशीले २०७९ सालदेखि मेडिकल सञ्चालन गर्दै आएपनि औषधि व्यवस्था विभाग विराटनगरको अनुगमन टोलीले वैशाख २५ गते स्थलगत निरीक्षण गर्दा उनी त्यहाँ उपस्थित थिएनन्।

 

३१ वैशाख, झापा :

प्रतिबन्धित लागुऔषधि कारोबारमा संलग्न देखिएको भन्दै कचनकवल गाउँपालिकाले एक जना हेल्थ असिस्टेन्टलाई जागिरबाट हटाएको छ । गाउँपालिकाले घेराबारी स्वास्थ्य चौकीका इन्चार्ज तथा हेल्थ असिस्टेन्ट विक्रम राजवंशीको सेवा करार सम्झौता भंग गर्दै जागिरबाट हटाएको हो।

हेल्थ असिस्टेन्ट राजवंशीले बाह्रदशी गाउँपालिका–५ फूलबारीस्थित विक्रम विकास मेडिकलसँग जोडिएर प्रतिबन्धित औषधिको कारोबारमा संलग्न देखिएपछि उनलाई जागिरबाट हटाएको प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलले जानकारी दिए। राजवंशीले २०७९ सालदेखि मेडिकल सञ्चालन गर्दै आएपनि औषधि व्यवस्था विभाग विराटनगरको अनुगमन टोलीले वैशाख २५ गते स्थलगत निरीक्षण गर्दा उनी त्यहाँ उपस्थित थिएनन्। त्यसपछि विभागले कचनकवल गाउँपालिका स्वास्थ्य शाखालाई टेलिफोनमार्फत राजवंशीको विवरण माग गरेका थिए। गाउँपालिकाले सोही दिन फार्मेसीको दर्ता र सञ्चालनसम्बन्धी कागजात पेस गर्न पत्राचार गरेपनि वैशाख २८ गतेसम्म पनि राजवंशीले

स्पष्टीकरणसहित कुनै कागजात पेस नगरेको गाउँपालिकाले जनाएको छ। प्रतिबन्धित औषधिको कारोबारमा संलग्न देखिएकाले उनको सेवा करार सम्झौता भंग गरेको गाउँपालिकाले जनाएको छ। विक्रम विकास मेडिकलबाट प्रहरी निरीक्षक विजय चौहानको  टोलीले प्रतिबन्धित ट्रामाडोल ७९५ ट्याब्लेट, नियन्त्रित औषधीहरू एन्टीकोफ ४७० ट्याब्लेट र डिक्लोमिन ३ (८) ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।  मेडिकलमा बस्दै आएकी सोही ठाउँकी ३९ वर्षीय वन्दना पोखरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सो मेडिकल राजवंशीले सञ्चालन गर्दै आएका छन्। प्रहरीका अनुसार पोखरेल राजवंशीकी श्रीमती हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुली र रामेछाप जोड्ने खैरेनीघाटमा बेली ब्रिज जडान हुँदै
सिन्धुली र रामेछाप जोड्ने खैरेनीघाटमा बेली ब्रिज जडान हुँदै
कर्णालीका ‘गेम चेन्जर’ परियोजनाहरुले तत्काल पूर्णता पाउनुपर्छ : सांसद गिरी
कर्णालीका ‘गेम चेन्जर’ परियोजनाहरुले तत्काल पूर्णता पाउनुपर्छ : सांसद गिरी
प्रधानमन्त्रीलाई चिनियाँ राजदूतको बधाई
प्रधानमन्त्रीलाई चिनियाँ राजदूतको बधाई
अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा
अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा
आजपनि तीन हजार रुपैयाँले घट्यो सुनको मूल्य
आजपनि तीन हजार रुपैयाँले घट्यो सुनको मूल्य
आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन
आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन
चुनाव भए भाग लिन्छौं, वातावरण अझै बनेजस्तो लाग्या छैन : ओली
चुनाव भए भाग लिन्छौं, वातावरण अझै बनेजस्तो लाग्या छैन : ओली
सर्‍यो एमालेको सचिवालय बैठक
सर्‍यो एमालेको सचिवालय बैठक
काठमाडौँसहित यी १७ जिल्लाका नदीमा आज आउन सक्छ आकस्मिक बाढी
काठमाडौँसहित यी १७ जिल्लाका नदीमा आज आउन सक्छ आकस्मिक बाढी
आन्दोलनपछि नष्ट भएका कागजातले ट्रक व्यवसायी संकटमा, सहजीकरण गर्न महासंघको आग्रह
आन्दोलनपछि नष्ट भएका कागजातले ट्रक व्यवसायी संकटमा, सहजीकरण गर्न महासंघको आग्रह